साइबर अपराध सम्बन्धी सचेतना सामग्री

भो जीवनी बञ्जर (१३)

कान्छो मूर्ख भयो बुझेन उसले ,आशा गरेका भर ! लामो केश छ , झ्याप्प राख्छ झुसिला दारी दुरुस्तै खर खायी जान्छ कता हराउँछ सधैँ ठान्दैन आफ्नो घर आए श्रेष्ठ बधू कतै सुख दिने हुन्थिन् कि हाम्रो भर ॥

Nepal Telecom ad

हेम अधिकारी :

कान्छालाई सुधार्नलाई गतिली खोजौँ बुहारी बरू
भित्र्याई कुलकी सुलक्षण वधू राम्रो बनाऔँ अरू
हाम्रो आश यही छ मात्र पृय यो कान्छो सपारौँ अब
सेवा गर्न वधू र पुत्र सहजै लाग्लान् खुसीले तब ।

कान्छाको अब गर्नु पर्दछ बिहे बूढो हुनेभो अरू
हेरी सुन्दर रूपकी र कुलकी, ल्याऔँ सुशीला बहू
राम्रा लक्षणकी ,सँभार घरको गर्ने बधू आउली
बाआमासरि मान ,आदर गरी माया सबै पाउली ॥

कान्छो मूर्ख भयो बुझेन उसले ,आशा गरेका भर !
लामो केश छ , झ्याप्प राख्छ झुसिला दारी दुरुस्तै खर
खायी जान्छ कता हराउँछ सधैँ ठान्दैन आफ्नो घर
आए श्रेष्ठ बधू कतै सुख दिने हुन्थिन् कि हाम्रो भर ॥

सम्झाऊँ कसरी बुझेन यसरी कान्छो कहाँ सुन्दछ
जेठा आउन ! दाजु भाइ अहिले सम्झाउँदा मान्दछ
यस्तो भो घरमा पर्यौँ बिलखमा, छोरा तिमी आउन
छिट्टै गर्नुछ भाइको अब बिहे थाहा सबै पाउन ॥

०००
दमक, झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
उत्पात भो

उत्पात भो

हेम अधिकारी
जात्रा

जात्रा

हेम अधिकारी
उत्पात भो !

उत्पात भो !

हेम अधिकारी
तह मिलान

तह मिलान

हेम अधिकारी
बैतर्नी तर्ने

बैतर्नी तर्ने

हेम अधिकारी
वृद्ध वृद्धा सबै …

वृद्ध वृद्धा सबै …

रामशरण न्याैपाने
ज्येष्ठ नागरिकमा छ सदा प्रणाम

ज्येष्ठ नागरिकमा छ सदा...

विद्या अनामिका तिवारी
वृद्धवृद्धा सबै

वृद्धवृद्धा सबै

वेदप्रसाद रिजाल
ज्येष्ठ नागरिकमा छ सदा प्रणाम

ज्येष्ठ नागरिकमा छ सदा...

जगदीश्वर पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x