सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

सुभद्रा भट्टराईको कविता कृति ‘प्रेमका पाँच औंला’ लोकार्पण

कार्यक्रम प्रतिष्ठानका अध्यक्ष शिवकुमार पौडेलको अध्यक्षता, प्रसिद्ध निबन्धकार युवराज नयाँघरेको प्रमुख आतिथ्य तथा प्रतिष्ठानका सचिव जय भण्डारीको सन्चालनमा भएको थियो ।

Nepal Telecom ad

झापा, २०८१ साउन २४ । साहित्यकार तेराख प्रतिष्ठानकाे आयोजनामा सुभद्रा भट्टराईको तेस्रो कविता कृति ‘प्रेमका पाँच औंला’ लोकार्पण भएका कार्यक्रम सम्पन्न भएकाे छ ।

काँकरभिट्टा खानेपानी सभाकक्षमा सम्पन्न कार्यक्रम प्रतिष्ठानका अध्यक्ष शिवकुमार पौडेलको अध्यक्षता, प्रसिद्ध निबन्धकार युवराज नयाँघरेको प्रमुख आतिथ्य तथा प्रतिष्ठानका सचिव जय भण्डारीको सन्चालनमा भएको थियो ।

प्रतिष्ठानका सदस्य मुना रानाले स्वागत गर्नुभएको यस कार्यक्रममा आख्यानकार पुण्यप्रसाद खरेल, वरिष्ठ पत्रकार, गीतकार चन्द्र भण्डारी, डा.शुकराज दियाली सिलगढी, संविधान सभासदस्य रविन कोइराला, काँकरभिट्टा क्याम्पस प्रमुख लक्ष्मीप्रसाद उप्रेती, मेचीनगर उपप्रमुख मिना उप्रेती, राहुल राई वोगीको मणिपुर, निशिकान्त सिन्हा सिलगढी, मुक्ति उपाध्याय बराल सिलगढी, देविका सुब्बा खवास खर्साङ, प्रा.डा.गङ्गाप्रसाद अधिकारी, भानु साहित्यिक प्रतिष्ठानका उपाध्यक्ष डिल्लीराम घिमिरे, खानेपानी काँकरभिट्टाका अध्यक्ष रोहित बुढाथोकी, तेराख प्रतिष्ठानका संरक्षक लेखनाथ खतिवडा, काँकरभिट्टा मा.वि.का पूर्वप्रअ तथा कवि सुभद्राका गुरु दिलिप अधिकारी, साहित्यकार तथा नेता राम कट्टेल, प्रलेस केन्द्रीय सदस्य राजेन्द्र सङ्ग्रौलालाई विशिष्ट आतिथ्यका रूपमा मञ्चमा आसिन गराइएको थियो ।

प्रमुख अतिथि तथा विशिष्ट अतिथिहरूबाट सामुहिक रूपमा लोकार्पण गरिएको कृति ‘प्रेमका पाँच औंला’को समीक्षात्मक परिचय प्रा.डा. गङ्गाप्रसाद अधिकारीले प्रस्तुत गर्नुभएको थियो ।

कवि सुभद्राले उपस्थित सबै अतिथि तथा आफन्तजनलाई सम्मान व्यक्त गरेर आफ्नो कृतिको एउटा कविता वाचन गरिन्, प्रमुख अतिथि युवराज नयाँघरेले कृतिको एउटा कविता वाचन गरेपछि कविगोष्ठी सुरु भयो ।

कविगोष्ठीमा कविहरू पुण्य बराल, गणेश निरौला, विवश बलिभद्र कोइराला, जय आचार्य, लतिका जोशी सिलगढी, टङ्क विकल्प, तुलसीप्रसाद भट्टराई, विरही अधिकारी, जेबी खत्री, शारदा कार्की विराटनगर, अमृता पाठक चौंलागाईं, चित्रा पौडेल, पुष्प काफ्ले, सुशान्त नन्दी, राहुल राई वोगिको मणिपुर, ललिता जोशी सिलगढी, सेजल दाहाल तथा आकृति दाहाल आदिले कविता वाचन गर्नुभएको थियो ।

निशिकान्त सिन्हा तथा प्रमुख अतिथि युवराज नयाँघरेले शुभकामना तथा बधाई मन्तव्य राख्नुभएको यस कार्यक्रममा स्रष्टा तथा साहित्यअनुरागीहरू परशुराम तिमसिना, हरिनारायण भट्टराई, केशव आचार्य, दीपक पोखरेल, लक्ष्मी अच्युत ढुङ्गाना, भीम खवास, दुर्गाप्रसाद सिग्देल, भूवन सुब्बा, भगवती ढुङ्गेल, नवराज घिमिरे, मिना अधिकारी, हरिप्रसाद नेउपाने, विनोद खनाल, ज्ञानेन्द्र ढुङ्गाना, कनक कार्की, मोक्ष खतिवडा, वासुदेव खतिवडा, एनवी दाहाल नविन, एसपी लुइँटेल, टीका भट्टराई नेपाल, मायामितु नेउपाने, रश्मि असफल, पवित्रा प्रसाईं, मातृका सङ्ग्रौला, मोहनप्रकाश उप्रेती, तोयालाल दाहाल, सूर्य उप्रेती, जयन्ती खरेल, इन्दिरा खरेल, पार्वती खरेल, सवित्रा सुतार, देवेन्द्र खरेल, ऋत खरेल, राजिव गौतम, सुशीला खतिवडा, लिना भण्डारीलगायत २०० जतिको उपस्थिति थियो ।

कार्यक्रमका बीचमा पूर्वप्रअ दिलिप अधिकारीलाई सम्मान गरिएको थियो भने, कवि सुभद्रा तथा दुर्गाराम अर्यालबाट आमा तथा सासूआमालाई पनि सम्मान गर्नुभएको थियो । कवि सुभद्राका जीवनसाथी दुर्गाराम अर्यालको आज जन्मदिन भएकाले उहाँहरू दुबैजनालाई कुर्सीमा बसाएर प्रमुख अतिथि तथा अतिथिहरूबाट फूलका गुच्छासहित आशीर्वाद प्रदान गरिएको थियो ।

अन्त्यमा अतिथि विशिष्ट अतिथिहरूलाई मायाको चिनो पनि बाँडिएको थियो भने अध्यक्षद्वारा छोटो मन्तव्यसहित कार्यक्रम समापन भएको थियो ।

०००
– पुण्यप्रसाद खरेलकाे साैजन्यमा

Fitkauli Publication Books comming soon
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x