फित्काैली डटकमसाहित्यकार उपचार कोषको स्थापना सहित बनभोज सम्पन्न
कार्यक्रमबाट साहित्यकार उपचार कोषको पनि स्थापना गरिएको घोषणा गरिएको छ । आजै कोषका लागि रु १७८३० रूपैया संकलन भएको र यसलाई बढाउँदै जाने संयोजक रीता खत्रीले जानकारी दिनु भएको छ ।

काठमाडाैं, २०८० माघ १० । चोभार सामुदायिक बनमा साहित्यिक बनभोजको भव्य कार्यक्रम सफल भएको छ । वरिष्ठ कवि तुलसी दिवस र अतिथि जलेश्वरी श्रेष्ठ, पद्मावती सिह, उन्नती बोहोरा शिला, विमला निरौला, राधेश्याम लेकाली, वियोगी बुढाथोकी, शैलेन्दु नेपाल, गीता कार्की, ललिता दोषी, शर्मा ललिता, सानु शर्मा, ज्ञानु अधिकारी, भागिरथी श्रेष्ठ, धुब्रनारायण जोन्छेँ,शम्शेर बहादुर प्रधान, लगायत ६० जना साहित्यकारहरुको जमघट भएको थियो ।
यसै कार्यक्रमबाट साहित्यकार उपचार कोषको पनि स्थापना गरिएको घोषणा गरिएको छ । आजै कोषका लागि रु १७८३० रूपैया संकलन भएको र यसलाई बढाउँदै जाने संयोजक रीता खत्रीले जानकारी दिनु भएको छ ।
उक्त बनभोजमा दुई वटा नयाँ काम गरिएको थियो । साहित्यकार तथा पत्रकार रेणुका भट्टराई र कवि रेणुका चौलागाईलाई मित लगाउने कार्य पनि सम्पन्न भएको थियो । उक्त मित लगाउँने कार्यमा बिशिष्ट कवि तुलसी दिवसले टीका लगाई दिदै आजबाट मित भएको घोषणा गर्नु भएको थियो । यस कार्यको सम्पूर्ण व्यवस्थापन दिव्य गिरीले गर्नु भएको थियो । 
कार्यक्रम संयोजन रीता खत्री र उषा के.सी गर्नु भएको थियो । १० बजे स्थलमा पुगेर साहित्यकारहरुले चोभारका विभिन्न स्थानको अवलोकन गरेका थिए । तौड नागदह, आदिनाथको मन्दिर, जलविनाय र चोभार गल्छी लगायत विभिन्न ठाउँ घुमेर रमाइलो गरेका थिए ।
उक्त कार्यक्रममा आयोजकबाट टोपी उपहार दिदै परिचय गराइएको थियो । घाम ताप्दै सुन्लात र बदाम खानुको मज्जै भिन्न रहेको बनभोजमा नाच गान सहित रमाइलो गरिएको थियो ।
कार्यक्रममा घैटो फुटाउने खेल खेलिएको थियो । उक्त प्रतियोगितामा विन्दु ढकालले जित्नु भएको थियो । यसरी सभ्य र भव्य रुपमा बनभोज सम्पन्न भएको छ ।
०००
– काव्यघरकाे साैजन्यमा
Subscribe
Login
0 Comments
Oldest






































