सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

स्रष्टा गोपाल पराजुली हामी बीच रहनु भएन

पराजुलीका बाल कविता संग्रह, कथासंग्रह उपन्यास, निबन्ध रचना गर्नुभएको छ । तीनसय भन्दा बढी साहित्यकारका जीवनी एक दर्जन जति विभिन्न खण्डमा प्रकाशित छन् ।

Nepal Telecom ad

काठमाडाैं, २०८१ कार्तिक २१ । नेपाली बाल साहित्यका वरिष्ठतम् स्रष्टा गोपाल पराजुलीको देहान्त भएकाे छ ।

काभ्रेको भमरकोटबाट उच्च शिक्षाका निम्ति २०१८ मा काठमाडौ प्रवेश गर्नुभएका पराजुलीले यहीं आफ्नो कर्मस्थल बनाउनु भयो ।

उहाँले निजामती सेवामा रहेर पनि साहित्य, विशेषगरी बालसाहित्य क्षेत्रमा अतुलनीय योगदान पुर्याउनु भएको छ ।

पराजुलीका बाल कविता संग्रह, कथासंग्रह उपन्यास, निबन्ध रचना गर्नुभएको छ । तीनसय भन्दा बढी साहित्यकारका जीवनी एक दर्जन जति विभिन्न खण्डमा प्रकाशित छन् ।

दर्जनौं सम्मान, पुरस्कारहरू बाट विभूषित पराजुली अति सरल, नम्र र सादगी का पर्याय हुनुहुन्थ्यो ।

डा. तुलसी भट्टराइले पराजुलीको परिवारमा आइपरेको यस दुखद क्षणमा समवेदना व्यक्त गर्दै पराजुलीप्रति हार्दिक श्रद्धाञ्जलि अर्पण गर्नुभएकाे छ ।

०००

Fitkauli Publication Books comming soon
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x