फित्काैली डटकमअर्याल र लुइँटेलद्वयको स्मृति दिवस, पुस्तक लोकार्पण र २७१ औँ विशेष कवि गोष्ठी
वासुदेव लुइँटेल र भैरव अर्यालको स्मृति दिवस, अच्युतप्रसाद चालिसेको ‘चित्त केलो बुझाऊँ’ र विमल अर्यालको ‘आवरण’ नामक कविता सङ्ग्रहको लोकार्पण र कवि गोष्ठी सम्पन्न भएको छ ।

काठमाडाैं, २०८१ भदौ २९ । अभिनव साहित्य समाजले २७१ औं मासिक शृङ्खला अन्तर्गत हास्यव्यङ्ग्य रससाहित्यका महारथि वासुदेव लुइँटेल र भैरव अर्यालको स्मृति दिवस, अच्युतप्रसाद चालिसेको ‘चित्त केलो बुझाऊँ’ र विमल अर्यालको ‘आवरण’ नामक कविता सङ्ग्रहको लोकार्पण र कवि गोष्ठी सम्पन्न भएको छ ।
टिप्पणीकार श्री रमेश खनाल र प्रमुख अतिथि श्री हेमनाथ पौडेलले आवरण, विजय चालिसे र बाजुराम पौडेलले चित्त केले बुझाऊँको टिप्पणी गर्नुभएको थियो ।
समारोहमा सांसद तथा अर्थ समितिका सभापति श्री सन्तोष चालिसे र गोकर्णेश्वर न.पा.का प्रमुख श्री दीपक रिसाल, लेखक द्वय र शीतल गिरीले आआफ्ना धारणा राख्नुभएको थियो ।
परशुराम पराजुली पराशरको सभापतित्व, शारदा खनाल पराजुलीको उद्घोषण, मेनका आचार्यको स्वागत मन्तव्य र कविता वाचनबाट सुरु भएको सो कार्यक्रममा हास्यव्यङ्ग्यकार द्वयप्रति श्रध्दा सुमन अर्पण, लोकार्पित कृतिको प्रकाशकीय चर्चा र उपस्थित सबैप्रति धन्यवाद मन्तव्य समाजका अध्यक्ष गोविन्द प्र.घिमिरे वेदमणिले गर्नुभएको थियो ।
रचना प्रस्तुत गर्नेहरुमा सीताराम पोखरेल, भेषराज सापकोटा, सीताराम ढुङ्गगेल, भारद्वाज मित्र, रत्न उप्रेती, शान्ति रिसाल, राजेशमान केसी, भावना न्योपाने, सरिता दुलाल, महेश्वर खनाल, निर्मलरमण पराजुली, घनश्याम प्रसाई, गायत्रीकुमार चापागाई, मधुसूदन घिमिरे, एनवी जनकपुरी, रामब.पाहाडी, हरि पथिक, खोलाघरे, नानीबाबा अधिकारी, ललिता दोषी, सुशील आचार्यआदि हुनुहुन्थ्यो ।
वसन्त रिजाल, मुकुन्द अर्याल, बद्री अर्याल, शर्मिला तिमल्सिना उद्धव रायमाझी, कुमार सुवेदी, निर्मल अर्याल, कोमल लामिछाने, भक्त क्षेत्री, नानीकाजी, रघुनाथ आचार्यलगायत १८० जनाको उपस्थिति थियो । समयाभावको कारण धेरै धेरै कविहरुले कविता वाचन गर्न नपाउनुभएकोमा अभिनवले क्षमा याचना गरेकाे थियाे ।
०००
-वेदमणि घिमिरेकाे साैजन्यमा







































याे कार्यक्रममा हास्यव्यङ्गयकार द्वयमा हार्दिन श्रध्दा सुमन अर्पण गर्दै दुइकृतिकाे लाेकार्पण भएकाे छ । याे समाचार प्रकाशित गरिदिनुभएकाेमा फित्काैली परिबारलाइ धन्यवाद ।