साइबर अपराध सम्बन्धी सचेतना सामग्री

तँ अब मुढाे भइस्

सकिनसकी आकाश नियालिरहेछ छिट्टै एउटा सुदूर गन्तव्यको खोजीमा तैपनि तँसँग अब अर्को विकल्प छैन तँसँग अब अर्को उपाय छैन किनकि तँ अब मुढो भइस् तँ अब बुढो भइस् ।

Nepal Telecom ad

पिँडालु पण्डित :

यतिखेर
विपनामै तँ काँपिरहिछस्
सपनामै तँ काँपिरहिछस्
बस्दा, उठ्दा, सुत्दा
हरपल काँपिरहनु
तेरो नियति बनेको छ
पल पलमा त्रास छ तँलाई
पल पलमा आस छ तँलाई
कतै सास छँदैमा
मेरो कर्तुत नखुलोस् भनेर
मेरो भेल नफुलोस् भनेर
रातपछिको दिन
र, दिनपछिको रात
सबै बोझ छ तँलाई
किनकि
सास छ शक्ति छैन
आँट छ ओज छैन
छ केवल
विगतका कर्तुतले थिल्थिल्याएको
अपराधबोधले घच्घच्याएको
बाहिरियाको त कुरै छाडौं
घरपरिवारका सदस्यले पनि
बोझ मानिरहेको
एउटा अस्थिपञ्जर शरीर बलहीन भएर
सकिनसकी
आकाश नियालिरहेछ छिट्टै एउटा
सुदूर गन्तव्यको खोजीमा तैपनि तँसँग
अब अर्को विकल्प छैन तँसँग
अब अर्को उपाय छैन किनकि
तँ अब मुढो भइस्
तँ अब बुढो भइस् ।

०००
तँ अब बुढाे भइस् (२०८०)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
जुँगा निर्मूल अभियान

जुँगा निर्मूल अभियान

पिँडालु पण्डित
लाइन माने लाइन

लाइन माने लाइन

पिँडालु पण्डित
लाइन माने लाइन

लाइन माने लाइन

पिँडालु पण्डित
निरन्तरताको क्रमभङ्ग

निरन्तरताको क्रमभङ्ग

पिँडालु पण्डित
खासखुस

खासखुस

पिँडालु पण्डित
पुर्पुरो

पुर्पुरो

पिँडालु पण्डित
परमेश्वर हुन् बाबु र आमा

परमेश्वर हुन् बाबु र...

दीनानाथ पाेखरेल
बाबु र आमा

बाबु र आमा

घनश्याम रेग्मी
वृद्धका सकसकाे गर ख्याल

वृद्धका सकसकाे गर ख्याल

कमला पन्थी अधिकारी
0
Would love your thoughts, please comment.x
()
x