साइबर अपराध सम्बन्धी सचेतना सामग्री

घरदलान साहित्य, बुधबारेको ८० औं काव्यगोष्ठी तथा कृति परिचर्चा

कार्यक्रम कवि उषाकृष्णको घरदलान, बुधबारे बजारमा भएको थियो । कार्यक्रमको अध्यक्षता मोहनप्रसाद सङ्ग्रौलाले तथा प्रमुख आतिथ्य राम आचार्यले गर्नुभएको थियो ।

Nepal Telecom ad

झापा, २०८२ असार २८ । घरदलान साहित्य, बुधबारेको ८० औं काव्यगोष्ठी तथा कृति परिचर्चा कार्यक्रम सम्पन्न भएकाे छ ।

कार्यक्रममा मोक्ष खतिवडाको पछिल्लो कृति ‘भावविम्ब’को राजेन्द्र रिजालले समग्र समालोचना गर्नुभएकाे थियो ।

त्यसपछि कवि गणेश निरौलाले छोटो टिप्पणी गरेर अघि बढेको कार्यक्रम कवि उषाकृष्णको घरदलान, बुधबारे बजारमा भएको थियो । कार्यक्रमको अध्यक्षता मोहनप्रसाद सङ्ग्रौलाले तथा प्रमुख आतिथ्य राम आचार्यले गर्नुभएको थियो ।

कृष्णकुमार कटुवालले स्वागत र कवि उषाकृष्णले सञ्चालन गर्नुभएको यस कार्यक्रममा कविहरु विमर्श निरौला, गणेश निरौला, राजेन्द्र रिजाल, धनबहादुर श्रेष्ठ, माधव तिमसिना, वसन्त तिमसिना, मोक्ष खतिवडा, लक्ष्मीप्रसाद रिजाल, हेमराज अधिकारी, नन्दकुमार तिम्सिना, विष्णुप्रसाद पोखरेल, शशिधर भण्डारी, अस्मिता धिमाल, टङ्क विकल्प, पुण्प्रसाद खरेल, पुण्य बराल, चन्द्रकला अधिकारी, भीम निरौला, देवीध्वज योञ्जन, कमल कोइराला, प्रकाशचन्द्र नेउपाने, कालीबहादुर थापा, पदमबहादुर निरौला,युवराज खतिवडा, नितु थापा मगर, राम आचार्य तथा मोहनप्रसाद सङ्ग्रौलाले कविता सुनाउनु भएको थियो ।

प्रमुख अतिथि राम आचार्य तथा अध्यक्ष मोहनप्रसाद सङ्ग्रौलाले संक्षिप्त मन्तव्य व्यक्त गर्नुभयो भने अध्यक्षले आगामी साउन महिनाको कार्यक्रम पदमबहादुर निरौलाको घरदलानमा हुने सूचनासहित सभा विसर्जन गर्नुभयो ।

०००
पुण्यप्रसाद खरेलकाे साैजन्यमा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x