फित्काैली डटकमझापाली मिलन केन्द्रद्वारा हास्यव्यङ्ग्यकार लुइँटेल सम्मानित
मिलन केन्द्रको तेह्रौँ साधारणसभा तथा शुभकामना आदानप्रदान कार्यक्रमका प्रमुखअतिथि कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले लुइँटेललाई ढाकाटोपी लगाएर सम्मानपत्र हस्तान्तरण गर्नु भएको हो ।

भक्तपुर, २०८२ भदौ २१ । झापाबाट आएर राजधानीमा बसाबास गरिरहेका नागरिकहरूको संस्था झापाली मिलन केन्द्रद्वारा हास्यव्यङ्ग्यकार एवम् फित्कौली डटकमकमा सम्पादक नरनाथ लुइँटेललाई सम्मान गरिएको छ ।
मिलन केन्द्रको तेह्रौँ साधारणसभा तथा शुभकामना आदानप्रदान कार्यक्रमका प्रमुखअतिथि कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले लुइँटेललाई ढाकाटोपी लगाएर सम्मानपत्र हस्तान्तरण गर्नु भएको हो ।
मुख्य मन्त्री कार्कीले झापाको माटोबाट उठेर राष्ट्रिय व्यक्तित्व बनाउने विशिष्ट प्रतिभाहरू धेरै छन्, तिनीहरू मध्ये भाषा साहित्य खासगरी हास्यव्यङ्ग्यका क्षेत्रमा विशिष्ट पहिचान निर्माण गर्नुभएका, आफ्नै जिल्ला र गाउँका लुइँटेललाई सम्मानित गर्ने अवसर प्राप्त भएकोमा आफूलाई अत्यन्त खुशी लागेको बताउनु भयो ।
मुख्यमन्त्री कार्कीले झापाली मिलन केन्द्रबाट सामाजिक सेवाका क्षेत्रमा गर्ने कुनै पनि कार्यक्रमहरुमा हातेमालो गर्दै साथ र सहयोग दिन प्रदेश सरकार सधैंं तत्पर रहने वचनबद्धता पनि व्यक्त गर्नु भएको थियो ।
सम्मानित व्यक्तित्व हास्यव्यङ्ग्यकार लुइँटेलले आफ्नो बाल्यकाल वितेको झापा, गौरादहको माटोको स्मरण गर्दै यो सम्मानमा त्यही माटाको सुगन्ध मगमगाएको अनुभूति गर्दैछु भन्नु भयो । आफू अहिले साहित्यिक यात्राको जुन उचाइमा पुगेको छु, त्यसको जग झापा हो भन्दै यात्राको आरम्भमा आफूलाई अभिप्रेरित गर्ने सबैको स्मरण गर्नु भयो र हास्यव्यङ्ग्य सिर्जना प्रस्तुत गर्नु भएको थियो ।
केन्द्रका अध्यक्ष अग्निप्रसाद ढकालको सभापतित्वमा भएको कार्यक्रममा विशेष अतिथिका रूपमा सूर्य विनायक न.पा.का उपप्रमुख सरिता भट्टराई र केन्द्रका सल्लाहकार गडुलध्वज बस्नेतले पनि संबोधन गर्नु भएको थियो ।
ग्लोबल स्कूलको सभाकक्षमा आयोजित कार्यक्रमको आरम्भमा वेगेन्द्र सुब्बाले केन्द्रका गतिविधि प्रस्तुत गर्दै स्वागत मन्तव्य दिनुभएको थियो भने देवीप्रसाद घिमिरे लगायतले सिर्जना प्रस्तुत गर्नु भएको थियो । कार्यक्रमा मा केन्द्रकाे आजीवन सदस्यता प्राप्त गरेका नयाँ सदश्यहरूलाइ सदश्यतापत्र हस्तान्तरण पनl गरिएकाे थियाे ।
सरिता गुरागाइँद्वारा सञ्चालित कार्यक्रममा ग्लोबल स्कूलका छात्रछात्राले आकर्षक र सन्देशमूलक लोकनृत्य प्रस्तुत गरेका थिए ।
झापाबाट आइ भक्तपुरलाई आवासक्षेत्र बनाएर विभिन्न पेशा र व्यवसायमा संलग्न झापालीहरूको बाक्लो उपस्थिति रहेको थियो ।
०००
ज्ञानेश्वर निराैलाकाे साैजन्यमा
Subscribe
Login
0 Comments
Oldest










































