कविराज घिमिरेचम्क्योस् बुढ्यौली सदा
छन् सम्मानित शास्त्रदत्त यसरी सोही पुरस्कारले । प्रा.डा हुन् अति छन् विशिस्ट पनका सद्भाव सद्ज्ञानले ॥ स्ता व्यक्तिविशेषका करबिसे सम्मान जो अर्पिँदा । हामी धन्य भयौँ र भक्तपुरको चम्क्योस् बुढ्यौली सदा ॥

कविराज घिमिरे :
आमाको अमरत्व थाम्छ जसले छोरो त्यहीमात्र हो ।
बाबाको गरिमा बुझ्यो यदि भने त्यो पुत्र सत्पात्र हो ॥
यो देही मरिजान्छ बाँच्छ यश जो मर्दैन पुण्यार्थ झन् ।
जन्मेका यहीँ छन् विशिष्ट जन यी कल्याणमा जुट्तछन् ॥१
त्यस्तै पात्र चट्याङ मास्टर बने आमा बनिन् अम्मर ।
राखे अक्षयकोष बढ्छ जसले साहित्यको अङ्गुर ॥
जो लेख्छन् रसदार वृद्ध जनका आस्वाद भर्ने कृति ।
त्यस्ता सर्जकमध्य एकजन ती सम्मान हुन्छन् अति ॥२
वर्षौँवर्ष हजार पच्चिस हुने राम्रो व्यवस्था हुँदा ।
आमा भीम अनन्तसम्म जहिल्यै उस्तै कुमारी छँदा ॥
छोराको मन उच्च हुन्छ शिरमा बस्छन् सधैँ चन्द्रमा ।
बढ्दै इज्जत सान मान यिनको चम्किन्छ है विश्वमा ॥३
लेखुन् ती कविले विपत् यदि भए पाका जहाँ छन् अरू ।
देखुन् वास्तव जे छ वृद्धजनका आफ्ना समस्याहरू ॥
भेटुन् ज्येष्ठ मडारिँदा शिथिलभै दल्ने गरून् मल्हम ।
भोकै छन् यदि वृद्ध प्याउन सकुन् खोले बनाईकन ॥४
छन् सम्मानित शास्त्रदत्त यसरी सोही पुरस्कारले ।
प्रा.डा हुन् अति छन् विशिस्ट पनका सद्भाव सद्ज्ञानले ॥
यस्ता व्यक्तिविशेषका करबिसे सम्मान जो अर्पिँदा ।
हामी धन्य भयौँ र भक्तपुरको चम्क्योस् बुढ्यौली सदा ॥५
०००
भक्तपुर
Subscribe
Login
0 Comments
Oldest








































