साइबर अपराध सम्बन्धी सचेतना सामग्री

वीरगञ्जमा विशेष हास्य कवि सम्मेलन सम्पन्न

समारोहमा नेपाल तथा भारतका करिव एक दर्जन कविहरूले हिन्दी, भोजपुरी तथा नेपाली भाषाका मूलतः हास्यव्यङ्ग्य कविता वाचन गरेका थिए भने छात्रवासका विद्यार्थीहरूले राष्ट्रिय भावना झल्काउने नृत्यहरू प्रस्तुत गरेका थिए ।

Nepal Telecom ad

पर्सा, ०८१ असार । जनजाति कल्याण आश्रम, नेपाल अन्तर्गत रहेको ‘आमाको माया छात्रबास’ वीरगञ्जको २१ औँ वार्षिकोत्सवको अवसरमा असार १ गते वीरगञ्जमा एक भव्य बहुभाषिक, बहुदेशीय कवि गोष्ठी तथा सांस्कृतिक कार्यक्रम सम्पन्न भयो ।

कार्यक्रमको प्रमुख अतिथि मधेश विश्वविद्यालयका उपकुलपति दीपक शाक्य हुनुहुन्थ्यो । ‘आमाको माया’ छात्रवासका अध्यक्ष भँवर लाल परिकको अध्यक्षतामा सम्पन्न समारोहमा नेपाल तथा भारतका करिव एक दर्जन कविहरूले हिन्दी, भोजपुरी तथा नेपाली भाषाका मूलतः हास्यव्यङ्ग्य कविता वाचन गरेका थिए भने छात्रवासका विद्यार्थीहरूले राष्ट्रिय भावना झल्काउने नृत्यहरू प्रस्तुत गरेका थिए ।

विशिष्ट अतिथिका रुपमा उपस्थित सिस्नुपानी नेपालका अध्यक्ष तथा हास्यव्यङ्ग्यकार लक्ष्मण गाम्नागेले ‘आमाको माया’ छात्रबासले गरीब तथा पिछडिएका वर्गका बालबालिकाको शिक्षा तथा जिवीकोपार्जनका लागि गरिरहेको कामको प्रशंसा गर्दै समसामयिक व्यङ्ग्य कविताहरू वाचन गर्नुभयो ।

त्यस्तै विशिष्टि अतिथिका रुपमा उपस्थित कवि कृष्णा पाण्डे तथा भारतको हरियाणा, बहराइच लगायत विभिन्न ठाउँबाट आएका कविहरु डा. विकास यसकिर्ती, प्रदीप सारंग, डा. मनोज भारत तथा प्रमोद साधक लगायतले कविता वाचन गर्नुभएको थियो ।

गरीब पिछडिएका क्षेत्र र जातिका बालबालिकाहरूको लालनपालन तथा शिक्षाको क्षेत्रमा मुलुकका विभिन्न ठाउँमा छात्रबास स्थापना गरेर समाज सेवामा समर्पित संस्था ‘आमाको माया छात्रवास’ ले हाल करिब तीनसय पचास विद्यार्थीहरूलाई निःशुल्क शिक्षा दिइरहेको कुरा संस्थाका महासचिव प्रेम थुलुङले जानकारी दिनुभयो ।

विभिन्न मनकारी दाताहरूको दानदातव्यबाट संस्था परिचालित रहेको र यसले विभिन्न स्थानमा शाखाहरू फैलाउँदै लगिरहेको जनजाति कल्याण आश्रम नेपालका राष्ट्रिय अध्यक्ष सुरेश रुँगटाले जानकारी दिनुभयो ।

कार्यक्रममा दाता तथा सहयोगीहरू, कवि तथा अन्य अतिथिहरूलाई विशेष सम्मान गरिएको थियो । थुप्रै दाताहरूले छात्रावासलाई सहयोग गर्ने घोषणा र वचनवद्धता प्रकट गर्नुभएको थियो ।

०००

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x