साइबर अपराध सम्बन्धी सचेतना सामग्री

राप्ती साहित्य परिषद् दाङको ७८औं श्रृङ्खला सम्पन्न

यम रेग्मीको अध्यक्षतमा र वरिष्ठ साहित्यकार गणेश विषमको प्रमुख आतिथ्यता तथा राप्ती साहित्य परिषद् केन्द्रका सल्लाहकार पुरुषोत्तम खनालको विशिष्ट आतिथ्यतामा सम्पन्न भएको थियो ।

Nepal Telecom ad

दाङ, २०८१ भाद्र २८ । राप्ती साहित्य परिषद् दाङ शाखाले नियमित रचना वाचन कार्यक्रम अन्तर्गत ७८औ श्रृङ्खलामा साहित्यकार शरद गौतमको एकल कविता वाचन कार्यक्रम भव्य रूपमा सम्पन्न गरेको छ ।

राप्ती साहित्य परिषद् दाङ शाखाका अध्यक्ष यम रेग्मीको अध्यक्षतमा र वरिष्ठ साहित्यकार गणेश विषमको प्रमुख आतिथ्यता तथा राप्ती साहित्य परिषद् केन्द्रका सल्लाहकार तथा निवर्तमान अध्यक्ष पुरुषोत्तम खनालको विशिष्ट आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।
साहित्यकार शरद गौतमले विभिन्न विषयवस्तुका डेढ दर्जन कविता वाचन गर्नुभएको थियो । ती वाचित रचनाहरूको समीक्षा प्रगतिशील लेखक सङ्घ केन्द्रका सल्लाहकार तथा वरिष्ठ साहित्यकार पदमप्रसाद शर्माले गर्नुभएको थियो।

समीक्षकको रूपमा बोल्दै साहित्यकार पदम प्रसाद शर्माले भन्नुभयो,” शरद गौतमका कवितामा उज्यालो पक्ष समेटिएका छन् । सबै कविताहरू न्यायको पक्षमा छन् ।अन्यायको विरुद्धमा छन्। समसामयिक विषयवस्तुमा समेटिएका छन् । राष्ट्रप्रेमका भावना उठाएका छन् । जेष्ठ नागरिकले भोग्नुपर्ने यथार्थ पीडा छन् । वातावरण प्रदूषणले ल्याएको समस्याहरू रहेका छन् । समानताको पक्षमा आवाज उठाएका छन् ।” साथै उहाँले साहित्यकार गौतमको निरन्तर रूपमा सिर्जनामा लागे यी कविताभन्दा पनि उत्कृष्ट कविता लेख्न सक्ने कुरा बताउनुभयो ।

राप्ती साहित्य परिषद् केन्द्रका अध्यक्ष डा. टीकाराम उदासी, लेखक संघ दाङका अध्यक्ष खगराज न्यौपाने, सिस्नोपानी नेपाल दाङका अध्यक्ष डा.लोकराज पराजुली,राप्ती साहित्य परिषद् दाङ शाखाका सल्लाहकार कमलमणि देवकोटा, गोरक्ष रत्ननाथ पुस्तकालयका अध्यक्ष शंकर योगी,नेपाल बाल साहित्य समाज लुम्बिनी प्रदेशका अध्यक्ष सूर्य विसी, पुरस्कार संस्थापकहरू हरिप्रसाद पाण्डे नरेश जंग राणा, नगेन्द्र गुरु, देवेन्द्र रिजाल लगायतको उपस्थिति रहेको थियो ।

त्यसैगरी सो कार्यक्रममा वरिष्ठ साहित्यकार नारायण नेपाल, यज्ञबहादुर डाँगी, चर्चित गीतकार प्रकाश केसी, नयाँ युगबोध राष्ट्रिय दैनिकका पत्रकार गोविन्द खड्का, रङ्गभूमि टेलिभिजनका सञ्चालक हुम रेग्मी, साहित्यकारहरूमा सुन्दर गौतम, हरिप्रसाद पौडेल “स्वर्णशिका ” सुवास न्यौपाने, गोपाल भुसाल अभिलाषी, धनसिंह गिरी, वीणा रोका, मदन गौतम, नीलु पोख्रेल , नारायण प्रसाद श्रेष्ठ, महेश कुमार न्यौपाने, केपी आचार्य, सुशीला आचार्य, गोविन्द पोखरेल, नुमाकान्त न्यौपाने, राधा शर्मा, कृष्ण बस्नेत, नवराज देवकोटा, दिल्लीराज जीएम, गिरिप्रसाद पन्थी, देवेन्द्र रिजाल, दामोदर पौडेल, प्रेमप्रसाद गौतम, कृष्णप्रसाद रिजाल, नारद भण्डारी, उमङ्ग अधिकारी, रिमा गौतम, प्रकाश श्रीबन्द, लगायतको उपस्थित रहेको थियो ।

कार्यक्रममा संस्थाको तर्फबाट एकल रचना वाचक साहित्यकार शरद गौतमलाई प्रशंसापत्रले सम्मान गरिएको थियो।

राप्ती साहित्य परिषद् दाङ शाखाका उपाध्यक्ष सुरेशकुमार पाण्डेको स्वागत मन्तव्यबाट शुभारम्भ भएको कार्यक्रको सञ्चालक सचिव घनश्याम केसीले गर्नुभएको थियो ।

०००
-सुरेशकुमार पाण्डेद्वारा संप्रेषित

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x