फित्काैली डटकमकर्मदा सिर्जना मञ्चकाे ३४ औँ गाेष्ठी पाउँदीबजारमा सम्पन्न
अध्यक्ष जगदीश्वर पोखरेलकाे अध्यक्षता तथा गोविन्दबहादुर कुँवरकाे प्रमुख आमन्त्रित्वमा मर्स्याङ्दी आधारभूत विद्यालय पाउँदीबजारमा भव्य रूपमा सम्पन्न भयो ।

लमजुङ, २०८० पुस ७। कर्मदा सिर्जना मञ्च नेपाल पाउँदीबजारकाे ३४ औँ भौतिक कविगोष्ठी अध्यक्ष जगदीश्वर पोखरेलकाे अध्यक्षता तथा गोविन्दबहादुर कुँवरकाे प्रमुख आमन्त्रित्वमा मर्स्याङ्दी आधारभूत विद्यालय पाउँदीबजारमा भव्य रूपमा सम्पन्न भयो । स्रष्टाहरूको सघन र व्यापक उपस्थिति बीच सम्पन्न भएकाे हाे ।
लमजुङ जिल्लाको प्रवेशद्वार पाउँदीबजारमा रहेको साहित्यिक संस्थाले साहित्य, भाषा तथा कलाको श्रीवृद्धिमा गहन योगदान पुऱ्याउँदै आइरहेको छ । छन्द कविता, स्वच्छन्द कविता, लोकछन्द, खोरिया, चारु, गजल, मुक्तक रोचक ढङ्गबाट स्रष्टाहरूले प्रस्तुत गरे । रचनाहरू राष्ट्रभक्ति भावले ओतप्रोत भएका, जनचेतना मूलक तथा समाजिक विकृति विरुद्ध प्रहार गरिएका रचना वाचन गरेका थिए ।
यस अवसरमा रचना वाचन गर्ने कविहरू गोविन्दबहादुर कुँवर, वासुदेव थापा, वसन्त अधिकारी, विष्णुभक्त अधीकारी, शारदा विसुराल, रामप्रसाद गुरुङ, मिनप्रसाद ढकाल, नारायणप्रसाद ढकाल, भद्रकाली पोखरेल, जगदीश्वर पोखरेल, लक्ष्मीप्रसाद मिश्र, तीर्थराज अधिकारि, रामबहादुर रानाभट, प्रकाशचन्द्र पोखरेल र युवराज खनाल वाचन गर्नु भएको थियो ।
प्रमुख आमन्त्रित गोविन्दबहादुर कुँवरले साहित्यकार जगदीश्वर पाेखरेललाइ १५ वटा कृति एकै पटक ल्याएर नयाँ कृतिमान राख्नु भएकोमा बधाई तथा शुभकामना दिनु भयो । पोखरेललाई प्रमुख अतिथि र वरिष्ठ उपाध्यक्ष लक्ष्मीप्रसादले टीका फूलमालाले सम्मान गर्नु भएको थियो । कर्मदा सिर्जना मञ्चले भाषा साहित्यको सेवा गरिरहेको हुनाले धन्यवाद तथा शुभकामना दिनु भयो । 
जगदीश्वरले कर्मदा सिर्जना मञ्च नेपालले ,भावमञ्जरी, सुन्दर देश नेपाल, सारङ्गीको धुन र पाउँदीका गीत कृति प्रकाशित गरिदिएकोमा आभार व्याक्त गर्नु भयो । यो सम्मान लमजुङको माटोलाई गरिएको हो । मेरा सिर्जना अवश्य पनि लमजुङको माटोले मूल्याङ्कन गर्ने छ भन्नु भयो ।
सचिव रामप्रसाद गुरुङले स्वागत गर्नु भएको कार्यक्रममा इन्द्रराज पाण्डे, शिवकुमार पोखरेल, केशवप्रसाद पोखरेल, टङ्कराज पोखरेल भुमिनन्दन तिमलसेना, विष्णुप्रसाद पोखरेल, नानीमाय पोखरेल, विष्णु पोखरेल, विष्णुप्रसाद पौडेल, मोहनदेव लुइँटेल लगायतको उपस्थिति थियो ।
उपाध्यक्ष लक्ष्मीप्रसाद मिश्रले कर्मदाको आर्थिक तथा साहित्यिक गतिविधि प्रस्तुत गर्नु भएको थियो । गोष्ठीका अध्यक्ष जगदीश्वर पोखरेलले स्रष्टाको गरिमायम उपस्थितिले कविगोष्ठी सफल बनाउनु हुने सम्पूर्ण स्रष्टालाई हार्दिक आभार व्यक्त गर्दै र धन्यवाद दिँदै गोष्ठी समापन भएको जानकारी दिनु भएको थियो । सहसचिव युवराज खनालले कुशलता पूर्बक गोष्ठी सञ्चालन गर्नु भएको थियो ।
०००
Subscribe
Login
0 Comments
Oldest





































