साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सुरभि साहित्य प्रतिष्ठानमा १६० औँ मोती जयन्ती विशेष

प्रतिष्ठानका अध्यक्ष बाजुराम पौडेलको अध्यक्षतामा सञ्चालन भएको यो कार्यक्रममा गोकर्णेश्वर नगरपालिका वडा नं. ८ का वडाध्यक्ष नन्दलाल श्रेष्ठको प्रमुख आतिथ्य रहेको थियो ।

Nepal Telecom ad

काठमाडौँ, २०८२ भदौ ६ । सुरभि साहत्यि प्रतिष्ठानले १६० औँ मोती जयन्तीको अवसर पारेर विशेष गजलवाचनको कार्यक्रम सम्पन्न गरेको छ ।

प्रतिष्ठानका अध्यक्ष बाजुराम पौडेलको अध्यक्षतामा सञ्चालन भएको यो कार्यक्रममा गोकर्णेश्वर नगरपालिका वडा नं. ८ का वडाध्यक्ष नन्दलाल श्रेष्ठको प्रमुख आतिथ्य रहेको थियो भने प्रतिष्ठानका संरक्षक गोविन्द घिमिरे वेदमणि र सल्लाहकार अच्युत चालिसे अतिथि रहनुभएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि तथा अतिथिहरूले मन्तव्य राख्नुभएको थियो । प्रमुख अतिथि नन्दलाल श्रेष्ठले मन्तव्यमा सुरभि साहित्य प्रतिष्ठानले नियमित आख्यानवाचन कार्यक्रम गरेर कथावाचन गराउने पहिलो संस्था भएको कुरा सर्वविदितै छ । त्यसका साथै कवितावाचन तथा गजलवाचनका विशेष कार्यक्रमहरू सञ्चालन गरेर प्रतिष्ठानले यस क्षेत्रको उत्कृष्ट साहित्यिक संस्था भएको कुरा बताउनुभयो । उहाँले मोती जयन्तीको अवसर पारेर गरिएको यो गजल वाचनको कार्यक्रमले आफू ज्यादै हर्षित भएको र गजल मन पर्ने विधा भएकाले यस्तो कार्यक्रम गर्दा वडा कार्यालयले सहयोग गर्ने कुरा समेत बताउनुभयो ।

अर्का अतिथि वक्ता गोविन्द घिमिरे वेदमणिले मोतीराम भट्टको बारेमा बताउँदै यस्ता कार्यक्रमले प्रतिष्ठानलाई माथि उठाउने कुरा व्यक्त गर्नुभयो र आफ्ना दुई ओटा गजलवाचन गर्नुभयो । कार्यक्रमका अध्यक्ष बाजुराम पौडेलले पनि मोतीरामको बारेमा बताउँदै मोतीरामका बारेमा लेखिएको गजल वाचन गर्नुभएको थियो ।

प्रतिष्ठानका सहसचिव मेनका पोखरेल आचार्यले सञ्चालन गरेको यस कार्यक्रममा मोतीराम भट्टको तस्बिरमा पुष्पार्पण गरिएको गियो । कार्यक्रम सञ्चालकले मोतीराम भट्टका गजलहरू वाचन गर्दै स्वागत गर्नुभएको थियो ।

यस गजलवाचन विशेष कार्यक्रममा गजलकार बिपी इलामे, परशुराम पराशर, मेनका पोखरेल आचार्य, गोविन्द घिमिरेलगायतले गजलवाचन गर्नुभएको थियो । अपराह्न चार बजे सञ्चालन गरिएको यो कार्यक्रम सवा घण्टा सञ्चालन भएको थियो ।

०००
परशुराम पराशरद्वारा संप्रेषित

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x