साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बुढ्यौली साहित्य समाजद्वारा एकै दिनमा दुईओटा कार्यक्रम

बुढ्यौली साहित्य समाज सिराहाको आयोजनामा बन्दीपुरमा एकै दिन दुई समयमा दुइटा कार्यक्रमहरू सम्पन्न भएका छन् ।

Nepal Telecom ad

सिराहा, २०८१ फागुन १४ । बुढ्यौली साहित्य समाज सिराहाको आयोजनामा बन्दीपुरमा एकै दिन दुई समयमा दुइटा कार्यक्रमहरू सम्पन्न भएका छन् ।

बिहान विद्यालय तहका विद्यार्थीहरूका लागि यात्रा संस्मरणलेखन कार्यशाला भएको थियो भने दिउँसो रचना वाचन कार्यक्रम भएको थियो । यात्रा संस्मरणकाे सहजीकरण यात्रा संस्मरणकार रमेशमोहन अधिकारीले गर्नुभएको थियो ।

दिउँसोको कार्यक्रम बुसास सिराहाका अध्यक्ष गणेशकुमार अधिकारीको अध्यक्षतामा भएको थियो भने प्रमुख आतिथ्य कर्जन्हा नगरप्रमुख भोला पोखरेलको रहेको थियो ।

यात्रा संस्मरणतर्फ उत्कृष्ट स्थान सगुन काफ्लेले प्राप्त गरेकी थिइन् भने कवितातर्फ प्रेषिका खतिवडा, सगुन काफ्ले तथा मानवी अधिकारीले प्राप्त गरेका थिए ।

कार्यक्रममा रचना वाचन गर्ने प्रौढहरूमा रामचन्द्र पौडेल, प्रेम घिमिरे, नारद काफ्ले, जमुनाप्रसाद पन्जियार, देवी घिमिरेलगायत थिए ।

सचिव प्रचण्ड कटुवालले उद्घोषण गरेको सो कार्यक्रममा रमेशमोहन अधिकारी, रामरिझन यादव, राजकुमार लामिछाने, सुशीला राई, गोविन्दराज विष्ट, भरत साह, जगमोहन साह आदिले मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रम पिभिएम आवासीय माध्यमिक विद्यालय बन्दीपुरमा भएको थियो ।

०००
– रमेशमाेहन अधिकारीकाे साैजन्यमा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x