साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मनोहरा साहित्य समाजको १०४ औँ रचनावाचन श्रृङ्खला सम्पन्न

अध्यक्ष डिल्लीराज अर्याल सभाध्यक्ष तथा स्रष्टा समालोचक डाक्टर रमेश शुभेच्छु प्रमुख अतिथि रहनुभएको उक्त कार्यक्रममा वरिष्ठ व्यङ्ग्य स्रष्टा आरसी रिजाल विशिष्ट अतिथि हुनुहुन्थ्यो।

Nepal Telecom ad

काठमाडाैं, २०८२ भदाै १४ । मनोहरा साहित्य समाजले आफ्नो १०४ औँ रचनावाचन श्रृङ्खला सम्पन्न गरेको छ। संस्थाका अध्यक्ष डिल्लीराज अर्याल सभाध्यक्ष तथा स्रष्टा समालोचक डाक्टर रमेश शुभेच्छु प्रमुख अतिथि रहनुभएको उक्त कार्यक्रममा वरिष्ठ व्यङ्ग्य स्रष्टा आरसी रिजाल विशिष्ट अतिथि हुनुहुन्थ्यो।

भक्तपुर बुढ्यौली समाजका उपाध्यक्ष दिनानाथ पोखरेल अतिथिलगायत तीन दर्जनमाथि का स्रष्टा अतिथिहरूको उपस्थितिमा सम्पन्न कार्यक्रम संस्थाका सचिव भावकेशर बरालले सञ्चालन गर्नुभएको थियो।

कार्यक्रममा उपस्थित व्यक्तित्वहरूको स्वागत गर्दै कार्यक्रमका सभापति डिलीराज अर्यालले आफ्नो फोर्न सक्दिन यो घर शीर्षकको रचनावाचनसहित श्रृङ्खलाको प्रारम्भ गर्नुभयो।

त्यसपछि उपस्थित श्रष्टाहरुले आफ्ना आफ्ना सिर्जना क्रमश प्रस्तुत गर्नुभएको थियो। कार्यक्रममा शास्त्रीय तथा मुक्त लयका कविताका अतिरिक्त गीत, गजल, तान्का, मुक्तक तथा लघुकथा गरी विविध विधाका रचना प्रस्तुत भए। भाषागत रूपले नेपाली तथा हिन्दी भाषाका सिर्जनामा देशको सामयिक परिस्थिति र यसले सिर्जना गरेका विविध पक्षलाई केन्द्र बनाइएको थियो। नेपाली राजनीतिमा देखापरेको विकृति विसंगति, समाजका बहुविध आयाम, मान्छेका स्वार्थी र कुटिल स्वभाव, प्रतिभाको पलायन, प्राकृतिक सौन्दर्यको वर्णन, वृद्धवृद्धाप्रतिको कर्तव्य रचनाको प्रमुख कथ्य भएर आएका थिए।

कार्यक्रममा क्रमश भावना न्यौपाने, संजय सोती, राजेन्द्रकुमार बज्राचार्य, सूर्यप्रसाद डुम्रे, छविलाल अधिकारी, मुकुन्दराज शिवाकोटी, बुद्धिसागर पौड्याल, मधुसुदन प्रसाद घिमिरे, बलराम बिष्ट, ओम आचार्य, सम्पत् काफ्ले, दिलनाथ चौलागाईं, टिपी बराकोटी, जी केएन खडेरी, खोलाघरे साइलो, कृष्णप्रसाद जस्ताघरे, चेवन बस्नेत ठूलाघरे, दिनानाथ पोखरेल दीपक श्रेष्ठ शेखर सिग्देल, भावकेशर बराल, जसध्वज गुरुङ लगायतका स्रष्टाले विविध भाव विषयवस्तु शैली र लयका मौलिक, अनुदित तथा अग्रज श्रष्टाका सिर्जना पस्कनुभएको थियो।

स्रष्टा श्री दीपक श्रेष्ठलाई मनोहरा साहित्य समाजको विशिष्ट सदस्यता प्रदान गरिएको उक्त कार्यक्रममा मोती जयन्तीको सन्दर्भ उल्लेख गर्दै युवाकवि मोतीराम भट्टप्रति श्रद्धाञ्जलीसमेत समर्पण गरिएको थियो। कार्यक्रममा प्राध्यापक शालिकराम कोइराला, डा चिरञ्जीवी रेग्मी, अनुज रिमाल, पुरुषोत्तम खनाल, बाबुकाजी कार्की, कपिल अर्याल लगायतका सभ्य श्रोता समेतको उपस्थिति रहेको थियो।

कार्यक्रममा शुभकामना मन्तव्यसहित विशिष्ट अतिथि तथा पिँडाली हास्य व्यङ्ग्य सम्मान कोषका संस्थापक स्रष्टा आरसी रिजालले लोकलय रेलीमैको भाकामा वृद्धवृद्धाप्रति समर्पित सिर्जना प्रस्तुत गर्नुको साथै हास्यव्यङ्ग्यमूलक छोटामीठा केही टुक्का समेत सुनाउनु भएको थियो।

अन्त्यमा प्रमुख अतिथिको मन्तव्य राख्दै स्रष्टा समालोचक डा रमेश शुभेच्छुले २०७२ सालदेखि मनोहरा साहित्य समाजले निरन्तर रूपमा साहित्यिक सत्संग गरेर पुनित कर्म गरेको उल्लेख गर्नुभयो। यस संस्थाको समुन्नतिको कामना गर्दै उहाँले वर्तमान साहित्यका प्रमुख प्रवृत्ति औल्याउनु भयो साथै कार्यक्रममा वाचित सिर्जनामाथि संक्षिप्त समालोचकीय टिप्पणी समेत गर्नुभयो।

संस्थाका उपाध्यक्ष जसध्वज गुरुङले धन्यवाद मन्तव्य पश्चात् सभापतिको आज्ञाले कार्यक्रम समापन भएको घोषणासमेत गर्नुभयो।

०००
भावकेशर बरालद्वारा संप्रेषित

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x