साइबर अपराध सम्बन्धी सचेतना सामग्री

गजल मञ्च मकवानपुरको २२६औँ गजल यात्रा सम्पन्न

कार्यक्रममा प्रमुख अतिथि मञ्चका पूर्व अध्यक्ष देवराज तिवारी रहनु भएको थियो। विशिष्ट अतिथिका रूपमा गजल मञ्च चितवनका पूर्व अध्यक्ष रमेश प्रभात, अग्रज साहित्यकार रमेशमोहन अधिकारी तथा महाकाव्यकार मुना अर्याल रहनुभएको थियो ।

Nepal Telecom ad

हेटौंडा, २०८२ साउन ३ । गजल मञ्च मकवानपुरको २२६औँ गजल यात्रा साहित्य सङ्गम मकवानपुर तथा सिस्नुपानी नेपाल मकवानपुरको संयुक्त सभाहलमा सम्पन्न भयाे । कार्यक्रममा गजलकार रामकृष्ण अनायासको गजल कृति ‘अनायास’ माथिको विमर्श सहित भव्य रूपमा सम्पन्न भएको छ।

गजल मञ्च मकवानपुरका अध्यक्ष संजित श्रेष्ठको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि मञ्चका पूर्व अध्यक्ष देवराज तिवारी रहनु भएको थियो। विशिष्ट अतिथिका रूपमा गजल मञ्च चितवनका पूर्व अध्यक्ष रमेश प्रभात, अग्रज साहित्यकार रमेशमोहन अधिकारी तथा महाकाव्यकार मुना अर्याल रहनुभएको थियो ।

कार्यक्रमको विशेष आकर्षण बन्नुभएका गजलकार रामकृष्ण अनायासले दुई चरणमा गरी पाँच उत्कृष्ट गजल वाचन गर्नुभयो। गहिरा भावबोध र सशक्त अभिव्यक्तिले भरिएका उहाँका गजलहरूले उपस्थित साहित्यानुरागीहरूको मन जित्न सफल भएका थिए।

विमर्श सत्रमा गजल मञ्च चितवनका पूर्व अध्यक्ष रमेश प्रभात तथा झरना साहित्यिक परिवारका अध्यक्ष विश्वनाथ सञ्जेलले गजल कृति `अनायास´मा समावेश भएका गजलहरूको कलात्मकता, भावप्रवणता, प्रस्तुति शैली र नविन प्रयोगमाथि समीक्षात्मक विचार प्रस्तुत गर्दै यो कृति नेपाली गजल विधाका लागि कोसेढुङ्गा बन्ने विश्वास व्यक्त गरे।

नियमित गजल वाचन सत्रमा अनुसुया खनाल, स्वस्तिका वाँनिया, स्वस्तिका दाहाल, राम कार्की, मिथिला अधिकारी, मनोज मधुर, सागर तिमल्सिना, सानु खनाल र गौरी कँडेलले आआफ्ना गजलहरू प्रस्तुत गरेका थिए।

गजल मञ्च चितवनका निवर्तमान अध्यक्ष लेखराम सापकोटा र साहित्य सङ्गम मकवानपुरका अध्यक्ष डी.बी. बर्ताैला शुभकामना मन्तव्यसहित गजल वाचनमा सहभागी हुनु भयो।

कार्यक्रममा गजल मञ्च मकवानपुरका संरक्षक–सल्लाहकार मुक्ति गोविन्द वैद्य, पूर्व अध्यक्ष यश लामा, निवर्तमान अध्यक्ष केशव समर्पण, झरना साहित्यिक परिवारका सचिव मसान उपासक, मुक्तक मञ्च मकवानपुरका अध्यक्ष सागर तिमल्सिना, नेपाली लेखक सङ्घ मकवानपुरका अध्यक्ष छवि अनित्य, प्रले मकवानपुरका अध्यक्ष विशाल अधिकारी ‘आशुतोष’ लगायत मकवानपुरमा क्रियाशील विभिन्न साहित्यिक सङ्घ–संस्थाका पदाधिकारीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

गजल मञ्च चितवनबाट उपाध्यक्ष कमल अर्याल र सदस्य सुमन अविरल समेत कार्यक्रममा सहभागी हुनु भएको थियो। साथै उल्लेख्य संख्यामा उपस्थित साहित्यकार तथा साहित्यप्रेमीहरूबाट कार्यक्रम अझ भव्य र अर्थपूर्ण बनेको थियो।

कार्यक्रमको स्वागत मन्तव्य गजल मञ्च मकवानपुरका उपाध्यक्ष हरी पौड्यालले राख्नु भएको थियो भने सञ्चालन सचिव कमल नेपालले संयोजन गर्नुभएको थियो।

गजल मञ्च मकवानपुरले हरेक महिनाको पहिलो शनिबार नियमित रूपमा गजल यात्रा आयोजना गर्दै आएको छ। नयाँ पुस्तालाई गजल विधातर्फ आकर्षित गर्ने उद्देश्यले मञ्चले गजल प्रशिक्षण, वाचन तथा गायन, गजल कृतिमाथिको विमर्श लगायतका विविध साहित्यिक कार्यक्रमहरू सञ्चालन गर्दै आइरहेको छ।

०००
रमेशमाेहन अधिकारीकाे साैजन्यमा

Subscribe
Notify of
guest

1 Comment
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
रमेशमोहन अधिकारी
रमेशमोहन अधिकारी
9 months ago

हार्दिक धन्यवाद फित्कौली !

Nepal Telecom ad
1
0
Would love your thoughts, please comment.x
()
x