साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सुसेली साहित्यिक परिवारद्वारा पुरस्कार समर्पण

नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञसभासद सुमित्रा वाङ्देल चेलीको प्रमुख आतिथ्य, विशिष्ट अतिथिहरु पूर्व प्रदेशसभासद माननीय श्रीप्रसाद मैनाली, मेचीनगरका उपप्रमुख मिना पोखरेल उप्रेती, वरिष्ठ पत्रकार चन्द्र भण्डारी लगायत हुनुहुन्थ्याे ।

Nepal Telecom ad

झापा, २०८२ वैशाख ६ । सुसेली साहित्यिक परिवारको काँकरभिट्टा क्याम्पस, काँकरभिट्टाको सभाकक्षमा सम्पन्न भएको कार्यक्रम परिवारका अध्यक्ष पुण्यप्रसाद खरेलको अध्यक्षतामा पुरस्कार समर्पण समाराेह सम्पन्न भयाे ।

नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञसभासद सुमित्रा वाङ्देल चेलीको प्रमुख आतिथ्य, विशिष्ट अतिथिहरु पूर्व प्रदेशसभासद माननीय श्रीप्रसाद मैनाली, मेचीनगरका उपप्रमुख मिना पोखरेल उप्रेती, वरिष्ठ पत्रकार चन्द्र भण्डारी, पूर्व प्राज्ञसभासद सुभद्रा भट्टराई, काँकरभिट्टा क्याम्पसका संचालक समितिका अध्यक्ष दुर्गाप्रसाद सापकोटा, क्याम्पस प्रमुख लक्ष्मीप्रसाद उप्रेती, धुलाबारी क्याम्पसका संचालक समिति अध्यक्ष भीम खवास, मेचीनगर शिक्षा अधिकृत होम भण्डारी, सल्लाहकार लक्ष्मी उप्रेती, त्रिफला राष्ट्रिय पुस्तकालय अध्यक्ष प्रेमप्रकाश फलाहारी, सासंकका अध्यक्ष छविलाल खतिवडा, साहित्यकार तेराख प्रतिष्ठानका अध्यक्ष शिवकुमार पौडेल, विद्वान साहित्यकार होम सुवेदी, प्रदीपमणि रेग्मी, शङ्कर थापालाई मञ्चमा आसिन गराएर कार्यक्रमको सुरु गरिएकाे थियो ।

सचिव कनक कार्की तथा सहसचिव मदन अधिकारीले सञ्चालन तथा कोषाध्यक्ष भूवन सुब्बाले स्वागत गर्नुभएको कार्यक्रममा सुसेलीको झापाली नारीस्रष्टा अङ्क (सुसेली–२३) को प्रमुख अतिथि सुमित्रा वाङ्देलज्यूका हातबाट लोकार्पण भयो । लोकार्पित कृतिको परिचयात्मक टिप्पणी साहित्यकार हरिनारायण भट्टराईबाट भयो ।

कविहरु गणेश निरौला, जय भण्डारी, टङ्क विकल्प, मिना अधिकारी, सरस्वती सिटौला, स्मरण अधिकारीले कविता वाचन गर्नुभएको, सीता सङ्ग्रौलाले लोकलयमा गीत सुनाउनुभएको यो कार्यक्रममा प्रमुख अतिथि तथा विशिष्ट अतिथिहरु मार्फत् रु ११,००० राशिको सुसेली प्रतिभा पुरस्कार मेचीनगर–६, काँकरभिट्टा निबासी विनोद राजवंशीलाई, रु १८,००० राशिको वेदकुमारी रेग्मी कर्मठ महिला पुरस्कार विर्तामोड–४, परोपकार टोल निबासी मिना अधिकारीलाई तथा रु १५,००० राशिको डा.मुकेशकुमार–जनककुमारी चालिसे विज्ञान पुरस्कार मेचीनगर–७, पुरानोभन्सार निबासी देवेन्द्र खरेललाई प्रदान गरियो ।

विशिष्ट अतिथिहरु दुर्गाप्रसाद सापकोटा, चन्द्र भण्डारी तथा प्रमुख अतिथि सुमित्रा वाङ्देल चेलीले शुभकामना, बधाई मन्तव्य व्यक्त गर्नुभएको यस कार्यक्रमको अन्त्यमा कार्यक्रमका अध्यक्ष पुण्यप्रसाद खरेलले उपस्थित सबैप्रति धन्यवाद तथा आभारी व्यक्त गर्दै, कार्यक्रम गर्ने हल उपलब्ध गराउने काँकरभिट्टा क्याम्पस, कार्यक्रम सफल बनाउन प्रत्यक्ष अप्रत्यक्ष सघाउने सबैप्रति हार्दिक कृतज्ञता प्रकट गर्दै कार्यक्रम समापन गर्नुभएको थियो ।

कार्यक्रममा उपर्युक्त व्यक्तित्वहरुका अतिरिक्त स्रष्टाहरु भूतपूर्व क्या. गोपीलाल लिम्बु, भवानी क्षेत्री, दीपक पोखरेल, टीका चापागाईं, मुना राना, जय आचार्य, परशुराम तिमसिना, तुलसीप्रसाद भट्टराई, उषा गुरुङ, पुष्पा नेपाल सुवेदी, मोक्ष खतिवडा, देवीचरण भण्डारी, देशु वनेम, तिलक पाण्डे, कविता नेपाल, स्थुङ्को थुलुङ, सञ्जु साम्पाङ, मेदनीप्रसाद खरेल, नरेन्द्र सिटौला, सन्देश कोइराला, मदन अधिकारी, निर्मला खरेल, शीत खरेल, केसाङ लामा, नमुना निरौला, आरती पोखरेल, रमा भट्टराई, कमला भट्टराई पराजुली, खगिन्द्रा खुसी, टीका भट्टराई नेपाल, लिना भण्डारी, शारदा कोइराला, मुनाकिरण डाँगी, भगवती ढुङ्गेल, कल्पना ओली, मातृकाप्रसाद सङ्ग्रौला, दुर्गा अधिकारी भेटवाल, निर्मला चौहान भण्डारी, ज्ञानेन्द्र ढुङ्गाना, सरस्वती सिटौला, रीता आचार्य, जमुना खरेल, मनिषा खरेल, अनिता गुरागाईं, चित्रा पौड्याल, मिङ्मार सेर्पा, अनुसन्धान ढुङ्गेल, करिनाकुमारी सिंह, इच्छा घिमिरे, पूजा कार्कीलगायत सयजना भन्दा बढीको उपस्थिति रहेको थियो ।

०००
-पुण्यप्रसाद खरेलकाे साैजन्यमा

Subscribe
Notify of
guest

1 Comment
Oldest
Newest Most Voted
Chitraa poudyal
Chitraa poudyal
1 year ago

सुसेली साहित्य परिवारकाे जय हाेस्।

Nepal Telecom ad
1
0
Would love your thoughts, please comment.x
()
x