फित्काैली डटकमस्रष्टा पवन आलोकलाई लीलाध्वज थापा स्रष्टा सम्मान
नेपाली भाषा साहित्यमा उल्लेखनीय योगदान पुर्याए वापत लीलाध्वज थापा स्रष्टा सम्मानले सम्मान तथा पुरस्कार प्रदान गर्ने निर्णय गरिएको हो ।

काठमाडाैं, २०८१ पुस २६ । वि.सं. २०१४ सालमा मदन पुरस्कार विजेता प्रसिद्ध उपन्यासकार तथा कवि लीलाध्वज थापाको स्मृतिमा स्थापना भएको लीलाध्वज थापा साहित्य प्रतिष्ठानले नेपाल स्रष्टा समाजका संरक्षक साहित्यकार पवन आलोकलाई लीलाध्वज थापा स्रष्टा सम्मान प्रदान गर्ने भएकाे छ ।
नेपाली भाषा साहित्यमा उल्लेखनीय योगदान पुर्याए वापत लीलाध्वज थापा स्रष्टा सम्मानले सम्मान तथा पुरस्कार प्रदान गर्ने निर्णय गरिएको हो ।
उहाँलाई दोसल्ला ओढाएर सम्मान पत्रकासाथै नगद रु. १० दश हजार प्रदान गरिने प्रतिष्ठानका अध्यक्ष विजयध्वज थापाले जानकारी दिनुभयो ।
हाल सम्म ७८ जना स्रष्टालाई मासिक रूपमा कार्यक्रम गरी सम्मान गर्दै आएकोमा गत वर्ष देखि रु १० दश हजार समेत त्रैमासिक रूपमा सम्मान तथा पुरस्कार प्रदान गर्दै आएको छ । उक्त कार्यक्रममा विभिन्न स्रष्टाहरूबाट रचना वाचन हुनेछ ।
प्रतिष्ठानले नगद रु. २५ पच्चीस हजार राशिकाे समेत अग्रज साहित्यकारलाई वार्षिक साहित्य सम्मान तथा पुरस्कार प्रदान गर्दै आएकोमा हालसम्म वाङमय शताब्दि पुरुष सत्यमोहन जोशी लगायत सात जना साहित्यकारलाई सम्मान पुरस्कार प्रदान गरिएको छ ।
उक्त सम्मान, पुरस्कार प्रदान तथा रचना वाचन कार्यक्रम यही २०८१ पौष २७ गते शनिबार अपरान्ह १२.३० बजे बाल नमुना विद्यालय बालुवाटारमा हुनेछ ।
०००
Subscribe
Login
0 Comments
Oldest






































