फित्काैली डटकमधीरकुमार श्रेष्ठका एकैपटक दुईवटा कृति विमोचित
कार्यक्रममा विमोचित कृति बारे प्रा. डा.कोइराला, प्रा.डा.नेपाल, प्रा.डा.ज्ञवाली र प्राध्यापक अनुपमा रेग्मीले विस्तृत चर्चा गर्नुभएको थियो ।

काठमाडौं, २०८१ माघ १ । कवि, कथाकार, समालोचक तथा शब्दाङ्कुर साहित्यिक मासिक पत्रिकाका सम्पादक एवम् प्रकाशक धीरकुमार श्रेष्ठका दुईवटा समालोचना कृति “आख्यानको आँखीझ्याल” र “अध्ययन विश्लेषण” को कार्यक्रमका प्रमुख अतिथि प्रा.डा. दयाराम श्रेष्ठ, सभाध्यक्ष ऐरावती प्रकाशन प्रा.लि.का अध्यक्ष रामदेव पाण्डे, प्रा.डा.कुमारप्रसाद कोइराला, प्रा.डा.रामप्रसाद ज्ञवाली, प्रा.देवी नेपाल र प्राध्यापक अनुपमा रेग्मीले संयुक्तरूपमा विमोचन गर्नुभयो ।
उक्त कार्यक्रममा विमोचित कृति बारे प्रा. डा.कोइराला, प्रा.डा.नेपाल, प्रा.डा.ज्ञवाली र प्राध्यापक अनुपमा रेग्मीले विस्तृत चर्चा गर्नुभएको थियो ।
त्यसै गरि विमोचित कृतिका बारेमा कार्यक्रमका प्रमुख अतिथि प्रा.डा. दयाराम श्रेष्ठले र कार्यक्रमका सभापति रामदेव पाण्डेले कृतिका बारेमा मन्तब्य व्यक्त गर्नुभएको थियो ।
कार्यक्रमको प्रारम्भमा ऐरावती प्रकाशन प्रा.लि.का प्रबन्ध निर्देशक आनन्द तिवारीले कार्यक्रममा उपस्थित सबैलाई स्वागत गर्नुभएको थियो भने कृतिकार धीरकुमार श्रेष्ठले सबैलाई धन्यवाद ज्ञापन गर्नुभएको थियो ।
कार्यक्रमलाई कवि देवु लुइँटेलले सञ्चालन गर्नुभएको उक्त कार्यक्रममा लेखक तथा साहित्यकारहरू प्राज्ञ जीवेन्द्रदेव गिरी, शैलेन्द्र साकार, प्रमोद प्रधान, जयदेव भट्टराई, विश्वराज अधिकारी, विमल भौकाजी, दिव्य गिरी, कुन्दनकुमार पन्त, ध्रुबराज थापा, चन्द्रबहादुर लामा, रत्न प्रजापति समेतगरी झन्डै १२५ जनाको उपस्थिति थियो ।
उक्त दुवै कृति काठमाडौंको डिल्लीबजारस्थित ऐरावती प्रकाशन प्रा.लि.ले प्रकाशन गरेको थियो ।
०००
– दिव्य गिरीकाे साैजन्यमा
Subscribe
Login
0 Comments
Oldest





































