फित्काैली डटकमनिवृत्त सहप्राध्यापकद्वय चूडामणि रेग्मी तथा गणेश झा सम्मानित
उमेश उपाध्यायको अध्यक्षतामा सम्पन्न कार्यक्रममा गुरु चूडामणि रेग्मी र गुरु गणेश झा, प्रतिनिधि सभाका सदस्य माननीय केआर खम्बू, क्याम्पस प्रमुख जीवन पोखरेल, पूर्व क्याम्पस प्रमुख चित्रबहादुर श्रेष्ठ समुपस्थित हुनुहुन्थ्याे ।

भद्रपुर, झापा २०८० मङ्सिर २२ । प्रसिद्ध झापाली गुरुहरू मेची वहुमुखी क्याम्पसबाट निवृत्त सहप्राध्यापक द्वय चूडामणि रेग्मी तथा गणेश झालाई २०३० देखि २०३८ सम्म मेची वहुमुखी क्याम्पसमा अध्ययन गर्ने ६२ जना विद्यार्थीहरूको समूहले सम्मानित गरेकाे छ ।
मेची वहुमुखी क्याम्पसको सभाकक्षमा विद्यार्थीहरूका संयोजक उमेश उपाध्यायको अध्यक्षतामा सम्मान गरिने व्यक्तित्वहरू गुरु चूडामणि रेग्मी र गुरु गणेश झा, प्रतिनिधि सभाका सदस्य माननीय केआर खम्बू, क्याम्पस प्रमुख जीवन पोखरेल, पूर्व क्याम्पस प्रमुख चित्रबहादुर श्रेष्ठलाई मञ्चमा आसिन गराएर भएको कार्यक्रमको सञ्चालन रामेश्वर रेग्मीले तथा स्वागत क्याम्पस प्रमुख जीवन पोखरेलले गर्नुभएको थियो ।
सम्मानपूर्व चूडामणि रेग्मीको व्यक्तित्व परिचय चूडामणि वशिष्ठले र गणेश झाको व्यक्तित्व परिचय चित्रबहादुर श्रेष्ठले गर्नुभएको थियो ।
माला, दोसल्ला, भव्य प्रमाणपत्र तथा त्यस्तै कलात्मक पित्तलको सरस्वतीको मूर्तीसहित सम्मानित व्यक्तित्वहरूलाई सम्मान गरिसकेपछि साहित्यकार पुण्यप्रसाद खरेल तथा माननीय केआर खम्बूले यो सम्मान गर्ने परम्पराको सराहना र विद्यार्थीहरूलाई धन्यवाद तथा सम्मानित व्यक्तित्वलाई बधाई दिँदै सुस्वास्थ्य, आनन्दमय जीवन र क्रियाशीलताको निरन्तरताको शुभकामना दिनुभयो ।
सम्मानित व्यक्तित्वहरू गुरु चूडामणि तथा गणेशसरले यो सम्मान गर्ने विद्यार्थीहरूलाई धेरै धेरै धन्यवाद, उहाँहरूको सफलतापूर्ण जीवनको कामना व्यक्त गर्दै खुसी प्रकट गर्नुभयो । त्यसपछि अध्यक्ष उमेश उपाध्यायले सम्मानित गुरुहरूप्रति फेरि पनि सम्मान र श्रद्धा प्रकट गर्दै कार्यक्रमभरी रहेर कार्यक्रमको गरिमा बढाइदिने उपस्थित सबैप्रति आभार तथा धन्यवाद भन्दै सभा बिसर्जन गर्नुभयो ।
आजको कार्यक्रममा मुनाकिरण कोइराला, टीका लुईंटेल, शारदा कोइराला, प्रा.डा.गङ्गाप्रसाद अधिकारी, कृष्ण भट्टराई, प्रेमप्रसाद भट्टराई, तारा विविध, विमलचन्द्र राजवंशी, महत राजवंशी, दामोदर सापकोटा, दुर्गाप्रसाद पराजुली, हरिश लुईंटेल, होम सुवेदी, कमलप्रसाद पुडासैनी, ईश्वर खनाल, शुभलक्ष्मी राई, राजेश ढुङ्गाना, यादव अधिकारी, शान्तिराम मिश्र, झगप्रसाद बराल, रामबहादुर थापा, भानुकुमार भट्टराई, हरिनारायण भट्टराई, कृष्ण मैनाली, ईश्वर अधिकारी, रामप्रसाद दवाडी, सुशीलकुमार खनाल, प्रभाकर ओली, ध्रुव भण्डारी, राजेन्द्र दाहाल, ज्योत्स्ना देव, त्रिरसना देव, जयन्ती माली, हेमराज प्रसाईं, ज्योति भुर्तेल, राजेन्द्र अधिकारी, घनश्याम ढकाल, कुलप्रसाद लगायत २०३०–३८का धेरै विद्यार्थीको उपस्थितिले कार्यक्रम भव्य बनेको थियो ।
०००
– पुण्यप्रसाद खरेलद्वारा संप्रेषित
Subscribe
Login
0 Comments
Oldest





































