साइबर अपराध सम्बन्धी सचेतना सामग्री

विकल स्मृति दिवसमा स्रष्टा, शोधकर्ता र समाजसेवी पुरस्कृत

अध्यक्ष रोचक घिमिरेको सभापतित्व तथा प्रतिनिधिसभा अर्थ समितिका सभापति सन्तोष चालिसेको प्रमुख आतिथ्य, गोकर्णेश्वर नगरपालिकाका प्रमुख दीपक रिसाल, तथा संविधानसभाका पूर्व सदस्य एवं वाग्मती प्रदेशका पूर्व मन्त्री रामेश्वर फुयालको विशिष्ट आतिथ्यमा समारोह सम्पन्न भएको थियो ।

Nepal Telecom ad

काठमाडौं २०८१ पुस ६ । आख्यानकार रमेश विकलको स्मृति दिवसका अवसरमा साहित्यकार, कलाकार, शोधकर्ता तथा समाजसेवी लगायतलाई पुरस्कार अर्पण गरिएको छ ।

रमेश विकल साहित्य प्रतिष्ठान, आरुबारीको आयोजना तथा गोकर्णेश्वर नगरपालिकाको सहआयोजनामा शनिवार आरुबारीमा सम्पन्न कार्यक्रममा भाषा, साहित्य, कला तथा समाजसेवाका क्षेत्रमा सक्रिय व्यक्तित्वहरुलाई पुरस्कृत गरिएको हो ।

प्रतिष्ठानका अध्यक्ष रोचक घिमिरेको सभापतित्व तथा प्रतिनिधिसभा अर्थ समितिका सभापति सन्तोष चालिसेको प्रमुख आतिथ्य, गोकर्णेश्वर नगरपालिकाका प्रमुख दीपक रिसाल, तथा संविधानसभाका पूर्व सदस्य एवं वाग्मती प्रदेशका पूर्व मन्त्री रामेश्वर फुयालको विशिष्ट आतिथ्यमा समारोह सम्पन्न भएको थियो ।

कार्यक्रममा गोकर्णेश्वर नगरपालिकाका उपप्रमुख सान्नानी लामाको विशेष अतिथ्यता रहेको थियो भने गोकर्णेश्वर नगरपालिका वडा नं. ८ का अध्यक्ष नन्दलाल श्रेष्ठ, ९ का अध्यक्ष राजिव थापा, रमेश विकल साहित्य प्रतिष्ठानका उपाध्यक्ष केके कर्माचार्य लगायत विशिष्ठ व्यक्तित्वहरुको आतिथ्यता रहेको थियो ।

रमेश विकल साहित्य प्रतिष्ठानका महासचिव विजय चालिसेको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा दीप प्रज्वलन, स्व. रमेश विकलको तस्वीर र सरस्वतिको प्रतिमामा माल्यर्पण गरेर सुरुवात गरिएको थियो ।

समारोहमा नृत्यशास्त्री भैरवबहादुर थापालाई रमेश विकल वाङ्मय पुरस्कार, मासिक एकसय अभियानलाई रमेश विकल–सुशीला समाजसेवा पुरस्कार, साहित्यकार युवराज मैनालीलाई रमेश विकल सिर्जना पुरस्कार, अमरकुमार प्रधानलाई रमेश विकल बालसाहित्य पुरस्कार प्रदान गरिएको थियो ।

यसै गरी रमेश विकल–सुशीला संघर्षशील नारी पुरस्कार चिनीमाया माझीलाई प्रदान गरियो भने रमेश विकल कला–संगीत पुरस्कार रामकृष्ण दुवाल तथा दर्शनाचार्य शोधसम्मान कमला रेग्मीलाई प्रदान गरिएको छ । पुरस्कृत व्यक्तित्वहरुलाई सभापति, प्रमुख अतिथि तथा विशिष्ठ अतिथिहरुले दोसल्ला, प्रमाणपत्र तथा नगद पुरस्कार प्रदान गर्नुभएको थियो ।

समारोहमा स्व. विकलको बहुचर्चित कृति ‘अविरल बग्दछ इन्द्रावती’ उपन्याससहित संयुक्त विद्यावारिधि शोध ग्रन्थका लागि डा. बिदुला घिमिरेलाई प्रोत्साहन पुरस्कार प्रदान गरिएको थियो भने बालसाहित्यको क्षेत्रमा उल्लेखनीय काम गरेवापत ‘सुनौलो पाइला नेपाललाई सम्मान गरिएको थियो । त्यस्तै बिन्द्यवासिनी मा वि, मन्डनकी दीलाशा तमाङलाई छात्रवृत्ति पनि प्रदान गरिएको थियो ।

समारोहमा वक्ताहरुले नेपाली साहित्य, कला, संगीत, शिक्षा र समाजसेवाको क्षेत्रमा रमेश विकलले दिनुभएको योगदानको स्मरण गरेका थिए भने पुरस्कृत स्रष्टाहरुले विकलको नाममा स्थापित पुरस्कारबाट सम्मानित हुन पाउँदा साहित्य–कलाको क्षेत्रमा अरु जिम्मेवारी थपिएको टिप्पणी गर्नुभएको थियो ।

०००
– आलाेक चालिसेकाे साैजन्यमा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x