सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

कर्मदा सृजना मञ्चको ३९ औँ  मासिक रचनावाचन

कार्यक्रमको सञ्चालन र अध्यक्षता कविवर जगदीश्वर पोख्रेलले गर्नुभयो । प्रमुख आमन्त्रित प्राज्ञ नरनाथ लुइँटेल, विशिष्ट अतिथि डा. बमबहादुर थापा जिताली, डा देवी पन्थी, कलानिधि दाहाल रहनु भएकाे थियाे ।

Nepal Telecom ad

काठमाडाैं, २०८१ साउन २४ । कर्मदा सृजना मञ्चको मासिक नियमित रचनावाचन सम्पन्न भएकाे छ । सिर्जना मञ्च पाउँदीबजार लमजुङको याे ३९ औँ मासिक रचना वाचन कार्यक्रम हाे ।

कार्यक्रमको सञ्चालन र अध्यक्षता कविवर जगदीश्वर पोख्रेलले गर्नुभयो । प्रमुख आमन्त्रित प्राज्ञ नरनाथ लुइँटेल, विशिष्ट अतिथि डा. बमबहादुर थापा जिताली, डा देवी पन्थी, कलानिधि दाहाल रहनु भएकाे थियाे ।

उहाँहरू लगायत जनार्दन अधिकारी धड्कन, गङ्गा लिगल, गणेश आत्रेय, खोलाघरे साहिँलो, समीक्षक पुरुषोत्तम सिग्देल ज्यूको गरिमामय उपस्थितिमा प्रविधिमैत्री कविगोष्ठी भव्य किसिमले सम्पन्न भयो ।

सिर्जनासहित सहभागी स्रष्टाहरूमा कलानिधि दाहाल, गणेश आत्रेय, गङ्गा लिगल, द्वारिका कुइँकेल, उत्तम भेटवाल, सुशील रिजाल, सूर्यकुमार पण्डित, इन्दिरा प्रयास, चन्द्रावती अधिकारी, दुर्गाप्रसाद सिग्देल , खोलाघरे साहिंलो, शारदा कार्की, डा. बमबहादुर जिताली, डा देवी पन्थ, पुरुषोत्तम सिग्देल, नरनाथ लुइँटेल , जनार्दन अधिकारी धड्कन, वीरबहादुर लोहनी, टेकबहादुर लौडारी, वासु ठकुरी, जगदीश्वर पोख्रेल , ललिता दोषी, बिनुबाबा घिमिरे, लक्ष्मीप्रसाद मिश्र, सुधा बाँस्कोटा ढकाल हुनुहुन्थ्याे । उर्मिला पन्त पाण्डे, पुण्यप्रसाद पोखरेल र उषा गुरुङ सभ्य श्रोताका रूपमा सहभागी रहनु भएकाे थियाे ।

वाचित रचनाहरूको समीक्षात्मक टिप्पणी पुरुषोत्तम सिग्देलले गर्नुभएको थियो ।

प्रमुख आमन्त्रित नरनाथ लुइँटेलले कर्मदाकाे याे श्रृङ्खला अत्यन्त गुणस्तरीय रहेकाे, महिला स्रषटाहरूकाे सहभागिता उल्लेखनीय रहेकाे र बहुविद विषय एवम् छन्दका सिर्जना प्रस्तुतिले कार्यक्रमकाे गरिमा बढाएकाे बताउनु भयाे ।

सभाध्यक्ष पोखरेलले कविगोष्ठी सफल बनाइ दिनु हुने सबै सर्जकलाई धन्यवाद दिँदै समापन गर्नु भएकाे थियो ।

०००
– खाेलाघरे साहिँलाेकाे साैजन्यमा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x