साइबर अपराध सम्बन्धी सचेतना सामग्री

तारेभिरमा कविता महोत्सव

अभिनव साहित्य समाजका अध्यक्ष गोविन्द घिमिरे वेदमणिको सभापतित्व र प्रा. डा. शैलेन्दुप्रकाश नेपालको प्रमुख आतिथ्यमा भएको यस कार्यक्रममा बागमती प्रदेशका पूर्व मन्त्री तथा माननीय सांसद रामेश्वर फुँयालकाे उपस्थिति रहेकाे थियाे ।

Nepal Telecom ad

काठमाडौँ २०८१ पुस २६ । ११ औँ तारेभिर पर्यटन महोत्सवको अवसरमा पर्यटन महोत्सव मूल व्यवस्थापन समारोह समितिको आयोजना र अभिनव साहित्य समाजको सहसंयोजनमा तारेभिर कविता महोत्सव सम्पन्न भएको छ ।

अभिनव साहित्य समाजका अध्यक्ष गोविन्द घिमिरे वेदमणिको सभापतित्व र प्रा. डा. शैलेन्दुप्रकाश नेपालको प्रमुख आतिथ्यमा भएको यस कार्यक्रममा बागमती प्रदेशका पूर्व मन्त्री तथा माननीय सांसद रामेश्वर फुँयाल, ११ औँ तारेभिर पर्यटन महोत्सव मूल व्यवस्थापन समितिका संयोजक तथा गो.न.पा. वडा नं. ३ का वडासदस्य सचिन लामा र नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान, मूर्तिकला विभाग प्रमुख दिनेश्वर महतोको विशेष आतिथ्यता रहेको थियो ।

डा. कृष्ण सुवेदी ‘भारद्वाज मित्र’, पिस एन्जल्स स्कुलका प्राचार्य एवम् अधिवक्ता राजेश कुमार विष्ट, तारेभिर सहरी स्वास्थ्यकेन्द्रका प्रमुख अनिता खनाल, ११ औँ तारेभिर पर्यटन महोत्सव मूल व्यवस्थापन समितिका सचिव जब्बरसिंह तामाङ, सदस्य सुवास तामाङ, जीवन तामाङ, पुनम तामाङ, समाजसेवी नवीनराज विष्ट र तारेभिर महिला समूहकी अध्यक्ष सुनिता राना मगर अतिथिमा रहनुभएको थियो ।

दिउँसो १ बजे सुरु भएको यो कार्यक्रमको सञ्चालन अभिनव साहित्य समाजका सचिव परशुराम पराशरले गर्नुभएको थियो भने आगन्तुकहरूलाई स्वागत समितिका संयोजक सचिन लामाले गर्नुभएको थियो । कार्यक्रमको अन्त्यमा माननीय रामेश्वर फँुयालले हरेक वर्ष माघे सङ्क्रान्तिको अवसर पारेर गरिने तारेभिर पर्यटन महोत्सवको बारेमा बताउँदै यो कार्यले तारेभिरलाई धेरै चिनाएको कुरा व्यक्त गर्नुभयो । उहाँले तारेभिर पर्यटन महोत्सवले गर्ने कार्यक्रमको तालिकामा सरसफाइको कार्यक्रम, विभिन्न खेलकुद प्रतियोगिता, व्यापारिक स्टल सहितको पर्यटन महोत्सव क्रमशः पुस २८,२९ र माघ १ गते हुने कुरा बताउनु भयो । प्रमुख अतिथि प्रा. डा. शैलेन्दुप्रकाश नेपालले यस्तो महत्वपूर्ण कार्यक्रम हुने ठाउँमा प्रमुख अतिथि हुन पाउनु खुुसीको कुरा भएको बताउँदै अब्बल कविता वाचन भएकोमा खुसी लागेको छ भन्नुभयो ।

महोत्सवमा जोरपाटीबाट जाने कविहरू र स्थानीय कविहरूका कविता वाचन भएका थिए । जसमा माननीय रामेश्वर फँुयाल, प्रा.डा.शैलेन्दुप्रकाश नेपाल, गोविन्द घिमिरे वेदमणि, परशुराम पराशर, कृतार्थ खनाल, राजेशकुमार विष्ट, आश्रीता खनाल, सुशील आचार्य, घमा भट्टराई, विजया वस्नेत, गङ्गाप्रसाद भेटवाल, मेनका पोखरेल आचार्य, कविराज घिमिरे, विष्णुकुमारी खनाल, विमल अर्याल, शारदा पराजुली, सुरेशचन्द्र घिमिरे, जानुका भट्टराई, दिनेश्वर महतो, सुनन्दा पौडेल, सरिता घिमिरे, कृष्णप्रसाद पौडेल जस्ताघरे, वसन्त रिजाल, राधा घिमिरे, वासुदेव पौडेल, निर्मला भट्टराई, सीताराम पोखरेल, सुमित रञ्जित, यशोदा कार्की, डा. कृष्ण सुवेदी, सुनिता राना मगर, जीवन तामाङ, अशोक पुरी र रचना कर्माचार्यले आआफ्ना कविता वाचन गर्नुभएको थियो । जसमध्ये २० जना कविहरूले तारेभिर शीर्षकमा नै कविता वाचन गर्नुभएको थियो ।

कार्यक्रममा कविता वाचन गर्ने कविहरूलाई मायाको चिनो डायरी र कलम उपहार दिइएको थियो । कविता महोत्सव कार्यक्रममा दिउँसो ११ः१५ बजे जोरपाटीबाट पिस एन्जल्स स्कुलको बसमा अभिनव साहित्य समाजको निमन्त्रणामा ३२ जना कविहरू तारेभिर जानुभएको थियो । कार्यक्रममा स्थानीय व्यक्तिहरू र तारेभिर महिला समूहका महिलाहरूको उपस्थिति रहेको थियो । कार्यक्रम गोकर्णेश्वर नगरपालिका वडा नं. ३ तारेभिरको तारेभिर सहरी स्वास्थ्यकेन्द्रको प्राङ्गणमा भएको थियो ।

०००
परशुराम पराशरद्वार संप्रेषित

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x