फित्काैली डटकममनोहरा साहित्य समाजको ८६औं शृङ्खला सम्पन्न
प्रमुख अतिथि गोविन्द घिमिरेले मनोहरा साहित्य समाजको अक्षयकोष स्थापनार्थ रू. एक लाखको चेक हस्तान्तरण ।

काठमाडाैं, २०८० फागुन १२ । मनोहरा साहित्य समाजको ८६औं शृङ्खलाको कार्यक्रम समाजका अध्यक्ष डिल्लीराज अर्यालको सभापतित्व, वरिष्ठ साहित्यकार गोविन्द घिमिरे वेदमणिको प्रमुख, तथा कविराज घिमिरे एवं शीतल गिरीको विशिष्ट आतिथ्यमा सम्पन्न भयो।
सचिव भावकेशर बरालको सञ्चालनमा सञ्चालित सो कार्यक्रममा सभाध्यक्ष अर्यालद्वारा अतिथिहरूलाई स्वागत गर्दै आफ्नो रचनाबाट रचनावाचन प्रारम्भ गरेपछि प्रमुख अतिथि गोविन्द घिमिरेले मनोहरा साहित्य समाजको अक्षयकोष स्थापनार्थ रू. एक लाखको चेक हस्तान्तरण गर्दै संस्थाको प्रगतिको कामनासहित रचनावाचन गर्नुभएको थियो।
स्रष्टाहरूका रचनावाचन, रचनाको टिप्पणी, मन्तव्य एवं शुभकामना हुँदै समापन भएको थियो।
कार्यक्रममा स्रष्टा समीर पाख्रिनको कथाकृति’अनुत्तरित प्रश्न’को लोकार्पण र कथाकारका अभिव्यक्ति पछि परशुराम पराशर, बुद्धिसागर पौडेल, दीनानाथ पोखरेल, रुद्र अधिकारी, नूरदेव खनाल, सम्पत् काफ्ले, रामचन्द्र न्यौपाने, भावना न्यौपाने, भुवन शिवाकोटी चौघरे, केशव ज्ञवाली आगत, सूर्यप्रसाद डुम्रे, तोयानाथ सुवेदी, शारदा पराजुली, सरिता तिमल्सिना, रत्ननिधि रेग्मी शुक्राचार्य, कृष्णप्रसाद पौडेल, भालचन्द्र भण्डारी, भावकेशर बराल लगायतका स्रष्टाहरूले रचनावाचन गर्नुभएको थियो भने विशिष्ट अतिथि कविराज घिमिरेले रचना वाचन र शीतल गिरीले शुभकामना व्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा बाबुराम कार्की, कपिल अर्याल, चिरञ्जीवी रेग्मी, शालिकराम कोइराला, अच्युत गौतम लगायतका सभ्य श्रोताहरू हुनुहुन्थ्यो भने कार्यक्रमको अन्त्यमा समाजका कोषाध्यक्ष तथा समीक्षक खोलाघरे साहिंलाले आफ्नो रचना वाचनसहित वाचित रचनाहरूमाथि टिप्पणी गर्नुभएको थियो।
०००
Subscribe
Login
0 Comments
Oldest










































