साइबर अपराध सम्बन्धी सचेतना सामग्री

चार ठाेक्तक

हामी हाम्रै नियतिले बारम्बार पिटिएका छौँ मपाइत्वको रोगले झन् खुब पिल्सिएका छौँ कहिले यताका कुरा मान्यौँ, कहिले उताका कठै ! हामी यसरी नै भित्रभित्रै रित्तिएका छौँ ।

Nepal Telecom ad

रेहित सैजु :

१.
बुद्धिमा दम हुनेहरूले शासन चलाउँछन् याद गर्नुस्
उस्तै परे भुसुनाले सिंहलाई तहलाउँछन् याद गर्नुस्
तिम्रो सिद्धान्त र मेरो जिउने पद्धति अलग छ महोदय
मर्ने बेलामा कमिलाको प्वाँख पलाउँछन् याद गर्नुस् ।

२.
अहम् भरिएको तिम्रो विचार समाउन सक्दिनँ
अहँ अरूलाई रुवाएर कदापि रमाउन सक्दिनँ
जेसुकै अभियोग हाल्नुस्, म सहजै स्वीकार गर्छु
तर देशको रगत चुसेर सम्पत्ति कमाउन सक्दिनँ ।

३.
बिना यो तपस्याले परिपक्व विचार मिल्दैन
अपरिपक्व निर्णयले कुनै व्यवहार मिल्दैन
ए मित्र ! अवस्थालाई बुझेर सही निर्णय गर्नु
पातहरूबाट रुखलाई उभिने आधार मिल्दैन ।

४.
हामी हाम्रै नियतिले बारम्बार पिटिएका छौँ
मपाइत्वको रोगले झन् खुब पिल्सिएका छौँ
कहिले यताका कुरा मान्यौँ, कहिले उताका
कठै ! हामी यसरी नै भित्रभित्रै रित्तिएका छौँ ।

०००

रामेछाप
हाल – भक्तपुर
सम्पादक – कल्पतरु द्वैमासिक
९८६२५८१६०२

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
तीन ठोक्तक

तीन ठोक्तक

रेहित सैजु
तीन ठोक्तक

तीन ठोक्तक

रेहित सैजु
मान्छे महान्

मान्छे महान्

रेहित सैजु
क्रान्ति

क्रान्ति

रेहित सैजु
चटकवाद

चटकवाद

रेहित सैजु
तीन ठोक्तक

तीन ठोक्तक

रेहित सैजु
बेलाको बोली – १६९

बेलाको बोली – १६९

डा. ऋषि बस्ताकाेटी
पाँच ठोक्तक

पाँच ठोक्तक

कुमार खड्का
पाँच खित्कौली

पाँच खित्कौली

नन्दलाल आचार्य
चार ठोक्तक

चार ठोक्तक

रमेश समर्थन
पाँच खित्कौली

पाँच खित्कौली

नन्दलाल आचार्य
0
Would love your thoughts, please comment.x
()
x