फित्काैली डटकमसुसेली फाउन्डेसनको पचपन्नौं कार्यक्रम विशेष
उपाध्यक्ष सुशीला ढकाल अधिकारीको संचालन र स्वागत मन्तव्यबाट सुरु भएको साउन विशेष सुसेली गायन कार्यक्रममा १७ जना कवि साहित्यकारहरूको उपस्थिति रहेको थियो ।

काठमाडाैं, २०८१ साउन २० । राष्ट्रिय सुसेली फाउन्डेसन नेपालका अध्यक्ष दुर्गा अधिकारी भमरकोटेकाे सभापतित्व, मञ्चकी उपाध्यक्ष सुशीला ढकाल अधिकारीको संचालन र स्वागत मन्तव्यबाट सुरु भएको साउन विशेष सुसेली गायन कार्यक्रममा १७ जना कवि साहित्यकारहरूको उपस्थिति रहेको थियो ।
साउन र वर्षा सम्बन्धी सुसेली गायनको क्रममा क्रमशः पवन बुढाथोकी, सुरेशचन्द्र घिमिरे, वासुदेव ठकुरी, चन्द्रा न्यौपाने, गंगा लिगल, कल्पना भट्टराई, विश्वनाथ ढुंगेल, विमल अर्याल, सुचिता काफ्ले, उत्तम भेटुवाल, रामशरण न्यौपाने, डिल्लीप्रसाद मूलतिहुन सहभागी हुनु भएकाे थियाे ।
विशिष्ट अथिति वरिष्ठ साहित्यकार तथा पूर्व सहायक रथी तेजप्रकाश बानियाँ र वरिष्ठ कवि कलानिधि दाहालले आ-आफ्ना साउन तथा समसामयिक सुसेलीहरू सुन्दर र लयात्मक ढंगले प्रस्तुत गर्नु भएको थियो ।
सुसेलीमा संमरचनात्मक एकरुपता देखिनु पर्ने र संस्थाको आर्थिक पाटोलाई दरिलो बनाउँदै लैजानुपर्ने सुझाव सहित आउँदै गरेको तीजको झल्को दिने यो कार्यक्रम अत्यन्तै सुन्दर र भव्य रहेको बताउँदै विशिष्ट अतिथिहरूले कार्यक्रमको प्रशंसा गर्नुभएको थियो ।
कार्यक्रमलाई बिट मार्दै फाउन्डेसनका अध्यक्ष दुर्गा भमरकोटेले तीज विशेष सुसेली कार्यक्रम गर्न महिला साथीहरूलाई अनुरोध गर्दै अब सुसेलीले अौपचारिकता पाएसँगै सबै साथीहरूलाई समेटेर आर्थिक पाटो पनि सबल बनाउँदै लगिने कुराको जानकारी गराउनु भयाे ।
आगामी भदौ १५ गतेको तीज विशेष कार्यक्रम भव्य बनाउन सबैमा अपिल गरेर सहभागी अतिथि कविहरूमा धन्यवाद दिँदै उहाँले सभाको विसर्जन गर्नुभएको थियो ।
०००
-दुर्गा भामकाेटेकाे साैजन्यमा











































हार्दिक धन्यवाद फित्कौली ।