फित्काैली डटकमआख्यानकार ध्रुव सापकोटा लीलाध्वज थापा साहित्य प्रतिष्ठानद्वारा सम्मानित
सापकाेटाले जीवनभर साहित्यमा लागेका चर्चित साहित्यकारको नामबाट स्थापना भएको प्रतिष्ठानबाट सम्मानित भएर प्रतिष्ठानसँग जोडिने मौका दिनुभएकोमा ज्यादै खुशी लागेको बताउनु भयाे ।

काठमाडाैं, २०८१ असाेज १९ । अग्रज आख्यानकार ध्रुव सापकोटालाई नगद रु १००००/(दश हजार ) सहित लीलाध्वज स्रष्टा सम्मानले सम्मानित गरियाे ।
उक्त सम्मान/ पुरस्कार प्रतिष्ठानका अध्यक्ष साहित्यकार विजयध्वज थापाले प्रदान गर्नुभएको थियो । सम्मानित हुनुभएका आख्यानकार सापकोटाले लीलाध्वज थापालाई आफूले राम्ररी चिनेको उल्लेख गर्दै पहिले पहिले साहित्यकारको जमघट हुने स्थान नयाँ सडकको पिपलबोटमा र प्राय:जसो कवि सम्मेलनमा भेट हुन्थ्यो, उहाँले अनुसन्धान पनि गर्नु पर्छ भन्नुहुन्थ्यो, उहाँ सधैँ चिटिक्क र स्मार्ट देखिनु हुन्थ्यो र उहाँको उपन्यास ज्यादै चर्चित थियो ।
यसरी जीवनभर साहित्यमा लागेका चर्चित साहित्यकारको नामबाट स्थापना भएको प्रतिष्ठानबाट सम्मानित भएर प्रतिष्ठानसँग जोडिने मौका दिनुभएकोमा ज्यादै खुशी लागेको छ भन्नु हुँदै प्रतिष्ठानका अध्यक्ष र यसमा संलग्न व्यक्तिहरूलाई धन्यवाद भन्नुभयो ।
आफूले उहाँको उपन्यासहरू तथा अन्य नाटक, निबन्ध, खण्ड काव्य सबै पढेको उल्लेख गर्दै मन उपन्यासको लेखकको नामबाट मैले उहाँलाई चिनेको हुँ । मन उपन्यास ज्यादै नै चर्चित र सबैको प्रिय उपन्यास थियो । धैरैले ५-७ पटक दोहोराएर पढेको सुनाउथे ।
आम मानिस उहाँको छुट्टै व्यक्तित्वले परिचित थिए । उहाँका सुपुत्र विजयजीले पनि आफ्नो पिताको प्रेरणाले कविता, नियात्रा, मुक्तक, गीत लेखेर नेपाली साहित्यको श्री वृद्धि गरेको चर्चा गर्दै सम्मान पुरस्कार भनेको ठूलो सानो हुँदैन, श्रद्धाले गरेको सबै सम्मान ठूलो हुन्छ पैसा ठुलो कुरा हैन भन्नु हुँदै पिताजीको नाममा प्रतिष्ठान स्थापना गरेर रचना वाचन तथा स्रष्टाहरूको सम्मान कार्यक्रम गर्दै आएकोमा प्रशंसा गर्नु भयो ।
कार्यक्रममा अग्रज साहित्यकार एवं साहित्यिक पत्रकार रामप्रसाद पन्तले कार्यक्रमका अतिथिहरूलाई स्वागत गर्दै सम्मानित हुनुभएका साहित्यकार श्री ध्रुव सापकोटामाथि प्रकाश पार्नुभएको थियो ।
उक्त कार्यक्रममा अध्यक्ष थापाले सम्मानित स्रष्टाले ३० को दशकदेखि नै उपन्यास, कथा, कविताको माध्यमबाट नेपाली भाषा, साहित्यको उल्लेखनीय सेवा गर्नु भएको सम्बन्धमा प्रकास पार्नुभयो ।
कार्यक्रममा विशिष्ट अतिथि साहित्यकार तथा गीतकार रामप्रसाद दाहालले उपन्यासकार लीलाध्वज थापा बारे चर्चा गर्दै उहाँको उपन्यास आफूले पढाएको उल्लेख गर्नु भयो ।
कार्यक्रममा त्रिविवि ईतिहास विभागका प्रमुख प्राडा विष्णुप्रसाद सापकोटाले लीलाध्वज थापा माथि प्रकाश पार्नु भयो सह प्राध्यापक माधव घिमिरेले लीलाध्वज थापाको घर आफ्नो घर नजिकै भएको भन्दै पहिले सानोमा किताब ओसारेर घर माथि पुराएको र पछि सोही किताब आफैले कलेजमा पढाएको सम्झना गर्नु भयो ।
प्रा डा गोविन्द मान सिंह कार्कीले कार्यक्रम ज्यादै राम्रो भएको उल्लेख गर्दै कविता वाचन गर्नु भयो । कवि कृष्ण बाउसेले लीलाध्वज थापाबाट आफूले प्रेरणा पाएको उल्लेख गर्दै कविता वाचन गर्नु भयो ।
अन्य कविहरू मुकुन्द न्यौपाने, उत्तम विचार , कुमार नेपाल, धरणीधर गुरागाईं, उमेश पाण्डे, विजयध्वज थापा, प्राडा रामप्रसाद दाहाल, प्राडा गोविन्द मान सिंह कार्की, द्वारिका ढुंगाना, गंगा खड्का, जयराम बिडारी, रुबि सत्याल, डा भेषराज ढकाल, अनिता ढकाल, सुशान्त के.सी., मधुसुदन प्रसाद घिमिरे, कृष्ण बाउसे, मानन्धर अभागी, प्राडा विष्णु प्रसाद सापकोटा, तारा के.सी., जीत कार्की, यमबहादुर जोती, कात्यायन, निर्मल रमण पराजुली, राजेन्द्र खनाल, रेणुका भटराईले आ-आफ्नो रचना वाचन गर्नु भएको थियो ।
विजया दशमी २०८१ को उपलक्षमा विशेष कार्यक्रम भएको उल्लेख गर्दै वाचन गरिएका रचनाहरूको उच्च मूल्याङ्कन गरेर स्रष्टाहरूलाई कदर पत्र प्रदान गरेर सम्मान गरिएको थियो ।
सो कार्यक्रम स्रष्टा उत्तम विचारले सहजकर्ताको भूमिका निर्वाह गर्नुभएको थियो । अन्त्यमा अध्यक्ष थापाले अग्रज स्रष्टाको सम्मान गर्ने अवसर पाउँदा आफू र संस्थासमेत सम्मानित भएको धारणा व्यक्त गर्दै हालसम्म अठहत्तर अग्रज तथा विशिष्ट स्रष्टालाई स्रष्टा सम्मानले, सात जनालाई साहित्य सम्मानले तथा ४०० भन्दा बढीलाई कदर-पत्रले सम्मानित गर्न पाउँदाको खुशी व्यक्त गर्नुकासाथै उपस्थित सम्पूर्ण स्रष्टा प्रति हार्दिक आभार व्यक्त गर्नुभयो ।
उक्त कार्यक्रम चिल्ड्रेन मोडल स्कुल बालुवाटारमा भएको थियो । कार्यक्रमको शुरुमा राष्ट्रिय गान बजाएर कार्यक्रम शुरु भयो । उक्त प्रतिष्ठान यसस्वी कवि तथा उपन्यासकार लीलाध्वज थापाको नाममा पारिवारिक आर्थिक स्रोतबाट सञ्चालन भएको अध्यक्ष थापाले जानकारी दिनु भएकाे छ ।
०००
Subscribe
Login
0 Comments
Oldest










































