साइबर अपराध सम्बन्धी सचेतना सामग्री

रणसेर राई स्मृति फाउण्डेसनद्वारा एकै पटक अठ्ठाइस स्रष्टा सम्मानित

फाउण्डेसन गाईघाट उदयपुरद्वारा कोशी प्रदेश सामाजिक विकास मन्त्रालयको सहयोगमा आयोजित कोशी प्रदेश साहित्यिक महोत्सवमा एकै पटक २८ जना स्रष्टाहरु सम्मानित भएका हुन् ।

Nepal Telecom ad

उदयपुर, २०८२ वैशाख १३ । उदयपुरको गाईघाटमा शनिवार आयोजित एक साहित्यिक कार्यक्रममा कोशी प्रदेश भित्रका एकै पटक २८ जना स्रष्टाहरु सम्मानित भएका छन् ।

डाक्टर रणसेर राई स्मृति फाउण्डेसन गाईघाट उदयपुरद्वारा कोशी प्रदेश सामाजिक विकास मन्त्रालयको सहयोगमा आयोजित कोशी प्रदेश साहित्यिक महोत्सवमा एकै पटक २८ जना स्रष्टाहरु सम्मानित भएका हुन् ।

सो कार्यक्रममा प्रमुख अतिथि कोशी प्रदेश सभाका उपसभामुख माननीय सिर्जना दनुवारले साहित्य कला संस्कृति संरक्षण तथा संवद्र्धनकालागि संघीय, प्रदेश तथा स्थानीय सरकारको भूमिका महत्वपूर्ण हुने र तीनै तहका सरकारको आफ्नो क्षेत्रको भाषा साहित्य कला संस्कृतिको विकासमा सहयोग गर्नु पर्ने बताउनु भयो ।

उपसभामुख दनुवारले समाजमा बोलिने विभिन्न भाषा, व्यवहारमा देखिने संस्कृति, परम्पराले हाम्रो पहिचान झल्काउने र साहित्य कला संस्कृतिको विकासले समाज र राष्ट्र समृद्ध बनाउन सहयोग पुग्ने बताउनु भयो ।

कार्यक्रममा कोशी प्रदेशको तेह्रथुम, धनकुटा, संखुवासभा, ओखलढुंगा, सोलुखुम्बु, सुनसरी, उदयपुर,भोजपुर, खोटाङ जिल्लाका कविहरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा रचना वाचन गर्ने कविहरु सुनसरीका देवान किराती, तेह्रथुमकी सुष्मा दाहाल, संखुवासभाका राजेन्द्र सर्वहारा, ओखलढुगाका बल बहादुर राना सोलुखुम्बुका सुवासचन्द्र राई, खोटाङका मणि वान्तवा,भोजपुरका संग्राम किराती, धनकुटाका रमेशचन्द्र अधिकारी र उदयपुरका गोवद्र्धन तामाङ, तेजनारायण शेर्पा, उद्धव घिमिरे, माधव पोखरेल गोज्याङ्ग्रे, भीम पौडेल घाँसे, चन्द्रनारायण चौधरी, जीवन आरोही, हरिशरण खतिवडा, शारदाप्रसाद भट्टराई, कुवेरकान्त काफ्ले, गोठकृष्ण ठकुरी, ओमप्रकाश ठकुरी, विरसबाबु ठकुरी, सम्झना असफल, राममणी पोखरेल, कौशल चेमजोङ, पुण्य कार्की लगायतका स्रष्टाहरुले रचना वाचन गरेका थिए ।

रचना वाचन पश्चात आयोजक सस्थाका तर्फबाट प्रमुख अतिथिले सबैलाई सम्मानपत्र प्रदान गर्नु भएको थियो ।
गंगा राईकाे संचालनमा भएको सो कार्यक्रमका अध्यक्ष रणसेर राई स्मृति फाउण्डेसनका अध्यक्ष महेन्द्र राईले विगतमा कोशी प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले ६ लाख कार्यक्रम गर्नका लागि उपलब्ध गराएकोमा यस पटक २ लाख ५० हजार मात्र उपलब्ध भएकोले कार्यक्रम छोटो रुपमा गर्नु परेको बताउँदै आगामी दिनहरुमा यस्ता कार्यक्रम निरन्तर गर्ने र साहित्य कला संस्कृतिको संरक्षण तथा संवर्द्धनमा लागि रहने बताए ।

०००
– माधव पोखरेल गोज्याङ्ग्रेकाे साैजन्यमा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x