साइबर अपराध सम्बन्धी सचेतना सामग्री

राजु झल्लु प्रसादकाे कविता फेरि पनि प्रथम, सुरज पराजुली द्वितीय

प्रतियोगिता’मा राजु झल्लु प्रसादकाे कविता प्रथम पुरस्कारद्वारा पुरस्कृत भएकाे छ । गोदावरी वनस्पति उद्यानमा बिहीबार सम्पन्न कार्यक्रममा सुरज पराजुली द्वितीय, मनीषा श्रेष्ठ तृतीय र विशाल साउद सान्त्वना पुरस्कार सहित विजयी भएका हुन् ।

Nepal Telecom ad

ललितपुर, २०८० मङ्सिर १४ । सामुदायिक वन उपभोक्ता महासङ्घ, नेपाल (फेकोफन)ले गरेको ‘लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान विषयक कविता प्रतियोगिता’मा राजु झल्लु प्रसादकाे कविता प्रथम पुरस्कारद्वारा पुरस्कृत भएकाे छ ।

गोदावरी वनस्पति उद्यानमा बिहीबार सम्पन्न कार्यक्रममा सुरज पराजुली द्वितीय, मनीषा श्रेष्ठ तृतीय र विशाल साउद सान्त्वना पुरस्कार सहित विजयी भएका हुन् ।

‘लैङ्गिक हिंसा अन्त्यको सुनिश्चितता महिला र बालबालिकामा लगानीको एक्येबद्धता’ भन्ने मूल नारासहित लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको सन्दर्भमा महासङ्घले कविता प्रतियोगिता कार्यक्रम गरेको हो ।

प्रतियोगितामा सुषमा तिमिल्सिना, राजु उवरकोटी, जनक कार्की, सूर्य दाहाल, सुजाता बस्याल सहित ११ प्रतिस्पर्धी कविताहरू वाचन गरिएको थियो भने सरस्वती मा.वि. भक्तपुरका शिक्षक शिवराम उप्रेतीले निर्णायक भूमिका निर्वाह गरेका थिए । कार्यक्रममा महांसघकी सरस्वती खड्का एवं स्थानीय युवा निकलस सिलवालले समेत कविता वाचन गरेका थिए !

कार्यक्रममा बोल्दै महासङ्घकी केन्द्रीय महासचिव पार्वता गौतमले २०५२ सालमा स्थापना भएको सामुदायिक वन उपभोक्ता महासङ्घ वन विनाश रोकेर देशको कुल क्षेत्रफलको ४६ प्रतिशत वन क्षेत्र संरक्षण गर्न सकेकोमा संसारभर नेपाली सामुदायिक वनको चर्चा भइरहेको बताउँदै भनिन्, “यस प्रकारमा रचनात्मक कार्यक्रमहरूमार्फत वन संरक्षण र व्यवस्थापनका साथै लैङ्गिक समानता र सामाजिक समावेशीकरणको अवधारणा अझ व्यापक हुँदै जाने विश्वास महासङ्घले लिएको छ ।”

महासचिव गौतमले विजयी कविहरूलाई बधाई दिँदै साहित्य सिर्जनामार्फत सामाजिक विकृति र विसङ्गतिमाथि निरन्तर खबरदारी गर्न आग्रह समेत गरिन् । “आज पनि महिला तथा बालबालिका माथि हुने अमानवीय हिंसाको श्रोत विद्यमान संस्कृति र सम्पत्ति नै हुन् । यसलाई संस्कार, विचार, व्यवहार र कानुनको परिपालनाले नै अन्त्य गर्न सकिन्छ । यसका लागि जनचेतना अभिवृद्धि आवश्यक पर्दछ र यसका लागि कवि/लेखक एवं नाटककारहरूको सहयोग हरदम आवश्यक पर्दछ”, उनले भनिन् । उनले चेतना र नीतिलाई समाजसँग जोड्दै लैजाने सवालमा साहित्यको महत्त्वपूर्ण भूमिका रहने बताउँदै राजनीति र साहित्य सँगसँगै गएमा समाज रूपान्तरण सम्भव हुने समेत बताइन् ।

कार्यक्रम सञ्चालक तथा महासङ्घका सचिव डिल्ली गिरिले लिङ्गमा आधारित हिंसा महिला र पुरुषबिच असमान शक्ति र सम्बन्धको परिमाणस्वरूप सिर्जित आपराधिक कृत्य मात्र नभई मानवअधिकारको घोर उल्लङ्घन भएको बताए । “लैङ्गिक हिंसा अन्तर्राष्ट्रिय समुदायको सरोकारको विषय पनि हो । यसमा महासङ्घले विगतका वर्षहरूदेखि १६ दिन नै विभिन्न कार्यक्रमहरू गर्दै आइरहेको छ । आज भौतिक रूपमा उपस्थित भएर या भर्चुअल माध्यमबाट ज-जसले कविता पठाउनुभयो, उहाँप्रति महासङ्घ धन्यवाद ज्ञापन गर्दछ”, उनले भने ।

सचिव गिरिले सत्ता, समाज र लैङ्गिक विभेदको विरुद्धमा कविहरूको भूमिका इतिहासदेखि नै उच्च रहेको बताउँदै अगाडी भने, “आज वाचित कविताहरू पितृसत्तात्मक सोच र समाजले महिलालाई पुरुषको समकक्षी नभई तल्लो तहको वा कमजोर वर्ग मान्ने सामन्ती सोच र मनोविज्ञान विरुद्ध खरो उत्रिएको छ । कविहरू सरह नै समाजका अन्य तह र तप्कामा मानिसहरू लैङ्गिक हिंसाजस्तो यातनाजन्य आपराधिक कर्मलाई सबैले आ–आफ्नो क्षेत्रबाट रोक्ने वा न्यूनीकरण गर्ने प्रयास या अभियानमा लाग्नु आवश्यक छ ।”

स्थानीय महिलाहरूको विशेष सहभागिता रहेको कार्यक्रममा महासङ्घका सुजन खनाल, सन्देश चौधरी, सामुदायिक वन उपभोक्ता महासङ्घ, नेपाल, जिल्ला महासङ्घ, ललितपुरका अध्यक्ष प्रेम घिमिरे तथा उपाध्यक्ष केशवराज गिरि; दियालो सामुदायिक वनका अध्यक्ष सूर्य बहादुर तामाङ, सचिव सन्त बहादुर तामाङ, कोषाध्यक्ष राजकुमार तामाङ, सदस्य दोर्जे तामाङ, सदस्य अनिल तामाङ; पात्ले सामुदायिक वनका अध्यक्ष पुरेन्द्र हमाल, मदन सिलवाल, राजाराम सिलवाल, छम बहादुर केसी, गोरख सिलवाल; नौधारा सामुदायिक वनका अध्यक्ष मदन कुमार, कोषाध्यक्ष नवराज सिलवाल, सचिव सङ्गीता सिलवाल, पुष्कर आचार्यका साथसाथै वसन्त सिलवाल, विन्दु पौडेल, पुरुषोत्तम सिंह लगायत वनकर्मी, वन क्षेत्रमा कार्यरत सङ्घसंस्थाका प्रतिनिधिहरू र स्थानीयहरूको उपस्थिति रहेको थियो ।

०००

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x