साइबर अपराध सम्बन्धी सचेतना सामग्री

अनुपमकाे १३७ औँ प्रविधिमैत्री कविगोष्ठी सम्पन्न

संस्थाका अध्यक्ष भुवनहरि सिग्देलको अध्यक्षता तथा प्रमुख आमन्त्रित कवि पुरुषोत्तम सिग्देल एवं विशिष्ट आमन्त्रित डा. बमबहादुर थापा जितालीको गरिमामय उपस्थितिमा भव्यरूपमा सम्पन्न भएकाे हाे ।

Nepal Telecom ad

काठमाडाैं, २०८१ असार १५ । अनुपम सिर्जना प्रतिष्ठान नेपाल कलङ्कीको १३७ औँ मासिक प्रविधिमैत्री कविगोष्ठी सम्पन्न भएकाे छ ।

संस्थाका अध्यक्ष भुवनहरि सिग्देलको अध्यक्षता तथा प्रमुख आमन्त्रित कवि पुरुषोत्तम सिग्देल एवं विशिष्ट आमन्त्रित डा. बमबहादुर थापा जितालीको गरिमामय उपस्थितिमा भव्यरूपमा सम्पन्न भएकाे हाे ।

कविगोष्ठीमा कविता, मुक्तक, सुसेली रोचक ढङ्गबाट कविहरूले वाचन गरे । देश भक्ति भावले भरिएका, जनचेतना मूलक तथा सामाजिक विकृति बिरुद्ध प्रहार गरिएका रचना वाचन गरिएका थिए ।

राष्ट्रिय धान दिवसको अवसरमा असार विशेष सिर्जना पनि वाचन गरिए । यस अवसरमा रचना वाचन गर्ने कविहरू भुवनहरि सिग्देल, पुरुषोत्तम सिग्देल, डा. बमबहादुर थापा जिताली, हरि खनाल, गङ्गा लिगल, दुष्यन्त भट्टराईं, चूडा निर्भिक, जगदीश्वर पोखरेल, कल्पना भट्टराईं, बिनुबाबा घिमिरे, सुशील रिजाल, वालकृष्ण सुवेदी, गायत्री ढकाल, पूर्णप्रसाद पन्त, उत्तम भेटुवाल, सुधा बाँस्कोटा ढकाल, सूर्यकुमार पण्डित, सूर्यवदना पण्डित, वीरबहादुर लोहनी, चन्द्रा न्यौपाने र टेकबहादुर लौडारी हुनु हुन्थ्यो ।

प्रमुख आमन्त्रित पुरुषोत्तम सिग्देलले अनुपम सिर्जना प्रतिष्ठानले भाषा साहित्यको सेवा गर्दै आएको र सर्जकहरूलाई रचना वाचन गर्ने अवसर प्रदान गरेको छ भन्नु भयाे । उहाँले छन्दको संरक्षण गरेको पिन उल्छलेख गर्नु भयाे ।

सिग्देलले सङ्छिप्त समीक्षा गर्दै कविगोष्ठीमा लोकछन्दले विजय प्राप्त गऱ्यो, अत्यन्त मिठा सिर्जना श्रवण गर्न पाउँदा सर्जक मुग्ध भएकाे बताउनु भएकाे थियाे । वाचन गरेका कविताको सुललित ढङ्गले समीक्षा समेत गर्नु भएको थियो ।

सभाध्यक्ष भुवनहरि सिग्देलज्यूले आज वाचित कविता गुणस्तरका थिए र कविगोष्ठी गरिमामय भयो भन्नुहुँदै सभ्य,भव्य र नव्य भएकाे बताउनु भयाे ।

असार १५ काे अवसरमा कविगोष्ठी धान दिवसमा नै केन्द्रित भएको थियो । गोष्ठी सफल बनाइ दिनु भएकोमा सबै सर्जकलाई धन्यवाद दिनुहुँदै गोष्ठी समापन गर्नु भएको थियो ।

शुरूमा प्रतिषठानका उपाध्यक्ष जगदीश्वर पोखरेलले स्वागत गर्नु भएको थियो । माहासचिव सुधा बाँस्कोटा ढकालले कुशलतापूर्वक गोष्ठीको संयोजन गर्नु भएको थियो ।

०००
– जगदीश्वर पाेखरेलद्वारा संप्रेषित

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x