फित्काैली डटकम‘प्रकृतिः सहअस्तित्वको खोजी’ नामक पुस्तक विमोचन
डा. रोशन शेरचन र डा. हिमलाल श्रेष्ठ द्वयको सम्पादनमा निस्केको यो पुस्तकको प्रकाशक इन्डिगो इन्क र सह-प्रकाशक नेपाल वन प्राविधिक संघ रहेका छन् ।

फित्काैली डटकम :
काठमाडाैं, २०८० मङ्सिर ९ । बबरमहलस्थित कार्की ब्याङ्क्वेटमा वन तथा वातावरण साहित्यिक समूह, काठमाडौंको संयोजनमा २७ जना प्रकृतिप्रेमीको प्राकृतिक यात्रा तथा अन्य वन तथा पर्यावरण सम्बन्धी संस्मरणको सँगालो “प्रकृति : सहअस्तित्वको खोजी” नामक पुस्तक विमाेचन गरियाे ।
आज नेपाल वन प्राविधिक संघको ४९ औ स्थापना दिवस तथा साधारण सभामा सम्मानीय उपराष्ट्रपति श्री रामसहायप्रसाद यादवज्यूबाट लोकार्पण भएकाे हाे । डा. रोशन शेरचन र डा. हिमलाल श्रेष्ठ द्वयको सम्पादनमा निस्केको यो पुस्तकको प्रकाशक इन्डिगो इन्क र सह-प्रकाशक नेपाल वन प्राविधिक संघ रहेका छन् ।
पुस्तक विमोचनका अवसरमा पुस्तक प्रकाशनको नालीबेलीको रुपमा साहित्यिक समूहका संयोजक तथा सम्पादक डा. रोशन शेरचनले आफ्नो मन्तव्य राखेका थिए । सम्पादक मण्डलमा डा. ऋषि वस्ताकोटी, डा. भरतमान श्रेष्ठ र कमला रुपाखेती समेत रहेका छन् ।
जम्मा जम्मी २६७ पृष्ठ रहेको सो पुस्तकमा सम्पादक मण्डल लगायत अन्य २२ जना वनकर्मी तथा पर्याय-साहित्यमा कलम चलाउनु हुने सर्जक क्रमशः कमलजंग कुँवर, कमल थापा, कल्पना घिमिरे, डा. कृष्णहरि गौतम, गायत्री कार्की, गोविन्द काफ्ले, डा. चन्द्र गिरी, डा. जगदीशचन्द्र बराल, धर्तीचन्द्र यात्री, पशुपति कोइराला, डा. पुष्पा केसी भण्डारी, मीरा त्रिपाठी, मुक्ति गौतम, रमेशकुमार थापा, रमेश प्रभात, डा. राजुबाबु पहाडी, डा. राजेश राई, विजयराज पौड्याल, विजय हितान, विष्णुप्रसाद आचार्य, सुभाषचन्द्र देवकोटा तथा डा. स्वयम्भुमान अमात्यका लेखहरू समेटिएका छन् ।
०००
Subscribe
Login
0 Comments
Oldest







































