साइबर अपराध सम्बन्धी सचेतना सामग्री

अनुपम सिर्जना प्रतिष्ठानकाे १४३ औँ मासिक श्रृङ्खला

अध्यक्ष भुवनहरि सिग्देलको अध्यक्षता तथा प्रमुख आमन्त्रित दुर्गाप्रसाद सिग्देल विशिष्ट अतिथि डा. बमबहादुर थापा जिताली, गणेश आत्रेय, हरि खनाल, गोविन्दप्रसाद घिमिरे वेदमणि समीक्षक पुरुषोत्तम सिग्देलकाे उपस्थिति रहेकाे थियाे ।

Nepal Telecom ad

काठमाडाैं, २०८१ पुस २० । अनुपम सिर्जना प्रतिष्ठान नेपाल कलङ्कीको १४३ औँ मासिक प्रविधिमैत्री स्वतन्त्र तथा कवि शिरोमणि लेखनाथको १४१ औँ जयन्ती विशेष कविगोष्ठी सम्पन्न भयाे ।

संस्थाका अध्यक्ष भुवनहरि सिग्देलको अध्यक्षता तथा प्रमुख आमन्त्रित दुर्गाप्रसाद सिग्देल विशिष्ट अतिथि डा. बमबहादुर थापा जिताली, गणेश आत्रेय, हरि खनाल, गोविन्दप्रसाद घिमिरे वेदमणि समीक्षक पुरुषोत्तम सिग्देल, द्वारिका कुइकेल ज्यूको गरिमामय उपस्थितिमा भव्यरूपमा सम्पन्न भएकाे हाे ।

उपत्याकाको पश्चिम भेकमा रहेको साहित्यिक संस्थाको कविगोष्ठीमा कविता, मुक्तक, सुसेली, खोरिया, स्वच्छन्द, छन्द रोचक ढङ्गबाट कविहरूले वाचन गरे । सिर्जना देश भक्ति भावले भरिएका जनचेतना मूलक तथा सामाजिक विकृति बिरुद्ध प्रहार गरिएका तथा लेखनाथमा समर्पित रचना वाचन गरेका थिए ।

यस अवसरमा रचना वाचन गर्ने कविहरू दुर्गाप्रसाद सिग्देल- मदिरा, भुवनहरि सिग्देल-स्वागता, डा. बमबहादुर थापा जिताली-अनुष्टुप्, पुरुषोत्तम सिग्देल-अभिनवतामरसा, गणेश आत्रेय-चित्रलेखा र द्रुतविलम्बित, गोविन्दप्रसाद घिमिरे वेदमणिअनुष्टुप्, हरि खनाल-लोकमती, गङ्गा लिगल-स्वच्छन्द, जनार्दन अधिकारी धडकन- खोरिया, लक्ष्मीप्रसाद मिश्र- सुसेली, द्वारिका कुइँकेल-सवाई, सुशीलकुमार रिजाल-मदिरा, जगदीश्वर पोखरेल-मदिरा, गङ्गा भण्डारी-मदिरा, उत्तम भेटुवाल-मदिरा, शारदा कार्की-पञ्चचामर, वीरबहादुर लोहनी-सवाई, सुधा बाँस्कोटा ढकाल-मदिरा, बिनुबाबा घिमिरे-मदिरा, पूर्णप्रसाद पन्त-समानिका, दुर्गा रिमाल अधिकारी- र सूर्यकुमार पण्डित-शिखरिणी छन्द हुनु हुन्थ्यो ।

प्रमुख आमन्त्रित दुर्गाप्रसाद सिग्देलले अनुपम सिर्जना प्रतिष्ठानले भाषा साहित्यको सेवा गर्दै आएको छ । सर्जकहरूलाई रचना वाचन गर्ने अवसर प्रदान गरेको छ । छन्दको संरक्षण गरेको छ भन्नु हुँदै कवि शिरोमणिले नेपाली भाषा साहित्यमा गर्नुभएको योगदानको चर्चा गर्नु भयो । समसमयिक अत्यन्त मिठा सिर्जना श्रवण गर्न पाउँदा सर्जक मुग्ध भए भन्नु भयो । अभ्यास जति गर्न सक्यो उति सिर्जना माझिदै जान्छन् भन्नु भयो । प्रविधिमैत्री कविगोष्ठी निरन्तर गरिरहेको छ भन्नु भयो ।

उपाध्यक्ष जगदीश्वर पोखरेलले संस्थाको गतिविधिको वारेमा मन्तव्य राख्नु भयो र स्वागत गर्नु भयो । सहभागी सम्पूर्ण सर्जकले लेखनाथका रचना वाचन गर्नु भएको थियो । आज वाचन गरिएका कविता कवि शिरोमणिमा समर्पण गरियो ।

सभाध्यक्ष भुवनहरि सिग्देलज्यूले छन्द अभ्यास गर्ने कविले लय र तालमा रचना गर्न सिक्नुपर्दछ । कविता टेडो हुनु पर्दछ । कविता पढेर पाठक झस्किनुपर्दछ भन्नुभयो । छन्द सवा दुईकरोड छन् । आज वाचित कविता गुणस्तरका थिए । कविगोष्ठी गरिमामय भयो । सभ्य,भव्य र नव्य भयो । कवितामा बिम्ब प्रतीकका साथै ध्वनि हुनु पर्छ भन्नु भयो । नेपाली भाषा बिगार्न कसैले हुँदैन भन्नु भयो । गोष्ठी सफल बनाइ दिनु भएकोमा सबै सर्जकलाई धन्यवाद दिनु हुँदै गोष्ठी समापन गर्नु भएको थियो ।

माहासचिव सुधा बाँस्कोटा ढकालले कुशलतापूर्वक गोष्ठीको संयोजन गर्नु भएको थियो ।

०००
– जगदीश्वर पाेखरेलकाे साैजन्यमा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x