साइबर अपराध सम्बन्धी सचेतना सामग्री

डा.गोपीन्द्र पौडेलको ‘यात्राको धुन’ नियात्रा सङ्ग्रहमाथि परिचर्चा

कार्यक्रममा विशिष्ट अतिथिको रूपमा रहनुभएका वरिष्ठ साहित्यकार गणेश विषम, उत्तमकृष्ण मजगैयाँ, महाकाव्यकार बूनु लामिछाने, साहित्यकार नारायण नेपाललगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो।

Nepal Telecom ad

दाङ, २०८१ माघ १६ । वरिष्ठ साहित्यकार प्रा.डा.गोपीन्द्र पौडेलको ‘यात्राका धुन’ नियात्रा सङ्ग्रहमाथि घोराहीमा परिचर्चा गरिएको छ ।

राप्ती साहित्य परिषद् दाङका अध्यक्ष यम रेग्मीको अध्यक्षता एवं राप्ती साहित्य परिषद्का केन्द्रीय सल्लाहकार तथा निवर्तमान अध्यक्ष पुरुषोत्तम खनालको प्रमुख आतिथ्यमा तथा वरिष्ठ साहित्यकार गणेश विषम र उत्तमकृष्ण मजगैयाँको विशिष्ट आतिथ्यमा कार्यक्रम सम्पन्न भएको थियो।

नियात्रा सङ्ग्रह यथार्थपरक र कलाको दुवै पक्षले उत्कृष्ट रहेको समीक्षकहरूको भनाइ थियो भने लेखकले नियात्रा लेख्दाका आफ्ना अनुभूतिहरू सुनाउनुभएको थियो।

कार्यक्रममा विशिष्ट अतिथिको रूपमा रहनुभएका वरिष्ठ साहित्यकार गणेश विषम, उत्तमकृष्ण मजगैयाँ, महाकाव्यकार बूनु लामिछाने, साहित्यकार नारायण नेपाललगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो।

कार्यक्रममा लेखक सङ्घ दाङका अध्यक्ष खगराज न्यौपाने, दाङ साहित्य तथा सांस्कृतिक प्रतिष्ठानका अध्यक्ष डिल्लीराज श्रीधर, सर्वोदय पुस्तकालयका अध्यक्ष सुशील गौतम, प्रेस काउन्सिलका केन्द्रीय सदस्य शरद अधिकारी, प्रगतिशील लेखक संघ दाङ शाखाका सचिव पुरन शर्मा, राप्ती साहित्य परिषद् दाङ शाखाका सल्लाहकारहरू डा.लोकराज पराजुली, कमलमणि देवकोटा, दीपक शर्मा ‘समीर’ प्रगतिशील लेखक सङ्घ केन्द्रीय सदस्य रामप्रसाद जैसी, पत्रकार तथा महेन्द्र बहुमुखी क्याम्पसका उपप्राध्यापक सुदर्शन रिजाल, अध्ययन मञ्च दाङका संयोजक सूर्य विसी, रेडियो मध्यपश्चिम एफ.एम.का अध्यक्ष मधुसुधन वैद्य’ नयाँ युगबोध राष्ट्रिय दैनिकका गोविन्द खड्का, गोरक्ष राष्ट्रिय दैनिक खेमराज रिजाल, रेडियो मध्यपश्चिम सम्पादक छवि पुरी, पत्रकार प्रकाश चौधरी लगायत विभिन्न संघसंस्थाहरूको गरिमामय उपस्थिति रहेको थियो।

त्यसैगरी सो कार्यक्रममा वरिष्ठ साहित्यकार यज्ञबहादुर डाँगी, साहित्यकारहरू छवि किरण ओली, प्रमोद धिताल,शेषमणि रिजाल, गिरीप्रसाद पन्थी, गेहराज पौडेल, हरिप्रसाद पौडेल , लेखराज रेग्मी, रमेश पौडेल, महेशकुमार न्यौपाने, हरिप्रसाद पाण्डे, वीना रोका क्षेत्री, नमराज देवकोटा, धनसिंह गिरी, एक नारायण चापागाईं, तिलापन्थी, एकराज शर्मा अधिकारी, गिरिराज खनाल, कृष्णप्रसाद गौतम शरद गौतम, नारायणप्रसाद श्रेष्ठ, सर्जन गौतम, विजयराज पौडेल, नारायण पन्थी, हरि पौडेल, केशवराज रिजाल, थम्मन प्रसाद पन्थी, विष्णुप्रसाद गौतम, देवेन्द्र रिजाल, गोपाल भुसाल अभिलाषी, रिमा गौतमलगायत दर्जनौं साहित्यकारहरूको गरिमामय उपस्थिति रहेको थियो।

राप्ती साहित्य परिषद् दाङ शाखाका उपाध्यक्ष सुरेशकुमार पाण्डेले स्वागत मन्तव्यबाट शुभारम्भ भएको कार्यक्रम सञ्चालन कोषाध्यक्ष सुशीला आचार्य गर्नुभएको थियो भने धन्यवाद मन्तव्य दामोदर पौडेलले राख्नुभएको थियो।

०००
-सुरेशकुमार पाण्डेद्वारा संप्रेषित

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x