साइबर अपराध सम्बन्धी सचेतना सामग्री

पुष्पपराग साहित्य प्रतिष्ठानको नियमित रचना वाचन

"यहाँ कोहि ठुला पनि छैनन् र कोहि साना पनि हैनन्" भन्ने समताको सिद्धान्त बोकेको यस प्रतिष्ठानले विशेष कार्यक्रम बाहेक नियमित कार्यक्रममा न त सभाध्यक्ष राख्दछ भने न त प्रमुख अतिथि नै ।

Nepal Telecom ad

काठमाडाैं, २०८१ भदाै २९ । पुष्पपराग साहित्य प्रतिष्ठानको नियमित रचना वाचन अन्तर्गतको ९२ (बयानब्बेऔं) शृङ्खला भब्य रूपमा सम्पन्न भयो।

“यहाँ कोहि ठुला पनि छैनन् र कोहि साना पनि हैनन्” भन्ने समताको सिद्धान्त बोकेको यस प्रतिष्ठानले विशेष कार्यक्रम बाहेक नियमित कार्यक्रममा न त सभाध्यक्ष राख्दछ भने न त प्रमुख अतिथि नै । यसरी कार्यक्रम गर्नुको अर्को उदेश्य भनेको आसन ग्रहण मै आधाघण्टा खर्चिने समय रचना वाचनलाई दिन र मंचमा बस्न खोज्ने एक किसिमको अस्वस्था- तछाड्मछाड्लाई नअपनाउन पनि हो।

डा. टि. पि. बराकोटी, चेवन वस्नेत ठूलाघरे´, ढुण्डिराज पोखरेल, पदम दाहाल, महेश प्रसाद रिजाल, जुनु घिमिरे, सुन्दर खड्का, सम्पत काफ्ले, रचना दाहाल, सुशील शर्मा, तारा तामाङ, धरणिधर गुरागाईँ, राजेन्द्रकुमार बर्तौला, केशव ज्ञवाली `आगत´, मन्दिप रिमाल, मधुसूदन पराजुली, कृष्णप्रसाद पौडेल, मानन्धर अभागी, विन्दु अधिकारी `ढकाल´, जानुका गुरागाईँ, राजीव पोखरेल, रन्जु खनाल लगायतका साहित्यकारहरूको उपस्थिति रहेको यस कार्यक्रमको संचालन संस्थाका उपाध्यक्ष भुवन शिवाकोटी `चौघरे´ले गरेका थिए ।

उपस्थित सर्जकहरूको गरिमामय उपस्थितिलाई हार्दिक धन्यवाद दिँदै, प्रत्येक महिनाको अन्तिम शनिबार हुने आगामी कार्यक्रममा पनि उपस्थित हुन आग्रह गरेर प्रतिष्ठानका अध्यक्ष डा. प्रदीप मैनालीले कार्यक्रम समापनको घोषणा गरेका थिए ।

०००

-प्रदीप मैनालीकाे साैजन्यमा

Subscribe
Notify of
guest

2 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Ishwor Pokharel
Ishwor Pokharel
1 year ago

यस कार्यक्रमको मूल नारा र कार्यत्रम ढाँचा मन फर्यो । नजिकै छु । कार्यक्रमको मिति, समय र कार्यत्रम स्थलका बारेमा जानकारी पाएँ भने सहभागी हुने प्रयासमा रहने छु ।

जेबि राई
जेबि राई
1 year ago

भव्य बधाई

Nepal Telecom ad
2
0
Would love your thoughts, please comment.x
()
x