साइबर अपराध सम्बन्धी सचेतना सामग्री

कवि देवु लुइँटेललाई ‘प्रसिद्ध कँडेल युवा स्रष्टा सम्मान’

समाजका अध्यक्ष श्रीओम श्रेष्ठ रोदनको सभापतित्वमा आयोजित कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ कवि मञ्जुलले सो पुरस्कार हस्तान्तरण गरे ।

Nepal Telecom ad

काठमाडौँ, २०८० पुस १४ । कवि देवु लुइँटेललाई ‘प्रसिद्ध कँडेल युवा स्रष्टा सम्मान’ २०८० अर्पण गरिएको छ । नेपाल स्रष्टा समाजले आज शंखमूलस्थित अवारनेश स्कूलमा आयोजित एक कार्यक्रमकाबीच सो सम्मान अर्पण गरिएको हो ।

समाजका अध्यक्ष श्रीओम श्रेष्ठ रोदनको सभापतित्वमा आयोजित कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ कवि मञ्जुलले सो पुरस्कार हस्तान्तरण गरे । चेतनाथ कँडेल ‘हरित’ र श्रीमती सिता भण्डारी कँडेलले आफ्ना स्वर्गीय सुपुत्र प्रसिद्ध कँडेलको नाममा सो पुरस्कार स्थापना गरेका हुन् । २०७४ सालमा स्थापित यो सम्मानको राशी ११ हजार १ सय ११ रहेको छ ।

कार्यक्रममा समाजका सदस्य शान्तिमाया गिरीले कवि लुइँटेलको विस्तृत परिचय प्रस्तुत गरेकी थिइन् । कार्यक्रम सञ्चालन समाजका सदस्य माधव विडारीले गरेका थिए ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि मञ्जुलले समाजको वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा प्रमुख अतिथि बन्न पाउँदा खुसी लागेको बताए । उनले युवा कवि देवु लुइँटेललाई बधाई तथा शुभकामना पनि व्यक्त गरे ।

सम्मान ग्रहणपछि बोल्दै कवि देवु लुइँटेलले आफूलाई विश्वास गरेर यस्तो ओजपूर्ण सम्मान अर्पण गरेकोमा समाजलाई धन्यवाद ज्ञापन गरिन् । यो पुरस्कारले जिम्मेवारी र दायित्व बढेको पनि उनले बताइन् ।

कार्यक्रममा समालोचक महेश पौड्याल, विधान आचार्य, देवु लुइँटेल, सुष्मा आचार्य लगायतले कविता सुनाएका थिए । कार्यक्रममा समाजका संरक्षक पवन आलोक, पूर्वअध्यक्षहरु चन्द्रप्रसाद भट्टराई, विधान आचार्य लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रमलाई समापन गर्दै समाजका अध्यक्ष तथा कार्यक्रमका सभापति श्रीओम श्रेष्ठले व्यक्तिगत रुपमा नचिनेको स्रष्टालाई सिर्जनाको कदर गर्दै सम्मान अर्पण गर्न पाउँदा खुसी लागेको उल्लेख गरे । समाजले १७ औं वार्षिकोत्सव सप्ताहव्यापी रुपमा मनाइरहेको उनले बताए । सो अन्तर्गत हिजो पुस १३ गते उद्घाटन तथा पर्या, सम्पदा कवितागोष्ठी गरिएको उनले बताए । सप्ताहव्यापी कार्यक्रम पुस १९ गते समापन हुने पनि उनले जानकारी दिए ।

०००
– चेतनपथ माधवद्वारा संप्रेषित

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x