साइबर अपराध सम्बन्धी सचेतना सामग्री

स्व. गम्भिरबहादुर थापाको १०१ औँ जन्मजयन्तीमा कविता प्रतियोगिता

उदयपुर साहित्य कला प्रतिष्ठानको आयोजना र त्रियुगा नगरपालिका वडा नं ६ को समन्वयमा भएको सो कविता प्रतियोगीतामा सामुदायिक र संस्थागत विद्यालयका गरी १३ जना छात्रछात्राहरूको सहभागिता रहेको थियो ।

Nepal Telecom ad

उदयपुर, २०८२ असार १५ । लोकतान्त्रिक आन्दोलनका अगुवा तथा प्रजातन्त्र सेनानी स्व. गम्भिर बहादुर थापाको १०१ औँ जन्मजयन्तीका अवसरमा शनिबार त्रियुगा नगरपालिका वडा नं ६ जलजलेमा विद्यालय स्तरीय कविता प्रतियागिता भएको छ ।

उदयपुर साहित्य कला प्रतिष्ठानको आयोजना र त्रियुगा नगरपालिका वडा नं ६ को समन्वयमा भएको सो कविता प्रतियोगीतामा सामुदायिक र संस्थागत विद्यालयका गरी १३ जना छात्रछात्राहरूको सहभागिता रहेको थियो ।

कार्यक्रममा प्रमुख अतिथि त्रियुगा नगरपालकाकी उप प्रमुख महेश्वरी राईले विद्यालयका छात्रछात्राहरूको प्रतिभा पहिचान गराउन यस्ता प्रतियोगिताको महत्वपूर्ण स्थान हुने बताइन् ।

उप प्रमुख राईले स्वं.गम्भिर बहादुर थापा नुन नखाने, विदेशी उत्पादन प्रयोग नगर्ने, जनताका पक्षमा सधैँ न्यायिक आवाज उठाउने तथा लोकतन्त्रप्रति सधैँ इमान्दार भएर सादा जीवन उच्च विचारमा विश्वास गर्ने व्यक्तित्वका रुपमा हामी सबैले चिनेको बताइन् ।

प्रमुख अतिथि राईले कविता वाचन गरेर प्रारम्भ भएको सो कार्यक्रममा प्रथम हुने उदयसी बोर्डिङ स्कुलकी छात्रा कृतिका खत्रीको आमा शिर्षकको कविताले प्रथम, सगरमाथा बोर्डिङ स्कुलकी छात्रा विविशा खड्काको शून्यताभित्रको आवाज द्धितीय र जनता माध्यमिक विद्यालय देउरीका अश्विन काफ्‌ले तृतीय भएका थिए ।

प्रमुख अतिथि राईले प्रथम र द्धितीय हुने लाई र त्रियुगा नपा वडा नं ६ का वडाध्यक्ष योगेन्द्र बहादुरदाहालले र सोही वडाका वडा सदस्य सूर्य बहादुर राईले संयुक्त रुपमा तृतीय हुनेलाई पुरस्कार वितरण गरेका थिए ।

यसैगरी सोही कार्यक्रममा त्रियुगा नपा वडा नं ६ की वडा सदस्य तथा शिक्षा समितिकी सदस्य गीता उप्रेतीले सान्त्वना पुरस्कार प्राप्त गर्ने पाँच जना छात्रछात्रालाई पुरस्कार वितरण गरेकी थिइन । सान्त्वना पुरस्कार प्राप्त गर्नेहरूमा सगरमाथा स्कुलकी प्रतिक्षा निरौला, प्रमोशन बस्नेत,प्रियन्सु ढुंगाना, उदयसी स्कुलका सन्देश बस्नेत र कृष्ण पासवान रहेका छन् ।

उक्त कार्यक्रम उदयपुर साहित्य कला प्रतिष्ठानका महासचिव माधव पोखरेलको अध्यक्षतामा र सोही संस्थाकी सचिव सरिता पौडेलले गरेकी थिइन भने कार्यक्रममा उद्धव घिमिरे, हर्कनारायण श्रेष्ठ, माधव पोखरेल गोज्याङ्ग्रे, हरिशरण खतिवडा, नवराज थापा, सरिता पौडेल, सीमा मास्के, बालकृष्ण काफ्‌ले, कीर्ति बहादुर खड्का लगायतका दर्जन बढी कविहरूले अप्रतियोगी रचना वाचन गरेका थिए ।

०००
– माधव पोखरेलद्वारा संप्रेषित

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x