फित्काैली डटकमप्रलेसको छैठाैँ अधिवेसनमा आठ स्रष्टा सम्मानित
कार्यक्रममाप्रमुख अतिथि शर्मा र विशिष्ट अतिथि लेकालीले सम्मानित हुनु हुनेहरुलाई दोसल्ला ओढाएर सम्मानपत्र सहित सम्मानित गर्नु भएको थियो ।

उदयपुर, २०८१ फागुन १५ । प्रगतिशील लेखक संघ नेपाल उदयपुर जिल्ला शाखाले बुधबार छैठौ जिल्ला अधिवेसनका अवसरमा प्रलेस उदयपुरको स्थापनामा भूमिका निर्वाह गर्नु हुने र नेपाली भाषा साहित्यमा लेखनका माध्यमबाट योगदान गर्नु हुनेसमेत ८ जनालाई सम्मान गरेको छ ।
प्रमुख अतिथि प्रलेस केन्द्रीय उपाध्यक्ष नमुना शर्मा र प्रलेस कोशी प्रदेश अध्यक्ष तिला लेकालीको विशिष्ट आतिथ्यमा भएको सो कार्यक्रममाप्रमुख अतिथि शर्मा र विशिष्ट अतिथि लेकालीले सम्मानित हुनु हुनेहरुलाई दोसल्ला ओढाएर सम्मानपत्र सहित सम्मानित गर्नु भएको थियो ।
स्रष्टा तथा अग्रजहरुलाई सम्मान गर्दै प्रमुख अतिथि शर्माले प्रलेसम सबै पक्षका लेखकहरको मात्र नभएर गीत, संगीत, गायन, बाद्यवादन, कला, नृत्य, मञ्चन लगायतका धेरै क्षेत्र समेटिएकोले सो क्षेत्रमा लागेकाहरु यस संस्थामा सहभागी हुन सक्ने बताउनु भयो ।
प्रलेस उदयपुरका अध्यक्ष माधव पोखरेल गोज्याङ्ग्रेको अध्यक्षतामा भएको सो अधिवेसनमा २०५१ सालमा प्रलेस उदयपुर स्थापनाकालागि अहम भूमिका निर्वाह गरेका कारण अधिवक्ता बैकुण्ठनाथ दाहाल, संविधानसभा सदस्य मोहन खत्री, साहित्यकार पुण्य कार्की, उपन्यासकार भीम घाँसे, महाकाव्यकार उद्धव घिमिरे, पत्रकार लिलाप्रसाद निरौला, साहित्यकार ईश्वरी प्रसाद काफ्ले, र उदयपुरकी सशक्तनारी हस्ताक्षर तथा पद्य र गद्य साहित्यकी अब्बल साहित्यकार सिर्जना सरोवरलाई उहाँहरुलेप्रलेस स्थापनाकालागि र नेपाली भाषा साहित्यमा पुर्याउनु भएको योगदानको कदर गर्दै सम्मान गरिएको कार्यक्रममा प्रलेस उदयपुरका निवर्तमान अध्यक्ष माधव पोखरेलले बताए ।
सो अधिवेसनले श्यामप्रसाद ढुंगानाको अध्यक्षतामा पछि दुई सदस्य थप गर्ने गरी हाललाई ११ सदस्यीय कार्यसमिति गठन गरिएको छ । सर्वसम्मत नेतृत्व चयन भएको सो अधिवेसनले नारायण थापा उपाध्यक्ष, फडिन्द्र बिश्वकर्मा सचिव, भिम घाँसे सह सचिव, सीमाकुमारी मास्के कोषाध्यक्ष चयन भएका छन् ।
यसैगरी सदस्यहरुमा युवराज थापा, यादव पोखरेल, गिरीलाल परियार, खिला घिमिरे, टंक आले, अंकुल थापा रहेका छन् ।
गैर साहित्यिक व्यक्तित्वको नेतृत्वमा प्रलेस गठन भएकोमा जिल्लाका साहित्यकार तथा साहित्यिक शुभचिन्तकहरुले प्रगतिशील लेखनको मर्म र महत्व नबुझ्ने र लेख्नै नजान्ने, मार्क्सवादी चिन्तन तथा शौन्दर्य शास्त्र, द्वन्द्वात्मक भौतिकवादका बारेमा ज्ञान नभएको नेतृत्वले प्रलेसको नीति, सिद्धान्त अनुसार काम गर्न नसक्ने बताइएको छ ।
क्याम्पसमा र माध्यमिक तहमा पढाउने शिक्षकहरुलाई तल्लोस्तरमा राखेर मर्यादाक्रमलाई नहेरी, ३३ प्रतिशत महिलाको उपस्थिति र समावेशीकरण नगरी वर्तमान परिवेस, डिजिटल युगको अपमान गर्दै राजनीतिक व्यक्तिहरुको दवावमा यो कार्यसमिति गठन भएकोले कार्यसमितिका सदस्यहरु नै असन्तुष्ट रहेको बताइएको छ ।
०००
– माधव पोखरेलकाे साैजन्यमा
Subscribe
Login
0 Comments
Oldest






































