साइबर अपराध सम्बन्धी सचेतना सामग्री

कर्मदा सिर्जना मञ्चको ४० औँ विशेष कवि गोष्ठी

सञ्चालन र अध्यक्षता कविवर जगदीश्वर पोख्रेलले गर्नुभएकाे थियो भने प्रमुख आमन्त्रित वरिष्ठ कवि पुरुषोत्तम सिग्देल, समीक्षक वरिष्ठ कवि कलानिधि दाहालज्यूको गरिमामय उपस्थिति थियाे ।

Nepal Telecom ad

काठमाडाैं, २०८१ भदौ २७ । कर्मदा सिर्जना मञ्च पाउँदीबजार लमजुङको ४० औँ प्रविधिमैत्री १५९ औँ मोती जयन्ती विशेष कवि गोष्ठीको रूपमा सम्पन्न भयाे ।

सञ्चालन र अध्यक्षता कविवर जगदीश्वर पोख्रेलले गर्नुभएकाे थियो भने प्रमुख आमन्त्रित वरिष्ठ कवि पुरुषोत्तम सिग्देल, समीक्षक वरिष्ठ कवि कलानिधि दाहालज्यूको गरिमामय उपस्थिति थियाे ।

कार्यक्रमका सञ्चालक संस्थाका अध्यक्ष जगदीश्वर पोख्रेल हुनुहुन्थ्यो र वाचित रचनाहरूको समीक्षात्मक टिप्पणी कलानिधि दाहालले गर्नुभएको थियो ।

रचनावाचनमा कविहरू पुरुषोत्तम सिग्देल, कलानिधि दाहाल, गणेश आत्रेय, गोविन्दप्रसाद घिमिरे वेदमणि, गङ्गा लिगल, हरि खनाल, जगदीश्वर पोखरेल, उत्तम भेटवाल, सुशीलकुमार रिजाल, सूर्यकुमार पण्डित, दुर्गाप्रसाद सिग्देल, सिर्जना खनाल, लक्ष्मीप्रसाद मिश्र, चन्द्रावती अधिकारी, टेकबहादुर लौडारी, वासु ठकुरी, ललिता खरेल दोषी र बिनुबाबा घिमिरेलगायतको सहभागिता थियो ।

प्रमुख आमन्त्रित पुरुषोत्तम सिग्देलले मोतीराम भट्टले नेपाली भाषा साहित्यमा पुऱ्याउनु भएको योगदानको चर्चा गर्नु भयो । समस्यापूर्ति कविता लेख्ने र सिकाउने, गजल लेख्न सिकाउने, पुस्तकालय खोल्ने र आदिकवि भानुभक्तलाई प्रकाशमा ल्याउने जस्ता महत्त्वपूर्ण कार्य गर्नु भयो । मोतीले साहित्यलाई शिखरमा पुऱ्याउनु भएको थियो । कर्मदा सिर्जना मञ्च नेपालले मोती जयन्ती विशेष गोष्ठी गरेर मोतीलाई सम्मान गऱ्यो । यो राम्रो काम हो । गोष्ठीमा मोतीकै वारेमा रचना गरेका रचना कविहरूले वाचन गरे भन्नु भयो ।

समीक्षक कलानिधि दाहालज्यूले वाचित रचनाको सुललित किसिमले समीक्षा गर्नु भएको थियो । त्यतिमात्र होइन निर्भिक भएर गुण दोष छुट्याउनु भएको थियो । कलानिधि दाहाल ज्यूको सिर्जनाको समीक्षा गोविन्दप्रसाद घिमिरे वेदमणिज्यूले गर्नु भएको थियो ।

सभाध्यक्ष पोखरेलले प्रारम्भमा मोतीरामको सिर्जना वाचन गरेर गोष्ठीको ढोका खोल्नु भएको थियो । कविगोष्ठी सफल बनाइ दिनु हुने सबै सर्जकलाई धन्यवाद दिदै समापन गर्नु भएको थियो ।

०००
– जगदीश्वर पाेखरेलकाे साैजन्यमा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x