साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सुरभि साहित्य प्रतिष्ठानको १७२ औँ कार्यक्रम

प्रतिष्ठानका अध्यक्ष बाजुराम पौडेलको अध्यक्षतामा भएको यस कार्यक्रममा प्रमुख अतिथि सुरभि–रमाबद्री निबन्ध पुरस्कारका संस्थापक तथा अभिनव साहित्य समाजका उपाध्यक्ष विमल अर्याल हुनुहुन्थ्यो ।

Nepal Telecom ad

काठमाडौँ, २०८२ वैशाख २० । सुरभि साहित्य प्रतिष्ठानको १७२ औँ नियमित आख्यानवाचन कार्यक्रम समापन भएको छ ।

प्रतिष्ठानका अध्यक्ष बाजुराम पौडेलको अध्यक्षतामा भएको यस कार्यक्रममा प्रमुख अतिथि सुरभि–रमाबद्री निबन्ध पुरस्कारका संस्थापक तथा अभिनव साहित्य समाजका उपाध्यक्ष विमल अर्याल हुनुहुन्थ्यो भने अन्य अतिथिहरूमा प्रतिष्ठानका संरक्षक तथा अभिनव साहित्य समाजका अध्यक्ष गोविन्द घिमिरे वेदमणि, प्रतिष्ठानका संरक्षक तथा वरिष्ठ समालोचक युवराज मैनाली, कथाकार दिवाकर न्यौपाने, शिक्षा सेवी उद्धव रायमाझी, सामाजिक अभियन्ता विनोद चापागाईं, १०० अभियानका अध्यक्ष सञ्जय पोखरेल र समाजसेवी अच्युतराम चालिसे हुनुहुन्थ्यो ।

यस कार्यक्रममा प्रतिष्ठानका कोषाध्यक्ष प्रमोद प्याकुरेलले स्वागत मन्तव्यसहित लघुकथा वाचन गर्नुभएको थियो । त्यसपछि लघुकथा र कथा वाचन गर्नेहरूमा भोलानाथ सुवेदी, सुशील आचार्य, सरिता दुलाल घिमिरे, शारदा पराजुली, गीता बराल, सङ्गीता सुवेदी, रञ्जु खनाल, परशुराम पराशर, दिवाकर न्यौपाने, गोविन्द घिमिरे वेदमणि, युवराज मैनाली, विमल अर्याल र बाजुराम पौडेल हुनुहुन्थ्यो ।

कार्यक्रमको अन्त्यतिर प्रमुख अतिथि विमल अर्यालले कथावाचक थोरै भए पनि मिठा कथा भएकाले कार्यक्रम सार्थक भएको बताउनुभयो । त्यसैगरी विशिष्ट अतिथि युवराज मैनालीले कार्यक्रम सफलपार्न संस्थाका सबै कार्यसमिति सदस्य लागि पर्नुपर्ने कुरा बताउँदै सुरभिले धेरैलाई सक्षम कथाकार बनाएको कुरा बताउनुभयो ।

अर्का वक्ता विशिष्ट अतिथि गोविन्द घिमिरे वेदमणिले संस्था दरो बनाउने काममा एक्लैले होइन सबै मिलेर लाग्नुपर्ने बताउँदै अभिनव साहित्य समाजको जस्तो कार्यसमिति हुनुपर्ने कुरा बताउनुभयो । त्यसै गरी अतिथि उद्धव रायमाझीले आफू पनि सुरभि साहित्य प्रतिष्ठानको संस्थापक सदस्य भएकाले यसको १७२ औँ शृङ्खला पुग्दा ज्यादै खुसी लागेको बताउनुभयो ।

अतिथि विनोद चापागाईंले नववर्ष २०८२ को शुभकामना दिँदै यस संस्थाका लागि केही गर्न नसकेकोमा खेद व्यक्त गर्नुभयो । अतिथि सञ्जय पोखरेलले यस्ता संस्था पछिसम्म जोगाउन नयाँ पुस्तालाई आकर्षित गर्ने र उत्तराधिकारीको स्थान बनाइरहनुपर्ने महत्वपूर्ण कुरा निकाल्नुभयो ।

दिउँसो १ बजे सुरु भएको यस कार्यक्रमको सञ्चालन प्रतिष्ठानका उपाध्यक्ष परशुराम पराशरले गर्नुभएको थियो ।

०००
– परशुराम पराशरको सौजन्यमा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x