फित्काैली डटकमशिवरात्रीका अवसरमा कविगाेष्ठी
कवि गोष्ठीमा मञ्चका अध्यक्ष रामशरण न्यौपाने सभापति, साहित्यकार पदम दाहाल प्रमुख अतिथि तथा नेपाल सरकारका पूर्व सचिव मणिराम गेलाल अतिथि हुनुहुन्थ्याे ।

भक्तपुर, २०८१ फाल्गुन १४ । भक्तपुर सुसेली मञ्चले शिवरात्रिको अवसर पारेर मञ्चका सचिव डिल्लीप्रसाद मूलतिहुनको निवास चाँगुनारायण न पा ३ गेलाल गाउँ बगैंचा नेपालमा कवि गोष्ठी, पण्डित माधव कुइँकेलद्वारा शिव महात्मे कथा प्रवचन तथा भजन गायक बिनोद दाहालको समूहद्वारा लोकभजन प्रस्तुति समेत गरी तीन चरणमा भब्य कार्यक्रमको आयोजना गर्यो ।
प्रथम चरणको कवि गोष्ठीमा मञ्चका अध्यक्ष रामशरण न्यौपाने सभापति, साहित्यकार पदम दाहाल प्रमुख अतिथि तथा नेपाल सरकारका पूर्व सचिव मणिराम गेलाल, पूर्व जिल्ला समन्वय समिति भक्तपुरका सभापति नवराज गेलाल, बयोवृद्व सूर्यकान्त गेलालको आतिथ्य रह्यो ।
रचना वाचनमा बालिका सायरा खतिवडा, सारिका धिमाल, कविहरू टीकाराम गेलाल, ओजस्वी न्यौपाने,समीर गेलाल, विश्वनाथ ढुङ्गेल, सालिकराम दाहाल, कमला गेलाल, हरिप्रसाद दाहाल र पर्शुराम दाहालले आफ्ना सिर्जना वाचन गर्नुभएको थियो ।
दोस्रो चरणमा पण्डित माधव कुइँकेलले शिव महात्मे कथा प्रवचन गर्नुभएको थियो भने तेस्रो चरणमा बिनोद दाहाल, मोहन खड्का, शिवशरण खड्का र साथीहरूको समूहले प्रस्तुत गरेको भजनमा ठूलो सङ्ख्यामा उपस्थित स्थानीयले उत्साह पूर्वक साथ दिनुभएको थियो ।
कार्यक्रमका निमित्त विश्वनाथ ढुङ्गेल, मणिराम गेलाल, रामशरण न्यौपाने, कृष्णहरि गेलाल, ॠषिराम गेलाल, नवराज गेलाल, टीकाराम गेलाल, ॠषिराम गेलाल कान्छादाइ, जयराम दाहाल, डिल्लीप्रसाद मूलतिहुन, जनक गेलाल, सुमन गेलाल, मधु गेलाल, शारदा दाहाल लगायतबाट नगद १०८७५ सहयोग भएको थियो भने कार्यक्रमको सम्पूर्ण खर्च ८६१० बाट २२६५ बचत रकम मञ्चको कोषमा जम्मा गरियो ।
०००
डिल्लीप्रसाद मूलतिहुनकाे साैजन्यमा
Subscribe
Login
0 Comments
Oldest






































