साइबर अपराध सम्बन्धी सचेतना सामग्री

अनुपमको १३८ औँ मासिक प्रविधिमैत्री कविगोष्ठी

संस्थाका अध्यक्ष भुवनहरि सिग्देलको अध्यक्षता तथा प्रमुख आमन्त्रित वरिष्ठकवि पुरुषोत्तम सिग्देल ज्यूको गरिमामय उपस्थितिमा भव्यरूपमा सम्पन्न भएकाे हाे । 

Nepal Telecom ad

काठमाडाैं, २०८१ साउन १९ । अनुपम सिर्जना प्रतिष्ठान नेपाल कलङ्कीको १३८ औँ मासिक प्रविधिमैत्री कविगोष्ठी संस्थाका अध्यक्ष भुवनहरि सिग्देलको अध्यक्षता तथा प्रमुख आमन्त्रित वरिष्ठकवि पुरुषोत्तम सिग्देल ज्यूको गरिमामय उपस्थितिमा भव्यरूपमा सम्पन्न भएकाे हाे ।

उपत्याकाको पश्चिम भेकमा रहेको साहित्यिक संस्थाको कविगोष्ठीमा कविता, मुक्तक, सुसेली, चारु, बाछिटा, स्वच्छन्द रोचक ढङ्गबाट कविहरूले वाचन गरे । देश भक्ति भावले भरिएका, जनचेतना मूलक तथा सामाजिक विकृति बिरुद्ध प्रहार गरिएका रचना वाचन गरेका थिए ।

यस अवसरमा रचना वाचन गर्ने कविहरू भुवनहरि सिग्देल, पुरुषोत्तम सिग्देल, हरि खनाल, गङ्गा लिगल, दुर्गाप्रसाद सिग्देल, रामचन्द्र न्यौपाने वनवासी, जितु खड्का, डिल्लीप्रसाद दाहाल, जगदीश्वर पोखरेल, खगेन्द्रप्रसाद वश्याल, बिनुबाबा घिमिरे, सुशीलकुमार रिजाल, शारदा कार्की, लक्ष्मीप्रसाद मिश्र, पवनकुमार बुढाथोकी, पूर्णप्रसाद पन्त, उत्तम भेटुवाल, सुधा बाँस्कोटा ढकाल, चन्द्रा न्यौपाने हुनु हुन्थ्यो ।

प्रमुख आमन्त्रित पुरुषोत्तम सिग्देलल अनुपम सिर्जना प्रतिष्ठानले भाषा साहित्यको सेवा गर्दै आएको छ । सर्जकहरूलाई रचना वाचन गर्ने अवसर प्रदान गरेको छ । छन्दको संरक्षण गरेको छ भन्नु भयो । अत्यन्त मिठा सिर्जना श्रवण गर्न पाउदा सर्जक मुग्ध भए भन्नु भयो । वाचन गरेका कविताको सुललित ढङ्गले समीक्षा समेत गर्नु भएको थियो ।

सभाध्यक्ष भुवनहरि सिग्देलज्यूले आज वाचित कविता गुणस्तरका थिए । कविगोष्ठी गरिमामय भयो । सभ्य,भव्य र नव्य भयो । कवितामा बिम्ब प्रतीकका साथै ध्वनि हुनु पर्छ भन्नु भयो । नेपाली भाषाको वारेमा अदालतमा परेको मुद्दामा सर्वोच्चले पुरानै व्याकरण कायम हुने निर्णय गरेको छ । खुशी लाग्यो भन्नुभयो । नेपाली भाषा बिगार्न कसैले हुँदैन भन्नु भयो ।

गोष्ठी सफल बनाइ दिनु भएकोमा सबै सर्जकलाई धन्यवाद दिनु हुँदै उहाँले गोष्ठी समापन गर्नु भएको थियो ।

उपाध्यक्ष जगदीश्वर पोखरेलले संस्थाको गतिविधिको वारेमा मन्तव्य राख्नु भएको थियो । महासचिव सुधा बाँस्कोटा ढकालले कुशलतापूर्वक गोष्ठीको संयोजन गर्नु भएको थियो ।

०००
– जगदीश्वर पाेखरेलकाे साैजन्यमा

 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x