साइबर अपराध सम्बन्धी सचेतना सामग्री

साहित्यकार गिरिराज खनालकाे ‘पहिलो किरण’  लोकार्पित

राप्ती साहित्य परिषद् दाङ शाखाका अध्यक्ष यम रेग्मीको अध्यक्षता तथा संस्कृतिविद् वरिष्ठ साहित्यकार डा. गोविन्द आचार्यको प्रमुख आतित्य तथा राप्ती साहित्य परिषद् केन्द्रका सल्लाहकार पुरुषोत्तम खनालको विशिष्ट आतिथ्य रहेकाे थियाे ।

Nepal Telecom ad

दाङ, २०८२ जेठ ३ । साहित्यकार गिरिराज खनाल ‘पहिलो किरण’ कविता सङ्ग्रह घोराही दाङमा भव्य र सभ्य रूपमा विमोचन गरिएको छ।

राप्ती साहित्य परिषद् दाङ शाखाका अध्यक्ष यम रेग्मीको अध्यक्षता तथा संस्कृतिविद् वरिष्ठ साहित्यकार डा. गोविन्द आचार्यको प्रमुख आतित्य तथा राप्ती साहित्य परिषद् केन्द्रका सल्लाहकार पुरुषोत्तम खनालको विशिष्ट आतिथ्यमा पहिलो किरण कविता सङ्ग्रहको लोकार्पण गरिएको थियो। विमोचित कृतिको समीक्षा साहित्यकार रेशम बिसीले गर्नुभएको थियो। साहित्यकार बिसीले पुस्तकको समीक्षा गर्दै भन्नुभयो,”पहिलो किरण कविता सङ्ग्रह लेखकको पहिलो कृति हो । यसमा रहेका सबै कविताहरू छन्दमा छन् ।

५२ वटा कविता रहेका यस पुस्तकमा एक दर्जनजति छन्दहरूको प्रयोग गरिएको छ। त्यसमा पनि झ्याउरे छन्दका धेरै कविताहरू यस कविता सङ्ग्रहमा समेटिएका छन् । यो कवितासङ्ग्रह बालक, युवा तथा प्रौढ नागरिक सबैका लागि उपयोगी रहेको छ।

प्रमुख अतिथिको रूपमा बोल्दै वरिष्ठ साहित्यकार तथा संस्कृतिविद् डा. गोविन्द आचार्यले भन्नुभयो “यसमा रहेका सबै कविताहरू अत्यन्त सरल छन् । पढेर बुझ्नलाई कुनै शब्दकोश हेर्नु पर्दैन । सबै कविता सत्यमा आधारित छन्”। उहाँको भनाइ थियो।

कार्यक्रममा राप्ती साहित्य परिषद् केन्द्रका सल्लाहकार पुरुषोत्तम खनाल, प्रगतिशील लेखक सङ्घ केन्द्रका सल्लाहकार पद्मप्रसाद शर्मा, राप्ती साहित्य परिषद् केन्द्रका अध्यक्ष कमलमणि देवकोटा लगायतले शुभकामना मन्तव्य दिनुभएको थियो भने लेखकले पुस्तक लेखनदेखि प्रकाशनसम्मका अनुभवहरू प्रस्तुत गर्नुभएको थियो।

सो कार्यक्रममा राप्ती साहित्य परिषद् केन्द्रका निवर्तमान अध्यक्ष डा. टीकाराम उदासी, लेखक सङ्घ दाङका अध्यक्ष खगराज न्यौपाने, उपाध्यक्ष गोविन्द पौडेल, नेपाल पत्रकार महासङ्घका केन्द्रीय निवर्तमान अध्यक्ष विपुल पोखरेल, राप्ती साहित्य परिषद् दाङ शाखाका सल्लाहकार डा लोकराज पराजुली, बयल डाँडा चौतारी क्लबका सचिव मधुसुदन रावत, प्रगतिशील लेखक सङ्घ केन्द्रका सदस्य दामोदर पौडेल, पत्रकार लिलाधर ओली, पदम पोखरेल,वरिष्ठ साहित्यकार यज्ञबहादुर डाँगी, नारायण नेपाल, गीतकार प्रकाश केसी, साहित्यकारहरू सुन्दर गौतम, घनश्याम अस्तित्व, शशीधर भण्डारी, हरिप्रसाद पौडेल,”स्वर्णशिखा” धनसिंह गिरी’अनुग्रह राना, विपन विश्वकर्मा, नरेशजङ्ग राणा, केशव रिजाल, वसन्त अनुभव, शरद गौतम, रामप्रसाद गौतम, देवेन्द्र रिजाल, नारायणप्रसाद श्रेष्ठ, महेशकुमार न्यौपाने, गुरुप्रसाद महरा ,खेमराज गाउँले,दिलीप डाँगी,गिरीप्रसाद पन्थी, नगेन्द्र गुरु, वीणा रोका, ईश्वरीप्रसाद पाण्डे, नारदप्रसाद भण्डारी, गोपाल भुसाल अभिलाषी लगायत दर्जनौं साहित्यकारहरूको गरिमामय उपस्थिति रहेको थियो।

राप्ती साहित्य परिषद् दाङ शाखाका उपाध्यक्ष सुरेशकुमार पाण्डेको स्वागत मन्तव्यबाट शुभारम्भ भएको कार्यक्रम सञ्चालन सदस्य रिमा गौतमले गर्नुभएको थियो।

कार्यक्रममा संस्थाको तर्फबाट “पहिलो किरण” कविता सङ्ग्रहका लेखक गिरिराज खनाललाई प्रशंसा पत्रले सम्मान गरिएको थियो।

०००
सुरेशकुमार पाण्डेद्वारा संप्रेषित

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x