पदम भण्डारीफर्केर आएनन्
नर्क नजानलाई अनेक थोक गर्छौ तिमी स्वर्ग पुग्ने कसरी पुगे आएर बताएनन् ॥
कृष्ण तिमिल्सिना :
घाटमा लास जलाउनेले जात छुट्टाएनन् ।
बाँचुन्जेल तिनै शरीरले छोएको खाएनन् ॥
कात्रो नी अजिबको किन्नेले लाउँनै हुँदैन
ओढेर सुत्नेले त झन् देख्नसम्म पाएनन् ॥
नर्क नजानलाई अनेक थोक गर्छौ तिमी
स्वर्ग पुग्ने कसरी पुगे आएर बताएनन् ॥
मृत्यु अवश्य पनि निक्कै सुन्दर हुनुपर्छ
जो मरेर गए नि कहिलै फर्केर आएनन् ॥
०००
काठमाडौं
Subscribe
Login
0 Comments
Oldest







































