साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मदन पुरस्कार- २०७९‘ऐँठन’ उपन्यासलाई, कलाकार टेकवीर मुखियालाई जगदम्बाश्री

विगतमा नेपाल एवं नेपाली समाजले बेहोरेको द्वन्द्वको दुःस्वप्न र अहिले पनि त्यस दुःस्वप्नले ऐँठनको पीडामा डुबाइरहेको यथार्थलाई उत्कृष्ट औपन्यासिक कलामार्फत् उपन्यासमा व्यक्त गरेका कारण ओझाको ऐँठनलाई मदन पुरस्कार अर्पण गर्ने निर्णय गरिएको गुठीले जनाएको छ ।

Nepal Telecom ad

काठमाडौं, ०८० असोज १४ । २०७९ सालको मदन पुरस्कार विवेक ओझाको उपन्यास ‘ऐँठन’लाई प्रदान गर्ने निणर्य गरेको छ । मदन पुरस्कार गुठीले जगदम्बाश्री सम्मान कलाकार टेकवीर मुखियालाई अर्पण गर्ने निर्णय गरेको छ ।

अक्षरलाई कलाको आवरणमार्फत पाठकसँग जोड्न तथा स्रष्टालाई मुहारचित्र मार्फत साहित्यानुरागी माझ पुर्‍याउन महत्त्वपूर्ण योगदान दिएकाले मुखियालाई जगदम्बाश्री सम्मान अर्पण गर्ने निणर्य गरिएको गुठीले जनाएको छ ।

विगत छ दशकदेखि कला क्षेत्रमा सक्रिय मुखियाले लामो समय साझा प्रकाशनमा आबद्ध भएर पुस्तकका आवरण डिजाइन गरेका थिए ।

त्यस्तै, विगतमा नेपाल एवं नेपाली समाजले बेहोरेको द्वन्द्वको दुःस्वप्न र अहिले पनि त्यस दुःस्वप्नले ऐँठनको पीडामा डुबाइरहेको यथार्थलाई उत्कृष्ट औपन्यासिक कलामार्फत् उपन्यासमा व्यक्त गरेका कारण ओझाको ऐँठनलाई मदन पुरस्कार अर्पण गर्ने निर्णय गरिएको गुठीले जनाएको छ ।

‘ऐँठन’ लेखक ओझाको तेस्रो कृति हो । यसअघि उनका ‘ऐलानी’ र ‘एक पाइला आकाशमा’ पुस्तक प्रकाशित छन् ।

यसअघि मदन पुरस्कार गुठीले श्रेष्ठ पाँच पुस्तकको सूची प्रकाशित गरेको थियो । जसमा सुविन भट्टराईको ‘इजोरिया’, ओझाको ‘ऐँठन’, द्वारिकानाथ ढुङ्गेलको ‘चक्रव्यूहमा नेपालको जलस्रोत’, प्रगति राईको ‘थाङ्ग्र्रा’ र सञ्जय विष्टको ‘माटोको घर’ समावेश थिए । त्यसमध्ये ओझाको ‘ऐँठन’ले मदन पुरस्कार प्राप्त गरेको हो ।

दुवै पुरस्कार तथा सम्मानको राशि चार लाख रुपैयाँ रहेको छ । २०७९ सालको मदन पुरस्कारका लागि ३१३ वटा पुस्तक प्राप्त भएको गुठीले जनाएको छ ।

२०७८ सालको जगदम्बा-श्री सम्मान भाषा-साहित्यसेवी दुर्गाप्रसाद श्रेष्ठलाई र मदन पुरस्कार नवराज लम्सालको महाकाव्य ‘अग्नि’लाई प्रदान गरिएको थियो । जगदम्बाश्री २०४५ सालबाट र मदन पुरस्कार २०१३ सालबाट प्रदान गरिंदै आएको छ ।

०००

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x