फित्काैली डटकममोतीजयन्ती मनाउँदै कृति लोकार्पण, स्रष्टासम्मान र रचनावाचन
कन्काई प्रतिभा प्रतिष्ठानका संस्थापक सचिव तथा निवर्तमान अध्यक्ष साहित्यस्रष्टा कोमलप्रसाद पोखरेलको "स्तुत्यनुवाद पञ्चदशी" नामक भक्तिकाव्य अनुदित कृतिको एक भव्य कार्यक्रमबिच लोकार्पण भएको हो ।

झापा /२०८२ भ दौ १४ । अर्थात् ३० अगष्ट २०२५ शनिवारका दिन कन्काई नगरपालिकाअन्तर्गत होटल डिलाइटको सभाकक्षमा नेपाली साहित्यका माध्यमिक कालीन स्रष्टा युवाकवि मोतीराम भट्टको एकसय साठीऔँ जन्मजयन्तीको अवसरमा कन्काई प्रतिभा प्रतिष्ठानका संस्थापक सचिव तथा निवर्तमान अध्यक्ष साहित्यस्रष्टा कोमलप्रसाद पोखरेलको “स्तुत्यनुवाद पञ्चदशी” नामक भक्तिकाव्य अनुदित कृतिको एक भव्य कार्यक्रमबिच लोकार्पण भएको हो ।
कन्काई प्रतिभा प्रतिष्ठान, सुरुङ्गा झापाका अध्यक्ष साहित्यकार जीवनाथ सुवेदीको अध्यक्षता, नगरप्रमुख राजेन्द्रप्रसाद पोखरेलको प्रमुख आतिथ्य र प्राज्ञ द्वय पवन राजवंशी, सुमित्रा वाङ्देल चेली, प्राडा गङ्गाप्रसाद अधिकारी, चूडामणि वाशिष्ठ, विवेकानन्द आश्रम चारपानेका अध्यक्ष किशोरकुमार गौतम, साङ्गवेद संस्कृत मावि चारपानेका व्यस्थापन समितिका अध्यक्ष आचार्य छन्दुराम भण्डारी र सञ्चारकर्मी चन्द्र भण्डारीलगायतका विशिष्ट अतिथि मञ्चासिन थिए ।
मञ्चासिन तथा उपस्थित स्रष्टावर्गमा रुद्राक्षका माला अर्पण गरेपश्चात् राष्ट्रगान, ॐ ध्वनि उच्चारण गरी पितृस्मरण, पाहुनालाई स्वागत तथा कार्यक्रमको औचित्य , मोतीराम भट्टको तस्बिरमा माल्यार्पण , स्वस्तिकवाचन र प्रमुख अतिथिबाट व्यानर पढेर कार्यक्रम उद्घाटन गर्ने काम क्रमशः सम्पन्न भएको हो । त्यसैगरी सम्मानित व्यक्तित्वको स्रष्टा परिचय, स्रष्टा सम्मान, मञ्चासिन अतिथिबाट कृति विमोचन र कृतिको समीक्षा प्रस्तुत भएको हो । कार्यक्रमलाई सम्मान, पुस्तक विमोचन र साहित्यिक कार्यक्रम करिब तीन चरणमा सम्पन्न गरिएको चियो । संस्थाका वर्तमान सह- सचिव विष्णुकुमार कोइरालाद्वारा स्रष्टा परिचय गरिएको थियो भने पुण्यप्रसाद सिग्ध्यालद्वारा संस्थाले यसरी नियमित कार्यक्रम गर्नुको उद्देश्य छोटकरी प्रस्तुत गर्नुभएको थियो ।
आजका नायक तथा कृतिकारलाई मञ्चासित अतिथिवर्गबाट खादामाला र अबीर तथा दोसल्ला ओढाएर सम्मान गरिएको थियो । यसै क्रममा सम्मानित स्रष्टा पोखरेलेलले संस्थाको उद्देश्य अनवरत रूपमा पूरा हुँदै गएको र पूर्वीय दर्शन श्रीमद्भगवतगीताले आशाविहीन कर्म गर भनिए पनि कर्मको फल खेर नगएको बताउनुभयो । कृतिको कथ्य समीक्षक साङ्गवेद संस्कृत विद्यालयका उप- प्राध्यापक सोमनाथ गौतमले आफूले निरन्तर पूर्वीय दर्शनकै कार्यक्षेत्रमा काम गर्दै आएतापनि यो कृतिको बारे बोल्न वा समीक्षा गर्न कम साधनाले आँक्न नसकिने र आफ्ना हैसियतभन्दा माथि रहेको रहस्य खुलाउँदै छोटकरीमा अत्यन्तै सरल , सरस र बहुपक्षीय कोणबाट विमोचित भक्तिकाव्यलाई उत्तम स्थानमा स्थापित गराएउनुभएको थियो । नगरप्रमुख राजेन्द्रप्रसाद पोखरेलले आफ्ना कार्यकालभरि यस्ता महत्वपूर्ण सिर्जनशील कर्मका लागि आफू दत्तचित्त भएर लागिपर्ने कुरामा जोड दिने दावी गर्नुभएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि राजेन्द्रप्रसाद पोखरेल, प्राज्ञ सुमित्रा वाङ्देल चेली, ब्यासाचार्य किशोरकुमार गौतम, रुद्रगौरी श्री अम्बिका ओली प्रतिष्ठानका अध्यक्ष गंगाप्रसाद ओली, चन्द्र भण्डारी , प्राडा गंगाप्रसाद अधिकारी र अध्यक्ष जीवनाथ सुवेदीले शुभकामना मन्तव्य राख्नुभएको थियो त्यसैगरी कार्यक्रममा हरिनारायण भट्टराई, नुरज भट्टराई’ नदी’, शिव अधिकारी “इलामे जेठो”, देवीचरण भण्डारी’ सरोज’, हरिप्रसाद नेउपाने, लक्ष्मीअच्युत ढुङगाना, मीना अधिकारी, डा. खगेन्द्रप्रसाद दाहाल, दुर्गाप्रसाद सिग्देल, चित्रा पौडेल र खिलप्रसाद शिवाकोटीले आ- आफ्ना सिर्जना वाचन गर्नुभएको ।
यो भदौ महिनाको चुहुँदो झरीमा पनि सिर्जनशील तथा गैरसिर्जनशील दुवै सुधीजनहरूको उपस्थिति रहेतापनि इलाम र झापाका विभिन्न ठाउँबाट करिब सयभन्दा माथि साहित्यस्रष्टाहरूको गुणात्मक र सङ्ख्यात्मक दुवै उपस्थिति रहेको थियो । जसमा स्रष्टाहरू भने निम्न थिए – पुण्यप्रसाद रिजाल, लक्ष्मीप्रसाद रिजाल, गङ्गाप्रसाद खरेल, हरिसप्रसाद रिमाल, पण्डित योगेश खतिवडा ,दामोदर नेउपाने, हरिप्रसाद नेउपाने, इन्द्रप्रसाद कटुवाल, विरही अधिकारी, डिल्लीराम परदेशी, गोपाल ओली, हरिनारायण भट्टराई, जयप्रसाद आचार्य, दुर्गाप्रसाद सिग्ध्याल, टङ्क विकल्प, टङ्कबहादुर कार्की, गोपाल सङ्ग्रौला, भगवती ढुङ्गेल, गोपाल पोखरेल, देवीचरण भण्डारी, शिवकुमार पौड्याल, नदी भट्टराई, मीना अधिकारी, डा. खगेन्द्रप्रसाद दाहाल, चित्रा पौड्याल आदि । त्यसो त सन्दर्भ मोतीजयन्ती भएकाले स्रष्टाहरूबाट मोतीरामका रचना, समस्यापूर्ति कवितावाचन र उनको कृतित्व र व्यक्तित्वको पनि आंशिक चर्चा नएएका होइन ।
अत्त्यमा, धेरै कार्यक्रममा सहभागी भएपनि यस्ता किसिमका चौतर्फी सात्त्विक कार्यक्रमको त्रिकोकोणात्मक व्यवस्थापन भएको कार्यक्रममा भने कम अवसर मिलेको यो पङ्तिकारको अनुभूति रह्यो । नेपाली वाङ्मयका एक राष्ट्रिय व्यक्तित्वलाई परिवेशगत वा भौगोलिक हिसाबले जेजस्तो भए पनि राष्ट्रिय स्तरकै सात्त्विक सम्मान गर्न सफल भएको कन्काई प्रतिभा प्रतिष्ठानले प्रमाणित गरेको पनि अनुभूति भयो ।
कन्काई प्रतिभा प्रतिष्ठान, सुरुङ्गा झापाको आयोजना रहेको कार्यक्रममा सचिव प्रेम प्रभात नेउपानेको स्वागत मन्तव्य र डा. पुण्यप्रसाद सिग्ध्यालको औचित्य तथा सहजीकरण रहेको थियो ।
०००
फित्कौली डटकमका लागि मेची प्रतिनिधि नदी भट्टराई







































जय होस्