साइबर अपराध सम्बन्धी सचेतना सामग्री

कवि यश लामाको ‘बहिष्कृत आवाज’ सार्वजनिक

शनिबार हेटौँडामा आयोजित विमोचन कार्यक्रममा पुस्तक चर्चासहित कृति सार्वजनिक गरिएको हो ।

Nepal Telecom ad

मकवानपुर, २०८१ असोज ५ । कवि यश लामाको पहिलो कविता सङ्ग्रह ‘बहिष्कृत आवाज’ सार्वजनिक भएको छ । शनिबार हेटौँडामा आयोजित विमोचन कार्यक्रममा पुस्तक चर्चासहित कृति सार्वजनिक गरिएको हो ।

साहित्यकार निमेष निखिल, डा. रामजी राम, मकवानपुरगढी गाउँपालिकाकी उपाध्यक्ष मानकुमारी नेपाली, कवि लामा र उहाँकी छोरीमार्फत् कवितासङ्ग्रह सार्वजनिक भएको हो ।

उच्च शिक्षा अध्ययनदेखि नै लामो समय मकवानपुरलाई कर्म क्षेत्र बनाउँदै आउनु भएका लामा, बाराको निजगढ नगरपालिका– ७ का स्थायीबासी हुनुहुन्छ । उहाँले करिब १० वर्षको अवधिमा लेखेका ४५ वटा कवितालाई ‘बहिष्कृत आवाज’ मा ६ खण्डमा समावेश गरिएको छ।

कवितासंग्रहमा सामाजिक रूपमा पछाडि परेका र समाजबाट बहिष्कृत भएका वर्गको आवाज कवितामार्फत् प्रस्तुत गर्ने प्रयास गरिएको लेखक लामाले बताउनु भएको छ । लामाका कवितालाई कवि स्वयंले पसिनाको अनुहार खण्डको ‘देश यसरी चलेको’ वाचन गर्नुभयो । यस्तै शुक्र प्रजाले कार्यक्रममा स्वागतस्वरूप कविता वाचन गर्नुभयो भने शान्ति प्रियवन्दना र सुबास सजलले सङ्ग्रहभित्रका १/१ कविताहरू वाचन गर्नु भएको थियो ।

साङ्ग्रिला बुक्सद्वारा प्रकाशित कवितासङ्ग्रहको मूल्य ३५० रहेको छ भने एम्बिसन गुरू मोबाइल एप्लिकेसनमार्फत् इ-बुक तथा श्रव्य कविता समेत सुन्न सकिनेछ ।

डा. रामजी राम र मकवानपुरगढी गाउँपालिकाकी उपाध्यक्ष मानकुमारी नेपालीले पुस्तकमाथि टिप्पणी राख्नु भएको कार्यक्रम रोयल प्यालेस हेटौँडामा किताबघरका सञ्चालक तथा सञ्चारकर्मी छवि अनित्यले सहजीकरण गर्नु भएको हो ।

०००
– संप्रस पाैडेलद्वारा संप्रेषित

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x