साइबर अपराध सम्बन्धी सचेतना सामग्री

नर्थ क्यारोलाइनामा नवौँ नेपाल दिवस भव्यताका साथ मनाइने

साथमा नेपाली खाद्य परिकार र नेपाली कला सम्बन्धि स्टलहरू तथा स्थानीय संस्था र व्यवसायीका स्टलहरु पनि कार्यक्रममा रहने कुरा आयोजकले विज्ञप्ति मार्फत् जानकारी गराएका छन् ।

Nepal Telecom ad

नेपाल सेन्टर अफ नर्थ क्यारोलाइना (एन. सी. एन. सी.) ले नयाँ वर्ष २०८२ को अवसर पारेर नवौ नेपाल दिवस मनाउने भएको छ । कार्यक्रम २०२५ अप्रिल १९ का दिन मोरिसभिलको Cedar Fork District Park मा हुनेछ ।

संस्थाले जारी गरेको विज्ञप्ति अनुसार कार्यक्रम मोरिसभिल स्थित Cedar Fork District Park मा नेपाली विविधता झल्किने सांस्कृतिक झाँकी सहित सुरु हुने छ । नेपाल सेन्टर अफ नर्थ क्यारोलाइनाका महासचिव कल्पना भण्डारीका अनुसार कार्यक्रममा नेपाली मुलका र नेपाललाई माया गर्ने समुदायका गरी झन्डै दुई हजार जना जति सहभागी हुने अपेक्षा गरिएको छ। सांस्कृतिक झाँकी पश्चात् नयाँ बर्षको शुभकामना आदानप्रदान र नेपाली परम्परागत नृत्य र गीत सहितका रमाइलो सांस्कृतिक कार्यक्रम दिनैभरि चल्नेछ। साथमा नेपाली खाद्य परिकार र नेपाली कला सम्बन्धि स्टलहरू तथा स्थानीय संस्था र व्यवसायीका स्टलहरु पनि कार्यक्रममा रहने कुरा आयोजकले विज्ञप्ति मार्फत् जानकारी गराएका छन् ।

टाउन अफ मोरिसभिल, टाउन अफ एपेक्स र वेक काउन्टीले अप्रिलको तेस्रो शनिबारलाई नेपाल दिवसको रुपमा घोषणा गरेको छ । प्रवासमा स्थानीय सरकारको मान्यता सहित यसरी नेपाल दिवस मनाउनु आफैमा गर्वको कुरा भएको बताउंदै यस कार्यक्रमले प्रवासमा नेपाली संस्कृतिलाई जिवन्त राख्न र अमेरिकी मूल प्रवाहमा नेपाली समुदायको सांस्कृतिक, सामाजिक र आर्थिक योगदानलाई स्थापित गर्न मद्दत पुग्ने विश्वास गर्छन आयोजक संस्थाका अध्यक्ष डा. विकास शाक्य । यस्ता कार्यक्रमले विदेशिएको दोस्रो पुस्तालाई नेपालसंग जोडिराख्न र नेपालको पर्यटनलाई प्रवर्धन गर्न पनि टेवा पुग्नेमा विश्वस्त छन् अध्यक्ष शाक्य। नेपाल दिवस कार्यक्रममा आफ्नो पहिचान झल्किने भेषभुषा सहित सहभागी भई प्रवासमा नेपाली पहिचानलाई अझ उच्च पार्नको लागि आयोजक संस्थाले सम्बन्धित सबैलाई आह्वान गरेको छ।

“हामी नवौँ नेपाल दिवस कार्यक्रमको आयोजना गर्न र स्थानीयसँग नेपाली नयाँ वर्ष मनाउन पाउँदा हर्षित छौं” अध्यक्ष शाक्यले भने, “यो समृद्ध नेपाली सम्पदा र विविधता प्रदर्शन गर्ने उपयुक्त अवसर पनि हो । यसले नर्थ क्यारोलाइनाका नेपाली मूलका जनताबीचको सहकार्य र एकतालाई पनि उजागर गर्ने छ ।”

जो कोही सहभागी हुन सकिने यस कार्यक्रममा राज्य र स्थानीय तहका सरकारी अधिकारीहरूको सहभागिताको पनि अपेक्षा गरिएको छ । “स्थानीय सरकारले जुन खालको सहयोग र समर्थन गरेको छ, यसले हामी खुशी छौं, यसले स्थानीय समुदायसँग सुमधुर सम्बन्ध निर्माण गर्न सघाउ पुग्ने अपेक्षा गरिएको छ” अध्यक्ष शाक्यले थपे ।

नेपाल सेन्टर अफ नर्थ क्यारोलाइना सन् १९९९ मा स्थापना गरिएको संस्था हो । नेपाली संस्कृति र परम्पराको संरक्षण र प्रवर्द्धनका साथै नेपालमा रहेका र यहाँका बासिन्दाहरू बीचको सहकार्यलाई सहजीकरण गर्ने पनि यसले उद्देश्य राखेको छ ।

०००
– बस्ताकाेटीद्वारा संप्रेषित

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x