साइबर अपराध सम्बन्धी सचेतना सामग्री

विराट साहित्य संगमको साहित्यिक भ्रमण उदयपुरमा समापन

सुनसरीको धरानबाट २१ गते प्रारम्भ भएको साहित्यिक पर्यटन प्रवर्धन कार्यक्रममा सुनसरी, धनकुटा, भोजपुर, खोटाङ, ओखलढुङ्गा, सोलुखुम्बु र उदयपुर जिल्लाका महत्वपूर्ण पर्यटकीय स्थलहरूको भ्रमण गरेका छन् ।

Nepal Telecom ad

उदयपुर, २०८२ वैशाख २६ । विराट साहित्य संगम विराटनगरले यही बैशाख २१ गतेबाट शुरु गरेको पर्यटन प्रवर्धनका लागि साहित्यिक यात्रा शुक्रबार उदयपुरको गाईघाटमा समापन भएको छ ।

सुनसरीको धरानबाट २१ गते प्रारम्भ भएको साहित्यिक पर्यटन प्रवर्धन कार्यक्रममा सुनसरी, धनकुटा, भोजपुर, खोटाङ, ओखलढुङ्गा, सोलुखुम्बु र उदयपुर जिल्लाका महत्वपूर्ण पर्यटकीय स्थलहरूको भ्रमण गरेका छन् । सो भ्रमणमा विराट साहित्य संगमका १९ जना साहित्यकारहरूको सहभागिता रहेको थियो ।

उदयपुरमा सो टोलीलाई उदयपुर साहित्य कला प्रतिष्ठान गाईघाटले स्वागत गरेको थियो । गाईघाटस्थित नेपाल निजामती कर्मचारी संगठनको सभाकक्षमा आयोजित सो कार्यक्रममा प्रमुखअतिथि प्राज्ञ तथा राष्ट्रिय सभाका पूर्व सदस्य खेम नेपालीले साहित्यिक पर्यटन प्रवर्धन कार्यक्रमले स्थानीय व्यापार व्यवसाय बढ्नुका साथै साहित्यकारहरूको लेखकीय क्षमतालाई बढाउन पनि सहयोग पुग्ने बताउनु भयो ।

उदयपुर साहित्य कला प्रतिष्ठानका अध्यक्ष सह प्राध्यापक डा. कैलाशकुमार राईको अध्यक्षता र महासचिव माधव पोखरेल गोज्याङ्ग्रेको सञ्चालनमा भएको सो कार्यक्रममा बासुदेव पोखरेल, जीवन काफ्‌ले, मिश्र वैजयन्ती, कविता केशरी, लक्ष्मी रायमाझी, सरिता पौडेल गुरागाई, उद्धव घिमिरे, शिव नारायण सिंगल, कौशल चेम्जोङ लगायतका स्रष्टाहरूले साहित्यिक पर्यटन प्रवर्धन कार्यक्रमका बारेमा आआफ्‌नो धारणा राखेका थिए भने दर्जन बढी स्रष्टाहरूले कविता गीत गजल मुक्तक वाचन गरेका थिए ।

साहित्यिक पर्यटन प्रवर्धनका माध्यमबाट स्थानीय तह र साहित्यिक संघ संस्थाहरूसँग सम्बन्ध विस्तार गर्न महत्वपूर्ण भूमिका निर्वाह हुने र साहित्यिक गतिविधिमा विस्तार भएकोले भ्रमणको आयोजना गरिएको सहभागिहरूले बताएका छन् ।

०००
– माधव पोखरेलद्वारा संप्रेषित

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x