साइबर अपराध सम्बन्धी सचेतना सामग्री

चम्क्योस् बुढ्यौली सदा

छन् सम्मानित शास्त्रदत्त यसरी सोही पुरस्कारले । प्रा.डा हुन् अति छन् विशिस्ट पनका सद्भाव सद्ज्ञानले ॥ स्ता व्यक्तिविशेषका करबिसे सम्मान जो अर्पिँदा । हामी धन्य भयौँ र भक्तपुरको चम्क्योस् बुढ्यौली सदा ॥

Nepal Telecom ad

कविराज घिमिरे :

आमाको अमरत्व थाम्छ जसले छोरो त्यहीमात्र हो ।
बाबाको गरिमा बुझ्यो यदि भने त्यो पुत्र सत्पात्र हो ॥
यो देही मरिजान्छ बाँच्छ यश जो मर्दैन पुण्यार्थ झन् ।
जन्मेका यहीँ छन् विशिष्ट जन यी कल्याणमा जुट्तछन् ॥१

त्यस्तै पात्र चट्याङ मास्टर बने आमा बनिन् अम्मर ।
राखे अक्षयकोष बढ्छ जसले साहित्यको अङ्गुर ॥
जो लेख्छन् रसदार वृद्ध जनका आस्वाद भर्ने कृति ।
त्यस्ता सर्जकमध्य एकजन ती सम्मान हुन्छन् अति ॥२

वर्षौँवर्ष हजार पच्चिस हुने राम्रो व्यवस्था हुँदा ।
आमा भीम अनन्तसम्म जहिल्यै उस्तै कुमारी छँदा ॥
छोराको मन उच्च हुन्छ शिरमा बस्छन् सधैँ चन्द्रमा ।
बढ्दै इज्जत सान मान यिनको चम्किन्छ है विश्वमा ॥३

लेखुन् ती कविले विपत् यदि भए पाका जहाँ छन् अरू ।
देखुन् वास्तव जे छ वृद्धजनका आफ्ना समस्याहरू ॥
भेटुन् ज्येष्ठ मडारिँदा शिथिलभै दल्ने गरून् मल्हम ।
भोकै छन् यदि वृद्ध प्याउन सकुन् खोले बनाईकन ॥४

छन् सम्मानित शास्त्रदत्त यसरी सोही पुरस्कारले ।
प्रा.डा हुन् अति छन् विशिस्ट पनका सद्भाव सद्ज्ञानले ॥
यस्ता व्यक्तिविशेषका करबिसे सम्मान जो अर्पिँदा ।
हामी धन्य भयौँ र भक्तपुरको चम्क्योस् बुढ्यौली सदा ॥५

०००
भक्तपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
वृद्ध हुन् कि वा युवा…

वृद्ध हुन् कि वा...

कविराज घिमिरे
मुमा सरह नै हुन् कर्मदाता पनि

मुमा सरह नै हुन्...

कविराज घिमिरे
समस्त मातृशक्तिमा

समस्त मातृशक्तिमा

कविराज घिमिरे
नदीकाे मृत्यु

नदीकाे मृत्यु

खगेन्द्र नेउपाने
आत्मबोध

आत्मबोध

ईश्वर पाेखरेल
वृद्धका सकसको गर ख्याल

वृद्धका सकसको गर ख्याल

दीनानाथ पाेखरेल
आइमाई

आइमाई

डा. दामाेदर पुडासैनी किशाेर
0
Would love your thoughts, please comment.x
()
x