फित्काैली डटकमदेवीभक्त श्रेष्ठकाे अध्यक्षतामा साहित्य चौतारीकाे नयाँ कार्यसमिति
निर्वाचन समितिका संयोजक स्रष्टा राजेन्द्र सङ्ग्रौलाको अध्यक्षतामा बसेको निर्वाचन समिति, कार्य समिति र सदस्यहरूको भेला (साधारण सभा) ले नयाँ कार्य समितिको गठन गरेको छ ।

झापा, २०८० माघ १० । २०५६ सालमा स्थापना भएको साहित्य चौतारी झापाले राष्ट्रिय स्तरका स्रष्टा तथा प्राज्ञ बन्ने वातावण बनाउँदै स्रष्टा र सङ्गीतप्रेमीलाई समय समयमा यथोचित अभिनन्दन, सम्मान र पुरस्कृत गर्दै आएको छ ।
साहित्य चाैतारीले झापाका सबै पालिकाका एक एक विद्यालय र भाेजपुरकाे एक विद्यालयमा भानुभक्त कुभिण्डेलीकाे संयाेजकत्वमा “विद्यालयमा साहित्य चाैतारी” कार्यक्रम सञ्चालन गरी विद्यालय तहदेखि नै साहित्य, सङ्गीत र कलाका क्षेत्रमा लुकेर रहेका प्रतिभाकाे पहिचान गर्दै पुरस्कृत गर्दै आएकाे छ ।
यसका लागि छनाेट गरिएका हरेक माध्यमिक विद्यालयलाई रु. १००० नगद पुरस्कार रकम प्रत्येक महिना उपलब्ध गराउँदै आएकाे छ । पछिल्लो समयमा गठन भएको हस्त परियार अध्यक्ष रहेको निवर्तमान कार्यसमितिको पदावधि गत पुस महिनामा सकिएकाले २०८० माघ १० गते संस्थाको साधारण सभा बोलाएर विभिन्न सर्जक तथा सङ्गीतप्रेमीको उपस्थितिमा साहित्य चौतारी झापाको १७ सदस्यीय नयाँ कार्य समितिको सर्वसम्मत गठन भएको छ ।
निर्वाचन समितिका संयोजक स्रष्टा राजेन्द्र सङ्ग्रौलाको अध्यक्षतामा बसेको निर्वाचन समिति, कार्य समिति र सदस्यहरूको भेला (साधारण सभा) ले नयाँ कार्य समितिको गठन गरेको छ ।
अध्यक्ष – देवीभक्त श्रेष्ठ ( संस्थापक/संरक्षक), वरिष्ठ उपाध्यक्ष – उर्मिला बिमली श्रेष्ठ (संस्थापक/संरक्षक), उपाध्यक्ष (कला) – हिम्मत नेम्बाङ, उपाध्यक्ष – (सङ्गीत) शान्ता पौडेल, महासचिव – भानुभक्त कुभिण्डेली, सचिव – गौरव श्रेष्ठ (सह संरक्षक), सहसचिव – जीवन जगदीश धिताल, कोषाध्यक्ष – भवानीप्रसाद गौतम, सह कोषाध्यक्ष – कृष्णकुमार श्रेष्ठ सहित सदस्यहरूमा – चित्रा पौडेल कोइराला, सुनिता तामाङ, गोमा बिमली, मनिषा भट्टराई, गोपाल दाहाल, धनकुमारी दर्नाल (दमाईं), टीका भट्टराई नेपाल, कल्पना भट्टराई रहनु भएकाे छ ।
भेलामा उपस्थित सर्जक, सङ्गीतप्रेमी, कलाकार तथा पत्रकारहरूमा राजेन्द्र सङ्ग्रौला, अनिरुद्र ओली, कृष्णप्रसाद पाैडेल, देवीभक्त श्रेष्ठ, उर्मिला बिमली श्रेष्ठ, गौरव श्रेष्ठ, हस्त परियार, जीवन जगदीश धिताल, भवानीप्रसाद गौतम, टीका भट्टराई नेपाल, कृष्णकुमार श्रेष्ठ, मनिषा भट्टराई, गोमा विमली, कल्पना भट्टराई, गोपाल दहाल, धनकुमारी दर्नाल, एन बी दाहाल नवीन, सुब्रत न्यौपाने, तुलसी निरौला लगायत अन्य धेरैको उपस्थिति रहेको थियो ।
भेलाले मानार्थ सल्लाहकारमा चूडामणि रेग्मी, सरोज ओली, कोमल पोखरेल, लोकनाथ पाैडेल, जीवन अधिकारी र डा. पुष्यप्रसाद सिग्देललाई राख्ने सर्वसम्मत निर्णय गर्यो भने प्राज्ञ त्रय पवन राजवंशी, सुभद्रा भट्टराई र सुमित्रा वाङ्देल चेलीलाई पनि मानार्थ सल्लाहकारमा चयन गरेको छ ।
यस्तै उक्त भेलाले संस्थाका पूर्व अध्यक्षमध्ये शिवशङ्कर थापा, केशव आचार्य, टङ्क विकल्पलाई पनि मानार्थ सदस्यमा चयन गर्ने निर्णय गर्यो । त्यस्तै अन्य सल्लाहकारहरूमा राजेन्द्र सङ्ग्रौला (रजत स्मारिकाका संयोजक), अनिरुद्र ओली, हरिनारायण भट्टराई, भवानी क्षेत्री, शिरो सान्दाइ (खतिवडा), हस्त परियार र शेरबहादुर थापा हुनुहुन्छ ।
कानुनी सल्लाहकारमा टंक उप्रेती (वरिष्ठ अधिवक्ता तथ झापा वार एसाेसिएसनका पूर्व अध्यक्ष) र कृष्णप्रसाद पौडेल हुनुहुन्छ भने प्रेस सल्लाहकारमा सुब्रत न्यौपाने र तुलसी निरौलालाई आजको भेलाले चयन गरेको छ ।
संस्थाको रजत महोत्सवमा प्रकाशन हुने रजत स्मारिकाको लागि पनि आजको भेलाले एक सम्पादन समितिको निर्माण गरेको छ, जसमा प्रधान सम्पादक राजेन्द्र संग्रौला, सदस्यहरूमा अनिरुद्र ओली, हरिनारायण भट्टराई, विनोद खनाल, लीला अनमोल, दिलिप घिमिरे र कृष्ण सुवेदी निराकार हुनुहुन्छ ।
०००
Subscribe
Login
0 Comments
Oldest






































