नन्दलाल आचार्यतीन ठोक्तक
सहनशीलताले सीमा नाघ्दा विद्रोह बिउझन्छ, समय आएपछि मात्र इतिहासले गति लिन सक्छ।

नन्दलाल आचार्य :
१.
तराजु छैन, नाप्न सकिन्न, मन सागर जस्तै गहिरो छ।
चुम्बक छैन, तान्न सकिन्न, मनको बल नै धेरै रोचक छ।
स्यालको हुइँया सुनेर पनि सिंहले किन डराउने घ ?
प्रतिवाद व्यर्थको छोड, समयले नयाँ कथा कोर्ने छ।
२.
झारफुकले होइन, साहस र सचेतता अपनाउनु छ।
पुर्खाको नाम मात्र होइन, कर्मले आफैंलाई चिनाउनु छ।
गुलामीको साटो स्वाभिमानको भोक अति प्यारो,
सधैं न्याय र आत्मसम्मानको उज्यालो सजाउनु छ।
३.
हँसिया-कोदालोले काम गर्ने हात थाक्दैन कहिल्यै,
उकालो काट्ने धैर्यले ऊर्जा घट्दैन कहिल्यै।
सहनशीलताले सीमा नाघ्दा विद्रोह बिउझन्छ,
समय आएपछि मात्र इतिहासले गति लिन सक्छ।
०००
उदयपुर










































सुन्दर रचना।